जापानमा एउटा शक्तिशाली भूकम्प

-


     निलिमा सुवेदी    
     पौष १६ गते २०८० मा प्रकाशित


१६ पौष , जापान

जापानको इशिकावा क्षेत्रमा स्थानिय समय अनुसार अपरान्ह ४ बजेर १० मिनेटको समयमा ७.६ म्याग्निट्यूडको भूकम्प गएको छ ।
उक्त भूकम्प अनामिजु सहरनजिकै गएको बताइएको छ । भूकम्पपछि त्यस स्थानमा सुनामी आउने चेतावनी जारी गरिएको छ ।
समुद्री तटमा रहेका मानिसहरूलाई उच्च भागतर्फ जान अधिकारीहरूले आग्रह गरेका छन ्।

जापानी राष्ट्रिय प्रसारक एनएचकेका अनुसार नोटो क्षेत्रको इशिकावा जिल्लाको तटीय क्षेत्रबाट मानिसहरूलाई तत्काल सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ ।
अधिकारीहरूले छिमेकी जिल्ला निगाता र तोयामा पनि सुनामीको चेतावनी जारी गरेका छन ्।
ती क्षेत्रमा झन्डै तीन मिटर अग्ला छाल पुग्न सक्ने चेतावनी दिइएको छ ।
भूकम्पपछि भएको क्षतिको यकिन विवरण आइसकेको छैन ।
जापानमा भूकम्प जानु नौलो नभए पनि त्यसका कारण उत्पन्न हुने सुनामीले ठूलो धनजनको क्षति गराउन सक्ने ठानिएको छ ।
जापान सरकारले उक्त क्षेत्रका बासिन्दालाई थप भूकम्प आउने सम्भावना भएको हुंदा सुरक्षित रहनका लागि अनुरोध गरेको छ ।