
२७ चैत्र पोखरा
गुरुङ जातिहरुको महान पर्वको रुपमा रहेको ट्होटे पर्व यो पटक पनि धुमधामका साथ मनाईयो ।
कास्की ङ्योए तमु धिं पोखरा–२९ भण्डारढिकले ट्होटें पर्व विविध कार्यक्रमका साथ मनाएको छ । चैत्र महिनाको अन्तिम मंगलबार संस्थामा आबद्व २९ समुहले सामुहिक रुपमा भेला भएर तामझामका साथ पर्व मनाएका छन् ।
गुरुङ भाषामा ट्हो भनेको राज्य र टे भनेको धपाउने अर्थात राज्यबाट शत्रुलाई लखेटने भन्ने बुझिन्छ । गुरुड. समुदायमा यस पर्वलाई भुतप्रेत भगाउने पर्वको रुपमा मनाउने गरिन्छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै सगरमाथा टेलीभिजनका अध्यक्ष निर्मल गुरुङले ट्हाटें पर्व तमुहरुको परम्परागत ऐतीहासिक पर्व भएको वताउँदै पर्वको अवसरमा शुभकामना ब्यक्त गनुृभएको थियो ।
उहाले पर्वले एकता र सद्भावको विकास गराउने भएकाले आफ्नो भाषा र संस्कृती जोगाउन समुदाय संगठीत हुनुपर्ने कुरामा जोड दिनुभयो ।
साथै उहाले परम्परागत रुपमा पर्व मनाईदै आएको र यो पर्वले नेपाली समाजमा भएका अशान्ति र बिकृतीहरु हटाउन सकुन भन्ने कामना समेत गर्नु भयो ।

समाजकी सल्लाहकार बुद्विकुमारी गुरुङले संस्कार परम्परा र संस्कृतीको संरक्षण गर्नुपर्नेमा जोड दिदै पर्वले सम्पुर्णमा एकताको सन्देश प्रवाह गर्ने वताएकी थिईन ।

यस्तै पोखरा महानगरपालिका वडा नं–२९ का अध्यक्ष श्रीप्रसाद गुरुङले भाषा संस्कृतीनै तमु समुदायको पहिचान भएको वताउँदै यसको संरक्षण गर्नुपर्नेमा जोड दिंदै पर्वको अवसरमा सम्पुर्णमा सुस्वास्थ्य दिर्घायूको कामना व्यक्त गरेका थिए ।
त्रियान धर्मचक्र बिहार बौद्व गुम्बाका धर्मगुरु ले ट्होटें पर्वले सुख शान्ती र निरोगी बनाउनुका साथै धार्मिक भावना जागृत गराउने वताएका थिए ।
मेजर राम प्रसाद गुरुड.को अध्यक्षतामा संचालित कार्यक्रमको संस्थाकी महासचिव काशीमाया गुरुड.ले संचालन गरेकी थिईन ।
कार्यक्रम शुरु हुनु अगाडि तमुहरुको मौलीक संस्कृती र परम्परा झल्कीने भेषभुषा र ब्यानर सहितको ¥र्याली निकालीएको थियो ।




