
तुलसि राम सुबेदि , ५ पौष पोखरा ।
‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ आज देखि पोखराको डाडाको नाक मा १९औँ संस्करणको लेखनाथ महोत्सव आज देखि सुरु भएको छ !
करिब छ सय भन्दा बढी झाँकी रयालि को सहभागिता रहेको कार्यक्रम को उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए ! आज देखि सन्चालन भएको महोत्सब पौष १६ गते सम्म चल्ने र महोत्सवको माध्यमबाट स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन, आवश्यक ज्ञान, सिप, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरूमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरूको प्रवर्द्धन, जातीय भेषभुषा, कला संस्कृति, रीतिरिवाजको जर्गेना, आन्तरिक एवं बाह्य पर्यटकहरू आकर्षण गरी आन्तरिक पर्यटनलाई सहयोग पुर्याईने महोत्सवका प्रचार प्रसार संयोजक एवं लेखनाथ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी ‘राजु’ले जानकारी दिनुभयो ।
महोत्सवले विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दीका कारण थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवर्द्धन गर्न, देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन, हस्तकलाका सामानहरूको बजार प्रवर्द्धन र सोको पहिचान गराउन महोत्सव सफल हुने उनले विश्वास व्यक्त गर्नुभयो ।
महोत्सवको थप आकर्षणको रूपमा महोत्सव स्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्म घर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरूको प्रवर्द्धन, दर्शकहरूका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरी व्यवस्था मिलाइनुका साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरूबाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरू रहेको आयोजक ले जनाएको छ भने जातजातिहरूको सांस्कृतिक जर्गेना कार्यक्रम तथा मातृ शक्तिको सम्मानमा आयोजना गरिँदै आएको महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गीत प्रतियोगिता, ख्याति प्राप्त कलाकारहरूबाट दैनिक प्रस्तुति, सुगम सङ्गीत अन्तर्गत कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरूको रूपमा प्रस्तुति रहने सङ्घकी महासचिव जानुका पराजुलीले बताईन ।





