एमालेको नीतिले देश उच्च स्तरमा जान्छ – अध्यक्ष ओली

-


     तुलसी राम सुवेदी    
     चैत्र २३ गते २०८० मा प्रकाशित


फाईल तस्वीर

फाईल तस्वीर

चैत २३ गते पोखरा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई उच्च स्तरमा उठाउँदै लाने एमालेले नीति तय गरेको बताएका छन् ।

आज पोखरामा एमाले कास्कीको ११औं अधिवेशनबाट निर्वाचिन पदाधिकारीको सपथ ग्रहण कार्यक्रमको समुद्धघाटन गर्दै ओलीले सो कुरा बताएका हुन् ।

उनले देश र जनताका समस्या समाधान गर्न, सुशासनलाई फर्काउन आफुहरु सफलतापूर्वक अघि बढेको बताए ।
साथै उनले एमालेलाई अहिले आराम गर्ने समय नभएको बताउदै देशलाई ठिक बाटोमा बढाएर, यस देशबाट गरिबी ,भोकमरी हटाएर अनि मात्रै एमालेले चौतारीमा बसेर सुसेरा हाल्ने समय पाउँने ओलीले बताए ।