कर्णालीमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि आव्हान

-


     केन्द्रीय आवाज    
     चैत्र २२ गते २०८० मा प्रकाशित


चैत २२ गते ,सुर्खेत

कर्णाली प्रदेशमा नयाँ सरकार गठन गर्न आव्हान गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले सात दिनको समय दिएर संविधानको धारा १६९ को उपधारा (१) को उपधारा (क) अनुसार चैत २७ गते बेलुका ५ः ५० भित्र नयाँ सरकार गठन गर्न आह्वान गरेका हुन् ।

मुख्यमन्त्री राजकुमार शर्माले बुधबार प्रदेशसभा बैठकमा विश्वासको मत लिने वातावरण नभएको भन्दै राजीनामा दिएको घोषणा गरेका थिए ।
प्रदेश प्रमुखले दिएको समयसीमाभित्र संविधानको धारा १६९ को उपधारा (३) अनुसार प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी प्रदेश प्रमुखको जिम्मेवारी तोकेका छन् ।