राजनीति

राष्ट्रिय समझदारी अनुसार शान्ति प्रक्रिया टुङ्गयाउने — प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ, १४ चैतप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउने बताएका छन् ।द्वन्द्वपीडित परिवारका विभिन्न संघसंस्थाका प्रतिनिधिसँग आज सिंहदरबारमा भेट गर्दै प्रधानमन्त्री दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेश पालना गर्न सरकार प्रतिबद्ध रहेको बताए ।सरकारले चाहँदा चाहँदै पनि सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन नसकिएको बतांउदै उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन नदिने शक्ति पनि सक्रिय नै रहेको कारण समस्या अझै रहेको बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो… पुरा पढौ

एमाले कास्कीको अध्यक्षमा बैनबहादुर क्षत्री विजयी ।

१४ चैत्र,पोखरानेकपा एमालेको कास्की जिल्ला अध्यक्षमा बैनबहादुर अधिकारी क्षत्री निर्वाचित भएका छन् ।निवर्तमान सचिव समेत रहेका क्षेत्री एमाले नेता खगराज अधिकारी समूहका हुन् । पृथ्वीसुब्बा गुरुङ समूहका माधव बास्तोलालाई २०४ मतान्तरले पराजित गर्दै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । बैनबहादुरले ५५१ मत ल्याउँदा बास्तोलाले ३४७ मत पाएका थिए । कुनै पनि गुटमा सामेल नभएका विवेक त्रिपाठीले १७ मत प्राप्त गरे । सबै पाँच जना पदाधिकारी खगराज समूहका नै बिजयी भएका छन् । साथै, सदस्यसम्म अधिकारी समूहको प्यानल नै बिजयी भएको… पुरा पढौ

नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशन आजदेखि सुरु ।

१० चैत, पोखरा । नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशन आजदेखि सुरु भएको छ । अधिवेशनको उद्घाटन नेकपा (एमाले) का महासचिव संकर पोखरेल ले गरे ।एमालेको कास्की जिल्ला कमिटीको अधिवेशन उद्घाटन गर्दै महासचिव पोखरेलले राजनीतिक स्थिरताका लागि नयाँ दल होइन, भएकै दलहरु बलिया हुनुपर्ने बताएका छन् ।विश्वमा नीति र नेतृत्वको विकल्प राजनीतिक दलहरुबाट खोज्ने प्रणाली नै स्थापित भएको उनको जोड थियो । अमेरिका, चीन, बेलायत र भारतको उदाहरण दिँदै पोखरेलले पुरानो पार्टीले नै रुपान्तरण गरिरहेको बताए । अधिवेशनले नयाँ… पुरा पढौ

लुम्बिनीबाट समृद्धि र शान्तिको लागि योगदान गर्न आह्वान ।

लुम्बिनी चैत १० गते विश्वका १९ मुलुकका राजदूत र नेपालका लागि ४५ देशका अवैतनिक वाणिज्यदूतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धि र शान्तिको लागि योगदान गर्न आह्वान गरेका छन् ।परराष्ट्र मन्त्रालय र अवैतनिक वाणिज्यदूतहरुको संस्था अनररी कन्सुलर कप्र्स नेपाल (एचसिसीएन)द्वारा संयुक्त रुपमा यहाँ आयोजित सम्मेलनमा शान्ति बिना समृद्धि सम्भव नहुने भन्दै विश्वका सबैलाई समाजमा शान्ति कायम गर्नेतर्फ केन्द्रित हुन राजदूत र अवैतनिक वाणिज्यदूतले आह्वान गरेका हुन् । ‘समृद्धिका लागि विश्व शान्ति’ नाम दिइएको सो सम्मेलनका सहभागीले मायादेवी मन्दिर परिसरमा विश्व शान्तिका लागि… पुरा पढौ

एमाले अध्यक्ष ओली पोखरा आउने

चैत्र ९, पोखरा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वपप्रधानमन्त्री केपी शर्मा ओली पोखरा आउने भएका छन् । एमाले कास्कीको ११औं जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली शनिबार पोखरा आउन लागेका हुन् ।जिल्ला अधिवेशन चैत १० र ११ मा पोखरामा हुँदैछ । अधिवेशनको सबै तयारी पूरा भएको जनाईएकोछ । अधिवेशनमा कास्कीभरका १० हजार बढी नेता कार्यकर्ताको सहभागिता रहने एमालेले दावी गरेको छ ।अधिवेशनलाई एकताको अधिवेशन तथा आगामी २०८४ सालको निर्वाचन लक्षित शक्ति प्रदर्शनका रुपमा लिइएको जनपरिचालन उपसमिति संयोजक नवराज ओझाले जानकारी… पुरा पढौ

पोखरा–मुग्लिन सडक विस्तार तिब्र, सडक छेउका दर्जनौ मठमन्दिर प्रभावित बन्दै ।

चैत्र ७ तनहुँपोखरा–मुग्लिन सडक विस्तार तिब्र रुपमा बढिरहेको छ भने सडक किनारका दर्जनौ मठमन्दिर सडक निमार्णले प्रभावित पार्ने जनाईएको छ । आयोजना अन्तर्गत तनहुँको पश्चिम खण्डमा मापदण्डभित्र निर्माण गरिएका मठमन्दिर करिब ७० वटा मठमन्दिर भत्किन सक्ने आयोजनाले जनाएको छ ।प्रमुख जिल्ला अधिकारीको संयोकत्वमा गठित मुआब्जा निर्धारण समितिको हालै बसेको बैठकले मन्दिरको क्षतिपूर्तिका लागि मुआब्जा निर्धारण गरिसकेको छ । तनहुँ खण्डका लागि मात्रै रु ३४ लाख मुआब्जा वितरण गर्नुपर्ने देखिएको छ भने कोत्रे देखि कास्कीको सेती पुलसम्मको लगत लिने काम भैरहेको… पुरा पढौ

सुशासनका सवालमा कुनै सम्झौता नहुने – प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ, ६ चैतप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने बताएका छन् । आज प्रतिनिधिसभाका सांसदहरूले सोधेका प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पारे । “सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसमा आफ्नो र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ । यदि अनुसन्धानबाट कैफियत देखिएमा कसैलाई पनि कारबाही गर्न कुनै पनि कुराले रोक्ने छैन ।” सुशासनको सङ्कल्प… पुरा पढौ

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, मनाङे चौथो पटक मन्त्रि बने ।

५ चैत्र , पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिपरिषद् पुर्नगठन गरेका छन् ।अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले सत्ता टिकाउन राजीव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्री बनाएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मनाङेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सहित सपथ लिए । मनाङे स्वतन्त्र चुनाव जितेर पछि एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए । आइतबार उनले एकीकृत समाजवादी पार्टी परित्याग गरेको घोषणा गरे पछि उनलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री नियुक्त गरेका हुन । मनाङे चौथौ पटक मन्त्री बनेका हुन्… पुरा पढौ

सत्ता गठबन्धनमा समस्या परेपछि आफूहरु नयाँ गठबन्धनमा लागेको —एमाले अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ, ३० फागुननेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सत्ता गठबन्धनमा समस्या परेका कारण आफूहरु नयाँ गठबन्धन तर्फ लागेकोे बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विश्वासको मतको प्रस्तावप्रति समर्थन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेससँगको सहयात्रा असहज भएपछि प्रधानमन्त्री दाहालको चाहना र आफूहरुको सहयोगमा सरकार पुनःगठन भएको बताए । सरकार पुनःगठन हुँदैमा अस्थिरता हुन्छ भनेर प्रचार गर्न आवश्यक नभएको जिकिर गर्दै उनले भने, “हाम्रो आवश्यकताका आधारमा सरकार परिवर्तन भएको हो । यो काम… पुरा पढौ

गण्डकीमा माओवादीले लियो समर्थन फिर्ता ।

२३ फाल्गुण पोखरा ।माओवादीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार प्रदेश सभा सचिवालय पुगेर माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालय मा बुझाएको दलका नेता हरिबहादुर चुमानले जानकारी दिए । मंगलबार मात्र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीबाट सरकारमा सहभागी भएका दुई मन्त्रीहरूलाई मन्त्रीमण्डलबाट बर्खास्त गरेका थिए । अब माओवादीले समर्थन फिर्ता लिए सँगै सुरेन्द्रराज नेतृत्वको गण्डकी सरकार अल्पमतमा परेको छ । पुरा पढौ