फोटो ग्यालेरी

भित्तेपात्रो लोर्कापण तथा जेष्ट सदस्य सम्मान ।

२२ बैशाख कास्कीसुवेदी बन्धुहरुको आत्मीयता र भावनात्मक सम्बन्ध गाढा बनाउने उद्धेश्यले स्थापित स्याड.जा टक्सार सुवेदी समाज नेपालले आफ्ना ज्येष्ठ सदस्यलाई सम्मान गर्दे २०८१ साल को भित्तेपात्रो लोर्कापण गरेको छ ।पोखरा १७ महतगौडा स्थित संस्थाकी जेष्ट सदस्य ९१ बर्षिया भिम कुमारी सुवेदी च्वाईको निवास मै पुगेर दोसल्ला ओढाएर जेष्ट सदस्य सम्मान गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो । संस्थाकी जेष्ट सदस्य भिम कुमारी सुवेदी च्वाईको प्रमुख आतिथ्यतामा संचालन भएको भित्तेपात्रो लोर्कापण कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष तुलसी राम सुवेदीले गरेका थिए । संस्थाका… पुरा पढौ

गुरुङ जातिहरुको महान पर्व ट्होटे

२७ चैत्र पोखरागुरुङ जातिहरुको महान पर्वको रुपमा रहेको ट्होटे पर्व यो पटक पनि धुमधामका साथ मनाईयो ।कास्की ङ्योए तमु धिं पोखरा–२९ भण्डारढिकले ट्होटें पर्व विविध कार्यक्रमका साथ मनाएको छ । चैत्र महिनाको अन्तिम मंगलबार संस्थामा आबद्व २९ समुहले सामुहिक रुपमा भेला भएर तामझामका साथ पर्व मनाएका छन् ।गुरुङ भाषामा ट्हो भनेको राज्य र टे भनेको धपाउने अर्थात राज्यबाट शत्रुलाई लखेटने भन्ने बुझिन्छ । गुरुड. समुदायमा यस पर्वलाई भुतप्रेत भगाउने पर्वको रुपमा मनाउने गरिन्छ । कार्यक्रमलाई सम्बोधन गर्दै सगरमाथा टेलीभिजनका अध्यक्ष… पुरा पढौ

एमालेको नीतिले देश उच्च स्तरमा जान्छ – अध्यक्ष ओली

फाईल तस्वीर
चैत २३ गते पोखरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई उच्च स्तरमा उठाउँदै लाने एमालेले नीति तय गरेको बताएका छन् । आज पोखरामा एमाले कास्कीको ११औं अधिवेशनबाट निर्वाचिन पदाधिकारीको सपथ ग्रहण कार्यक्रमको समुद्धघाटन गर्दै ओलीले सो कुरा बताएका हुन् । उनले देश र जनताका समस्या समाधान गर्न, सुशासनलाई फर्काउन आफुहरु सफलतापूर्वक अघि बढेको बताए ।साथै उनले एमालेलाई अहिले आराम गर्ने समय नभएको बताउदै देशलाई ठिक बाटोमा बढाएर, यस देशबाट गरिबी ,भोकमरी हटाएर अनि मात्रै एमालेले चौतारीमा बसेर सुसेरा हाल्ने… पुरा पढौ

सरसफाई गरि सहकारी दिवस मानाईयो ।

१९ चैत्र ,पोखरा“ सहकारीमा सुशासन, प्रबिधी र एकिकरण “ भन्ने मुल नाराका साथ मनाउन गैरहेको ६७औं राष्टिय सहकारी दिवसको उपलब्क्षमा सेतिमदि बचत तथा ऋण सहकारी सस्था पोखरा २ मिरुवाले हरिचोक, मिरुवा, बिन्ध्वासिनि मन्दिर वरपर, कार्यालय वरपर सरसफाई कार्यक्रम गरी मनायो ।सस्थाका अध्यक्ष जयलाल अधिकारीको अध्यक्षतामा संचालन भएको कार्यक्रम पोखरा महानगर पालिका वडा न–२ का अध्यक्ष दिवसमान प्रधानङ्ग को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन भएको थियो । आज भएको उक्त कार्यत्रमको संयोजन शिक्षा तथा वातारण उपसमितिका संयोजक प्रेम बहादुर गुरुड.को सयोजकत्वमा सम्पन्न… पुरा पढौ

नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशन आजदेखि सुरु ।

१० चैत, पोखरा । नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशन आजदेखि सुरु भएको छ । अधिवेशनको उद्घाटन नेकपा (एमाले) का महासचिव संकर पोखरेल ले गरे ।एमालेको कास्की जिल्ला कमिटीको अधिवेशन उद्घाटन गर्दै महासचिव पोखरेलले राजनीतिक स्थिरताका लागि नयाँ दल होइन, भएकै दलहरु बलिया हुनुपर्ने बताएका छन् ।विश्वमा नीति र नेतृत्वको विकल्प राजनीतिक दलहरुबाट खोज्ने प्रणाली नै स्थापित भएको उनको जोड थियो । अमेरिका, चीन, बेलायत र भारतको उदाहरण दिँदै पोखरेलले पुरानो पार्टीले नै रुपान्तरण गरिरहेको बताए । अधिवेशनले नयाँ… पुरा पढौ

स्याड.जा टक्सार सुवेदी समाज नेपालको साधारण सभा ज्येष्ठ सदस्यलाई सम्मान गर्दै सम्पन्न ।

२७ माघ, कास्कीपुतलीबजार ६ टक्सार स्याड.जा जन्मस्थान तथा पुरख्यौली घर हुने नेपालभर छरिएर रहेका सुवेदीहरुको संस्था स्याड.जा टक्सार सुवेदी समाज नेपालले आफ्ना ज्येष्ठ सदस्यलाई सम्मान गर्दे संस्थाको छैटौें साधारण सभा सम्पन्न गरयो । कार्यक्रममा प्रमुख अतिथि सुवेदी कल्याण प्रतिष्ठान(सुकल्प) नेपालका कुलाधीपती देवी प्रसाद सुवेदीले सुवेदी बन्धुहरुको आत्मीयता र भावनात्मक सम्बन्ध गाढा बनाउन संस्थाको उद्धेश्य अनुरुप समाजका ज्येष्ठ सदस्यहरुको सम्मान सहित उच्च शिक्षा हासिल गर्ने संस्थाका सदस्यहरुको कदर गर्दै गरिएको सम्मान कार्यक्रमले आफु निकै प्रवावित रहेको बताए ।कार्यक्रममा ७० बर्ष माथिका… पुरा पढौ

गुरुङ र तिमिल्सेना पुरस्कृत 

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पोखरामा क्रियाशील पत्रकारद्वय राम गुरुङ र रामप्रसाद तिमिल्सेनालाई प्रदान गरिएको छ ।पत्रकार गुरुङलाई २०७७ र तिमिल्सेनालाई २०७८ को पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि २५ हजार १ रुपैयाँ र सम्मानपत्र छ । पुरा पढौ

पर्यटन सस्कृती तथा नागरिक उड्डयन मन्त्री

पोखरा,९साउन। नेपाल सरकारका  पर्यटन सस्कृती तथा नागरिक उड्डयन मन्त्री माननीय जिवनराम श्रेष्ठ  सोमबार पोखरा महानगरपालिका-१७  रातोपैह्रोमा अवस्थित  अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको अवलोकन गर्नुहुदै।  पुरा पढौ