गण्डकीमा नेकपा एमालेका खगराज मुख्यमन्त्री , कांग्रेसको आपत्ति

-


     तुलसी राम सुवेदी    
     चैत्र २५ गते २०८० मा प्रकाशित


फाईल तस्बिर

चैत्र २५ पोखरा

गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारी दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम उनलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।
अधिकारी यसअघि २०७९ पुस २५ मा मुख्यमन्त्री बनेका थिए । उनले २०८० वैशाख १४ गतेसम्म मुख्यमन्त्री सम्हालेका थिए ।
यसअघि नेता अधिकारीले एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आठ (सभामुख सहित) र एक स्वतन्त्र गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यन्त्रीमा दाबी पेस गरेका थिए ।


कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिने थियो । उनले आज दिउँसो प्रदेश प्रमुख डिल्लीराज भट्टबाट शपथ ग्रहण गरे लगत्तै मुख्यमन्त्रीको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
यता, नेपाली कांग्रेसले मुख्यमन्त्री नियुक्ति प्रकृया असंवैधानिक भएको भन्दै प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ ।
मुख्यमन्त्री अधिकारीले माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनांगेलाई मन्त्रीमा नियुक्त गरेका छन् ।
यता, नेपाली कांग्रेसले मुख्यमन्त्री नियुक्ति प्रकृया असंवैधानिक भएको भन्दै प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ ।
राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए ।


त्यस्तै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डले मुख्यमन्त्री नियुक्ति प्रकृया असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत जाने चेतावनी दिएका छन ।