राजनीति

गण्डकीको प्रदेशको बजेटमाथि एमालेको असन्तुष्टि, सरकारले स्पष्ट जवाफ दिन नसक्दा संसद बैठक स्थगित ।

पोखरा ६ असारगण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१–०८२ का लागि प्रस्तुत गरेको बजेटमा गडबड भएको प्रमुख प्रतिपक्ष दल एमालेले आरोप लगाएको छ । बिहीबार प्रदेश सभामा बजेटमाथिको छलफल कार्यक्रममा बोल्दै एमाले प्रदेश सभा सदस्य लिलबहादुर थापा मगरले बजेटमा भएको गडबडका सम्बन्धमा विभिन्न विषय उठान गरेका थिए । उनले बजेटमा देखिएको कमजोरीका कारण सरकार र अर्थमन्त्रीप्रति नैतिकताको संकट देखा परेको दावी गरे । सरकारले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको… पुरा पढौ

गण्डकीको बजेटः भौतिक पूर्वाधार, पर्यटन, कृषि र शिक्षामा केन्द्रित

असार २ गते कास्कीगण्डकी प्रदेशको आर्थिक वर्ष २०८१र८२ को बजेटमा पर्यटन क्षेत्रको विकासलाई प्रमुख प्राथमिकता दिइएको छ । शनिबार प्रस्तुत बजेटमा उक्त कुरा उल्लेख छ । प्रदेश सरकारको आगामी वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री टकराज गुरुङले गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न निजी क्षेत्रसँगको सहकार्यमा प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारका लागि प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने बताए ।पर्यटन व्यवसायीसँगको सहकार्यमा विभिन्न पर्यटकीय प्याकेज तयार गरी ‘पहिले घरदेश अनि परदेश’लाई अभियानको रूपमा सञ्चालन गरिने उनले बताए । पर्यटकीय राजधानी पोखरा… पुरा पढौ

श्रीलङ्काका राष्ट्रपति र सार्क महासचिव सरवार बीच भेटवार्ता

जेठ ३१ गते काठमाडौँपरिचयात्मक परामर्श भ्रमणमा रहनुभएका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव गुलाम सरवारले श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेसँग बुधबार कोलम्बोमा शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा महासचिव सरवारले स्थापनाकालदेखि नै सार्क प्रक्रियालाई श्रीलङ्काबाट निरन्तर सहयोग भएकामा त्यसको सराहना गर्दै सङ्गठनलाई थप सुदृढ बनाउन श्रीलङ्काबाट सहयोग र मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको सार्क सचिवालयले जनाएको छ । महासचिवले श्रीलङ्काका राष्ट्रपतिलाई सार्कका वर्तमान गतिविधि र यसका चुनौतीहरूबारे अवगत गराउँदै सार्क प्रक्रियालाई पुनः सशक्त बनाउन श्रीलङ्काको सहयोगको अपेक्षा… पुरा पढौ

सरकारले मुलुक र जनताको हितमा काम गरिरहेको छ ः उपप्रधानमन्त्री लामिछाने

३० जेठ काठमाडौँ,उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सरकारले मुलुकको आवश्यकता र जनताको हितमा काम गरिरहेको बताएका छन् । नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सरकारमा रहुञ्जेल नागरिकलाई दुःख नदिने गरी काम गर्ने उल्लेख गरे । उपप्रधानमन्त्री लामिछानेले विभिन्न सङ्घर्ष र बलिदानबाट प्राप्त व्यवस्थालाई आत्मसाथ गर्दै नागरिकको सपनालाई साकार पार्न अहिलेको व्यवस्थाप्रति कटिबद्ध भएर लागेको बताए । ‘सबै गर्न सकिदैन तर, धेरै गर्न सकिन्छ’ भन्ने आस र भरोसाकासाथ आफूहरु अघि बढेको उनले बताए । “तीन… पुरा पढौ

गण्डकीमा मन्त्रि परिषद बिस्तार, गुरुङ र देवकोटाद्वारा शपथग्रहण ।

२९ जेठ, पोखरागण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्री राजीव गुरुङ (दीपक मनाङे) र फणिन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सभाकक्षमा आयोजित एक समारोहकाबीच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन । मन्त्री गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन साथै मन्त्री देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । सो समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, प्रदेश सरकारका… पुरा पढौ

राष्ट्रपति पौडेल आज साँझ जेनेभा जादै

जेठ २९ काठमाडौँराष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १ सय १२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ स्वीट्जरल्याण्डको जेनेभा तर्फ प्रस्थान गर्ने तयारीमा छन । उनले यही जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । नेपालका राष्ट्र प्रमुख र स्वीस… पुरा पढौ

प्रधानमन्त्री दाहालसँग भारतीय सङ्घीयमन्त्री जयशङ्करको भेटवार्ता

नया दिल्लीँ, २८ जेठछिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त सङ्घीयमन्त्री एस जयशङ्करले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री दाहाल बसेको होटल ताजमा आज भएको भेटमा उनिहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले भारतको मन्त्री पदमा नियुक्त भएकोमा जयशङ्करलाई हार्दिक बधाई एवं कार्यकालको शुभकामना व्यक्त गरे । उनले आगामी दिनमा दुई देशबीच रहीआएको आपसी एवं… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत ।

२८ जेठ पोखरागण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत प्राप्त भएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव सभाको बहुमतले पारित गरेको हो । मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ र विपक्षमा २८ मत परेको छ । प्रस्तावको पक्षमा नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई, स्वतन्त्र प्रदेशसभा सदस्य एक र प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाको मत परेको थियो भने विपक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का छ प्रदेशसभा… पुरा पढौ

प्रधानमन्त्री दाहाल ‘ भारतबाट आज स्वदेश फर्किँदै

२०८१ जेठ २८ गते काठमाडौप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट आज स्वदेश फर्किने भएका छन् । भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन गएका प्रचण्ड स्वदेश फर्किन लागेका हुन् । प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि आइतबार राष्ट्रपति द्रोपदी मुर्मुले पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । उक्त शपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्डको टोलीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी छन् । पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै ।

जेष्ठ २८ पोखरागण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि आज ३ बजे बैठक डाकिएको छ । दलहरूसँगको छलफलपछि नै उनले संसद फेस गर्न लागेका हुन् । मुख्यमन्त्रीले मत माग्ने कार्यलाई तीव्रता दिएका छन् । उनले आइतबार नेकपा एमालेसँग पत्र लेखेर मत मागेका थिए । उनले विश्वासको मत पुर्याउन फलामको चिउरा चपाउनु सरह छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिने गरी कुनै पनि दलले निर्णय गरेको छैन । प्रदेशमा दुई सिट रहेको राप्रपाले केन्द्रको निर्णय कुरेर… पुरा पढौ