सरसफाई गरि सहकारी दिवस मानाईयो ।

-


     केन्द्रीय आवाज    
     चैत्र १९ गते २०८० मा प्रकाशित


१९ चैत्र ,पोखरा
“ सहकारीमा सुशासन, प्रबिधी र एकिकरण “ भन्ने मुल नाराका साथ मनाउन गैरहेको ६७औं राष्टिय सहकारी दिवसको उपलब्क्षमा सेतिमदि बचत तथा ऋण सहकारी सस्था पोखरा २ मिरुवाले हरिचोक, मिरुवा, बिन्ध्वासिनि मन्दिर वरपर, कार्यालय वरपर सरसफाई कार्यक्रम गरी मनायो ।
सस्थाका अध्यक्ष जयलाल अधिकारीको अध्यक्षतामा संचालन भएको कार्यक्रम पोखरा महानगर पालिका वडा न–२ का अध्यक्ष दिवसमान प्रधानङ्ग को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन भएको थियो । आज भएको उक्त कार्यत्रमको संयोजन शिक्षा तथा वातारण उपसमितिका संयोजक प्रेम बहादुर गुरुड.को सयोजकत्वमा सम्पन्न भएको थियो ।