
२७ बैशाख,विराटनगर
कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम आजै मुख्यमन्त्रीमा नियुक्त भएका उनले कोशी प्रदेश प्रमुख पुरशुराम खापुङ्गसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।
उनी झापा निर्वाचन क्षेत्र ५ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचिन भएका हुन् ।
कार्कीले आज नै सानो आकारको मन्त्रिपरिषद बनाएका छन ्। एमालेका उपनेता रामबहादुर राना र नेकपा माओवादी केन्द्रका गणेश उप्रेती ‘सुशील’ले पनि मन्त्रीको सपथ लिएका छन ्। तत्काल उनीहरूलाई कुनै मन्त्रालय दिइएको छैन ।
प्रदेश प्रमुख खापुङ्गले बुधबार सरकार गठनको आह्वान गरेका थिए । एमालेका संसदीय दलका नेता कार्कीले एमाले र माओवादीका ५२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरेका थिए ।
यसैबीच, निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीलाई कुनै काम कारबाही गर्न गराउन नदिन माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका छन्।






