राजनीति

सरकारका नवनियुक्त मन्त्रीहरूले लिए शपथ ।

काठमाडौं, २३ फागुन प्रचन्ड सरकारका नवनियुक्त १६ जना मन्त्रीले शपथ लिएका छन् ।राष्ट्रपति भवन शितल निवासमा बुधबार एक समारोह बीच तीन जना उपप्रधानमन्त्री सहित १६ जना मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।पुनर्गठित मन्त्रिपरिषद्का तीन सदस्यले भने सोमबारै शपथ लिएका थिए ।सरकारमा एमालेको नेतृत्व रघुवीर महासेठले गरेका छन् । उनले उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका छन् भने पदम गिरी कानुन न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ… पुरा पढौ

राजनीतिक दलको वार्षिक आयमा ह्रास ।

८ फाल्गुण काठमाडौँ ।राजनीतिक दलको वार्षिक आयमा ह्रास आएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी घाटामा चलेको तिनीहरूको आर्थिक विवरणले देखाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालको आयव्ययको विवरणमा मात्रै नाफा देखाइएको छ । घाटामा चलेको विवरण देखाएका दलले मोटो रकम मुद्दती निक्षेपमा राखेका छन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले समेत सञ्चित राखे पनि बचतमा घाटा देखाएको छ ।… पुरा पढौ

प्रदेश सरकारबाट प्राप्त गरेको सबै तलब भत्ता सामाजिक कार्यमा — विन्दुकुमार थापा

२७ माघ, पोखरा ।गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले प्रदेश सरकारबाट प्राप्त गरेको सबै तलब भत्ता सामाजिक कार्यमा खर्च गरेको बताएका छन् ।शनिबार पोखरामा पत्रकार सम्मेलनमार्फत आफ्नो एक वर्षे आम्दानी सार्वजनिक गर्दै सबै तलब सामाजिक कार्यमा खर्च गरेको बताएका हुन् ।सांसद थापाले आफुले एक वर्षमा ८ लाख ९६ हजार रुपैयाँ पारिश्रमिक पाएको र विभिन्न शीर्षकमा गरी ११ लाख १२ हजार रुपैयाँ सामाजिक काममा खर्चिएको बताए ।उनले आफ्नोअघिल्लो कार्यकालमा पनि सबै पारिश्रमिक सामाजिक कार्यमा खर्च गरेको बताए ।गण्डकी प्रदेश सरकारको पूर्वकानुन,… पुरा पढौ

दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री

काठमाडौँ, १५ माघ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । बाराको सिमरा विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएको प्रधानमन्त्रीको सचिवालयद्वारा जानकारी दिइएको छ । प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिएको स्पष्ट हुँदाहुँदै पनि यस व्यवस्थाका विरुद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने  काम भएको भन्दै यस्तो अधिकार कसैलाई नभएको स्पष्ट पारे । पुरा पढौ

सत्तासाझेदार दल आबद्ध राजनीतिक दलले आफ्ना उमद्धवार जिताउन आह्वान ।

२९ पौष काठमाडौंसत्तासाझेदार दल आबद्ध राजनीतिक दलले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तय भएका आफ्ना उम्मेदवारलाई विजयी बनाउन आह्वान गरेका छन् । सत्तासाझेदार दलकातर्फबाट आज एक अपिल सार्वजनिक गर्दै राष्ट्रियसभाको निर्वाचनका लागि प्रस्तुत उम्मेदवार सबैका साझा भएको उल्लेख गरिएको छ । “नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले यो राजनीतिक गठबन्धन निर्माण गरेका हौँ”, अपिलमा अगाडि भनिएको छ, “देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याय प्राप्त गर्ने हाम्रो साझा लक्ष्य हो ।” अपिलमा ‘देशको उन्नतिका लागि… पुरा पढौ

नेपालको अहित हुने गरी भारतसँग कुनै पनि सम्झौता गरिएको छैन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड

काठमाडौँ, २५ पुस प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा भारतीय विदेशमन्त्री एस जयशङ्करको यही पुस १९ गते भएको भ्रमणका क्रममा नेपाल र भारतबीच भएका सम्झौताबारे जानकारी दिँदै उनले नेपालको प्रणाली तथा संयन्त्रभन्दा बाहिरबाट खर्च हुने गरी कुनै सम्झौता नभएको बताए । बैठकमा प्रधानमन्त्री दाहालले भारतसँग भएको ‘हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रजेक्ट’सम्बन्धी सम्झौताबारे जानकारी दिँदै उक्त सम्झौता यसअघिको सम्झौताको निरन्तरता भएको र त्यसलाई थप व्यवस्थित तथा परिस्कृत बनाइएको बताए । “भारतसँग हाल भएको सम्झौतामा कुनै पनि त्यस्तो प्रावधान राखिएको… पुरा पढौ

नेपाल भ्रष्ट नेता उत्पादन गर्ने कारखाना बनेको कमल थापाको आरोप ।

नेपाल भ्रष्ट नेता उत्पादन गर्ने कारखाना बनेको कमल थापाको आरोप । https://www.youtube.com/watch?v=qhuB095OegM&t=19s पुरा पढौ

माओवादी अध्यक्ष प्रचण्डद्वारा संविधान दिवसकाे अवसरमा शुभकामना

काठमाण्डाै । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पक–मल दाहाल (प्रचण्ड)ले संविधान दिवसकाे अवसरमा शुभकामना व्यक्त गरेका छन् ।शुभकामना सन्देश जस्ताकाे तस्तै :- २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । सर्वप्रथम यो संविधानका लागि जीवन उत्सर्ग गर्ने महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्गता भएका योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दछु । लामो संघर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक… पुरा पढौ

गभर्नर अधिकारीले राजीनामा दिनुपर्छ : प्रधानमन्त्री

काठमाडौं, ३१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । एम अधिकारी, खोटाङको नाममा नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा सहभागि भएपछि गभर्नर अधिकारी विवादमा परेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए । त्यसक्रममा प्रधानमन्त्री देउवाले अधिकारीले राजीनामा दिनुपर्ने बताएका हुन् । बैठकमा सहभागी एक नेता भन्छन्, ‘नेताहरुले कुरा उठाउनु भएको थियो । प्रधानमन्त्रीले भन्नुभयो– नैतिक रुपमा पनि राजीनामा दिनुपर्छ । राजीनामा दिनु बाहेक के… पुरा पढौ

माओवादी अध्यक्ष प्रचण्ड भारत प्रस्थान, ‘भ्रमण राष्ट्रकै हितको पक्षमा केन्द्रीत हुनेछ’ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । त्रिभुवन विमानस्थलबाट शुक्रबार अपरान्ह प्रचण्ड तिन सदस्यीय टोलीसहित भारत जानुभएको हो । अध्यक्ष प्रचण्डले आफ्नो भ्रमण नेपाल राष्ट्र र नेपाली जनताको हितकै पक्षमा केन्द्रीत हुने बताउनुभएको छ । भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डले सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले भ्रमणमा सीमा समस्याको सम्वोधन, नेपाल(भारत द्विपक्षीय सम्बन्ध, व्यापार घाटा लगायतका विषयमा छलफल हुने जानकारी दिनुभएको थियो ।अध्यक्ष प्रचण्डले आफूले पहिलो प्रधानमन्त्रीत्व कालमा र… पुरा पढौ