राजनीति

नेपालका प्रथम सहिद लखन थापाको सालिक चितवनमा निर्माण ।

१६ बैशाख चितवननेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक स्थापना गरिएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सालिकको अनावरण गर्दै सहिदको बलिदानबाट देशमा परिवर्तन सम्भव भएको बताईन । उनले सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षाका निम्ति सबै जुट्नुपर्नेमा जोड दिईन । उनले लखन थापा पार्क निर्माणमा महानगरपालिकाले सहयोग गर्ने समेत प्रतिबद्धता पनि व्यक्त गरिन । लखन थापा पार्क व्यवस्थापन समितिमार्फत साढे तीन फिट अग्लो सालिक निर्माण गरिएको हो । सालिक निर्माणका लागि महानगरले रु ११ लाख ४९ हजार… पुरा पढौ

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ, ८ वैशाखनेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक ललितपुरको गोदावरीमा आजदेखि सुरु भएको छ ।पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षता सहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरी बैठकको शुभारम्भ गरे । महाधिवेशन पछिको दोस्रो ठूलो निकायका रुपमा रहेको यस बैठकले राजनीतिक, साङ्गठनिक, केन्द्रीय निकायका प्रतिवेदन प्रस्तुत गरी पारित गर्नेछ । बैठकमा करिब दुई हजार पाँच सय सहभागी छन् । बैठक भोलिसम्म सञ्चालन हुनेछ । पुरा पढौ

स्थानीय र प्रदेश सरकारलाई सवल र सुदृढ बनाउन आवश्यक ः मुख्यमन्त्री अधिकारी

बैशाख ३,तनहुँ गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले स्थानीय र प्रदेश सरकारलाई सवल र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।तनहुँको म्याग्दे गाउँपालिका–४ नारिङ्गेमा निर्माण भएको गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन समारोहमा स्थानीय तहलाई बलियो बनाउने कुरामा आफू सधैँ दृढ रहेको बताए ।मुख्यमन्त्री अधिकारीले भने, “स्थानीय तहलाई सवल र सुदृढ बनाउँदै प्रदेशलाई नजिकको सरकार बनाउने र सङ्घ सरकार मूल आयोजनामा केन्द्रित हुने अठोट र सङ्कल्प विस्तारै कार्यान्वयन हुँदै गएको छ ।”मुख्यमन्त्री अधिकारीले भाषणमा भन्दा काममा विश्वास गर्ने भएकाले गर्न सकिने कुरामात्रै बोल्ने… पुरा पढौ

अघिल्ला अधिवेशन भन्दा संसदको यो अधिवेशन उपलब्धिमूलक ः सभामुख

बैशाख २ गते काठमाड.डौसभामुख देवराज घिमिरेले तुलनात्मक रुपमा अघिल्ला अधिवेशन भन्दा प्रतिनिधिसभाको तेस्रो अधिवेशन उपलब्धिपूर्ण भएको बताएका छन् ।प्रतिनिधिसभाको तेस्रो अधिवेशन अन्त्यका अवसरमा आज आयोजित बैठकमा उनले कानुन निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्ने लगायतका कार्यमा तुलनात्मक रूपमा अघिल्ला अधिवेशन भन्दा तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको बताएका हुन् ।सभामुख घिमिरेले अघिल्ला अधिवेशको तुलनामा तेस्रो अधिवेशन उपलब्धिपूर्ण भए पनि पर्याप्त भने हुन नसकेको बताए । राजनीतिक दलहरूबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयका आधारमा आगामी अधिवेशन अझै प्रभावकारी र परिणाममुखी हुने कुरामा उनी आशावादी… पुरा पढौ

तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक छ– प्रदेश प्रमुख भट्ट

२८ चैत्र पोखरागण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच हुने सहकार्य सहअस्तित्व र साझेदारीले सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए । जिल्ला समन्वय समिति, कास्कीको सातौं जिल्ला सभाका प्रमुख अतिथि भट्टले मुलुक गणतन्त्र र सङ्घीयता कार्यान्वयनको चरणमा नै रहेकाले यसलाई सफल बनाउन सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले भने, ‘संविधानको मर्म र भावनाअनुसार तीनै तहको सहअस्तित्व, समन्वय र सहकार्यको भावना विकास… पुरा पढौ

गण्डकीमा नेकपा एमालेका खगराज मुख्यमन्त्री , कांग्रेसको आपत्ति

फाईल तस्बिर
चैत्र २५ पोखरा गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारी दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम उनलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।अधिकारी यसअघि २०७९ पुस २५ मा मुख्यमन्त्री बनेका थिए । उनले २०८० वैशाख १४ गतेसम्म मुख्यमन्त्री सम्हालेका थिए ।यसअघि नेता अधिकारीले एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आठ (सभामुख सहित) र एक स्वतन्त्र गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यन्त्रीमा दाबी पेस… पुरा पढौ

एमालेको नीतिले देश उच्च स्तरमा जान्छ – अध्यक्ष ओली

फाईल तस्वीर
चैत २३ गते पोखरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई उच्च स्तरमा उठाउँदै लाने एमालेले नीति तय गरेको बताएका छन् । आज पोखरामा एमाले कास्कीको ११औं अधिवेशनबाट निर्वाचिन पदाधिकारीको सपथ ग्रहण कार्यक्रमको समुद्धघाटन गर्दै ओलीले सो कुरा बताएका हुन् । उनले देश र जनताका समस्या समाधान गर्न, सुशासनलाई फर्काउन आफुहरु सफलतापूर्वक अघि बढेको बताए ।साथै उनले एमालेलाई अहिले आराम गर्ने समय नभएको बताउदै देशलाई ठिक बाटोमा बढाएर, यस देशबाट गरिबी ,भोकमरी हटाएर अनि मात्रै एमालेले चौतारीमा बसेर सुसेरा हाल्ने… पुरा पढौ

कर्णालीमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि आव्हान

चैत २२ गते ,सुर्खेत कर्णाली प्रदेशमा नयाँ सरकार गठन गर्न आव्हान गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले सात दिनको समय दिएर संविधानको धारा १६९ को उपधारा (१) को उपधारा (क) अनुसार चैत २७ गते बेलुका ५ः ५० भित्र नयाँ सरकार गठन गर्न आह्वान गरेका हुन् । मुख्यमन्त्री राजकुमार शर्माले बुधबार प्रदेशसभा बैठकमा विश्वासको मत लिने वातावरण नभएको भन्दै राजीनामा दिएको घोषणा गरेका थिए ।प्रदेश प्रमुखले दिएको समयसीमाभित्र संविधानको धारा १६९ को उपधारा (३) अनुसार प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको राजीनामा ।

२१ चैत्र ,पोखरागण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन । बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष आफ्नो राजिनामा पत्र बुझाएका हुन । गत बैशाखमा माओबादी सहितको गठबन्धनबाट मुख्यमन्त्री बनेका पाण्डे माओवादीका सांसदले समर्थन फिर्ता लिएसँगै गत फागुन २३ देखि अल्पमतमा परेका थिए ।केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि अल्पमतमा परेका उनले २२ चैतभित्र विश्वासको मत लिनुपर्ने थियो । तर, पाण्डेले विश्वासको मत नलिई राजीनामा दिएका हुन् ।अब प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा (२) अनुसार… पुरा पढौ

चीन भ्रमणले दुई मुलुकबीचको आपसी विश्वास थप सुदृढ : उपप्रधानमन्त्री श्रेष्ठ

१९ चैत,उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणले दुई मुलुकबीचको आपसी सद्भाव, सम्मान र विश्वासलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरेका छन् । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भ्रमणबाट दुई देशको विद्यमान ऐतिहासिक मित्रवत् सम्बन्धलाई अझ उचाइमा पु¥याएको उल्लेख गरे । चिनियाँ कम्युनिष्ट पार्टीका राजनीतिक ब्यूरोका केन्द्रीय कमिटी सदस्य तथा चीनका परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा यही चैत ११ देखि १९ गतेसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व… पुरा पढौ