राजनीति

रास्वपाका महामन्त्री ढकाल निलम्बित ।

असार २० पोखराराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई कार्वाही गरेको छ । कार्वाही स्वरुप उनलाई पार्टीले एक हप्ताका लागि निलम्बन गरेको बताइएको छ ।बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै सात दिनका लागि निलम्बन गरेको हो ।ढकालले आफू पार्टीबाट अपमानित भएको भन्दै आफूले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्न र केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्न आग्रह गरेका थिए । उनको प्रस्तावलाई पार्टी बैठकले… पुरा पढौ

प्रशासनको निर्णय नागरिक मुखि हुने ः प्रजिअ पाण्डे

असार १८ पोखराकास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्रशासनले गर्ने निर्णय नागरिक मुखि हुने बताएका छन् । प्रजिअ पाण्डेले संघीय सरकारको प्रतिनिधिको रुपमा जिल्लामा हुने विभिन्न गतिविधिको नेतृत्व, नियन्त्रण र समन्ययकारी भूमिका निभाउनु नै आफ्नो दायित्व भएको स्पष्ट पारे ।पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत, सम्मान तथा अन्तरक्रियामा पाण्डेले पर्यटकीय नगरिमा हुने रात्रिकालीन व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउने, अतिक्रमणमा परेका सार्वजनिक जग्गा फिर्ता ल्याउने, फेवातालको संरक्षण गर्नेलगायतका विषयमा आफ्नो ध्यान केन्द्रित भएको स्पष्ट पारे ।उनले दर्ता बिना सञ्चालन भएका… पुरा पढौ

गणतन्त्रलाई बलियो बनाउन कांग्रेसले एमालेसँग सहकार्य गरेको – निधि

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रामक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस र नेकपा (एमाले) ले सहकार्य गरेको बताएका छन् ।नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटमा उनले दुई ठूला पार्टीले अरु दललाई साथमा लिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बल पुग्ने गरी संविधान संशोधनको प्रयास गर्ने बताए ।पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका निधिले देशमा रहेका समस्या समाधानका लागि नयाँ गठबन्धनमा अरु दलहरु समेत समावेश गरेर सहमति र सहकार्यलाई निरन्तरता दिनुपर्ने धारणा राखे । देशमा राजनीतिक अस्थितरता र जनतामा रहेको… पुरा पढौ

एमाले काग्रेसको नया गठबन्धन , कांग्रेस पदाधिकारीको बैठक बस्दै ।

१८ असार काठमाडौंनेकपा एमाले र नेपाली काँग्रेसको बिचमा राजनीतिक सहमति भए लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरुको बैठक बोलाएका छन् । बैठक अहिले बिहान ९ बजे देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ । बैठक नेकपा एमालेसँग मिलेर नयाँ सरकार गठन गर्ने विषयमा केन्द्रित हुने बताइएको छ । बैठकले एमालेसँग सत्ता साझेदारीका विषयमा भएको समतिलाई अनुमोदन गर्ने नेताहरूले बताएका छन् ।कांग्रेस–एमालेले सरकारको नेतृत्वको आलो–पालो गर्ने सहमति गरेका छन् । उक्त सहमतिमा पदाधिकारीको समर्थन खोज्न सभापति देउवाले बैठक बोलाएका हुन् । सहमतिअनुसार… पुरा पढौ

आज गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी मनाइँदै

असार १८ पोखरांनेपालमा माओवादी सशस्त्र द्वन्द्वको अन्त्यगरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।विसं १९८१ असार १८ गते पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको गर्भबाट उनको जन्म भएको थियो । विसं २००४ मा विराटनगर जुटमिलमा भएको मजदुर आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका कोइराला २०५३ वैशाख २९ गतेदेखि नेपाली कांग्रेसको सभापति निर्वाचित भएका थिए ।उनी कांग्रेसको पाँचौँ सभापति बनेका थिए । कोइराला २०६६ चैत ७ गतेसम्म कांग्रेसको सभापति… पुरा पढौ

एकीकृत समाजवादीको महाधिवेशनमा नजान पार्टीका नेताहरुलाई ओलीको निर्देशन

काठमाडौं, १६ असारनेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेकपा (एकीकृत समाजवादी) को महाधिवेशनमा नजाने भएका छन् । एकीकृत समाजवादीको १०औं महाधिवेशन आज (आइतबार) उद्घाटन हुँदैछ । उद्घाटन समारोहमा एकीकृत समाजवादीले संसद्मा रहेका सबै दलहरु र संसद् बाहिरका महत्वपूर्ण घटकहरुलाई समेत निमन्त्रणा पठाइएको छ । एमाले अध्यक्ष ओलीलाई निमन्त्रणा पठाइएको भएपनि उनी महाधिवेशनमा नजाने निश्चित भएको बालकोट स्रोतले बताएको छ । महाधिवेशनमा सहभागी नहुने निर्णयमा पुगेका ओलीले पार्टीका अरु नेताहरुलाई पनि नजान भनेको छन् । एकीकृत समाजवादी सत्ता समीकरणको घटक… पुरा पढौ

फणीन्द्र देवकोटा पुनः ऊर्जा मन्त्री नियुक्त

१६ असार, पोखरा ।सर्वोच्चबाट मुद्दा जितेर शुक्रबार संसद छिरेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुनः मन्त्री नियुक्त भएका छन् । देवकोटालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज यस अघिकै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेका हुन् । देवकोटाले सपथ पनि लिइसकेका छन् ।गत जेठ २८ गते माओवादीको निर्णयविपरीत सांसद देवकोटालाई मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिलाएको भोलिपल्टै मन्त्री नियुक्त भएका थिए । माओवादी चुनाव चिह्नबाट विजयी भई माओवादी संसदीय दलकै सदस्य भएर ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले पदमुक्त गर्ने… पुरा पढौ

वित्त नीतिलाई सघाउने मौद्रिक नीति आवश्यक

काठमाडौँ, ११ असारअर्थतन्त्रमा देखिएको समस्या सम्बोधन गर्ने, वित्त नीतिसँग सामञ्जस्यता हुने र आगामी आर्थिक वर्षका लागि सरकारले लिएको छ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यलाई सघाउनेगरी मौद्रिक नीति आउनुपर्नेमा विज्ञ तथा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना भएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सम्बन्धमा आयोजित छलफलमा सहभागीले सरकारको वित्त नीतिलाई सघाउने गरी केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउनुपर्ने आवश्यकता औँल्याएका हुन् । सरकारको पुँजीगत खर्च बढाउने, मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्ने, मौद्रिक नीतिमार्फत् कर्जाको माग बढाउनेगरी… पुरा पढौ

थाई नरेश समक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

असार ९ गते काठमाडौँथाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राजदूत ओलीले शनिबार थाइल्याण्डको एम्फोरन राजदरबारमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत ओलीले थाई नरेशासँग शिष्टाचार भेट गरेका थिए । त्यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राजदूत ओलीले थाई नरेशको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै थाइल्याण्ड अधिराज्यका मैत्रीपूर्ण जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गरे।… पुरा पढौ

साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ ः प्रधानमन्त्री

फाईल तस्बिर...
काठमाडौँ, असार ६ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान विपरीत धार्मिक तथा सामाजिक सद्भाव बिगार्ने र साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रणका लागि जस्तो सुकै उपाय अपनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले धार्मिक गतिविधिका नाममा साम्प्रदायिकता फैलाउन खोज्ने व्यक्ति तथा समूहलाई प्रचलित कानुन बमोजिम कानुनी कारबाही हुने स्पष्ट पारे । प्रधानमन्त्री प्रचण्डले भने, “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबिचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण… पुरा पढौ