फोटो ग्यालेरी

फोटोग्राफर संघ गण्डकीको अन्तरक्रिया सहित पुर्ण बैठक स्याङजामा सम्पन्न, ( फोटोग्राफर मञ्च स्याङजाका नबनिर्वत्रित कार्यसमितिलाई बधाई साथै सम्मान )

स्याङजा २९ कार्तिक फोटोग्राफर संघ गण्डकीको आयोजनामा कार्तिक २८ र २९ गते अन्तरक्रिया सहित पुर्ण बैठक स्याङजामा सम्पन्न भएको छ । फोटोग्राफर मञ्च स्याङजाको स्थानिय ब्यवस्थापनमा सन्चालित पुर्ण बैठक, बधाई तथा अन्तरक्रिया सहितको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । गण्डकी प्रदेशका ११ जिल्लाका व्यावसायिक फोटोग्राफरहरूको उत्साहजनक सहभागितामा कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा फोटोग्राफी तथा भिडियो ग्राफी क्षेत्रमा देखिएका अवसर तथा चुनौतीका बिषय साथै पेशागत दायित्वबारे विस्तृत रूपमा छलफल गरिएको थियो। बदलिँदो प्रविधि, बजार प्रतिस्पर्धा, पेशागत मानक र गुणस्तर… पुरा पढौ

फोटोग्राफर मञ्च स्याङजाको साधारण सभा तथा अधिवेशन सम्पन्न , अध्यक्षमा न्यौपाने सर्वसम्मत ।

२६ पोखरा स्याङजाका विभिन्न स्थानमा छरिएर रहेका फोटो व्यवसायीहरूको छाता संगठन ‘फोटोग्राफर मञ्च स्याङजा’को दोस्रो अधिवेशन तथा साधारण सभा शनिबार गल्याङमा सम्पन्न भएको छ । सो कार्यक्रमको प्रमुख अतिथि नेपाल फोटोग्राफर महासंघ नेपालका कोषाध्यक्ष तथा फोटोग्राफर संघ गण्डकीका बरिष्ठ उपाध्यक्ष तुलसी राम सुवेदी रहनु भएको थियो । उद्धघाटन पश्चात कार्यक्रमलाई शुभकामना दिदै सुवेदीले व्यवसायीक एकता महत्व र औचित्यका बारेमा प्रकाश पार्दै सवै जुटेर लाग्नुपर्ने बताउनु भयो । साथै कार्यक्रमका बिशेष अतिथी गल्याङ नगरपालिका प्रवक्ता तथा वडा नं. ३ का वडाअध्यक्ष… पुरा पढौ

फोटोग्राफर संघ गण्डकीको सातौँ स्थापना दिवस भव्यताका साथ सम्पन्न पोखराका युवा फोटोग्राफर पोखरेललाई ‘बेष्ट बैवाहिक फोटो अवार्ड’

२२ भदौ, पोखरा गण्डकी प्रदेशभरिका फोटोग्राफरहरूको साझा संस्था फोटोग्राफर संघ गण्डकीले शनिबार आफ्नो सातौँ स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ । कार्यक्रममा फोटोग्राफी प्रतियोगिता–२०८२ को नतिजा घोषणा गर्दै विजयी फोटोग्राफरलाई सम्मान गरिएको थियो । यसअघि संघले १८६औँ विश्व फोटोग्राफी दिवसको अवसर पारेर सुरु गरेको मिराज राष्ट्रिय बैवाहिक तथा नेचर एण्ड ल्याण्डस्केप फोटो प्रतियोगिताको अन्तिम चरण यही अवसरमा सम्पन्न गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल फोटोग्राफर महासंघका वरिष्ठ उपाध्यक्ष श्रीराम कंडेलले उद्घाटन पश्चात सम्बोधन गर्दै फोटोग्राफी क्षेत्रका चुनौती र… पुरा पढौ

नेपाल फोटोग्राफर महासंघको धनगढी बैठक बिधान संशोधनसहित सम्पन्न

१० भाद्र, धनगढी नेपाल फोटोग्राफर महासंघको मेची–महाकाली अभियान अन्तर्गत सुदूरपश्चिमको धनगढीमा आयोजित केन्द्रीय बैठक बिधानका विभिन्न धारामा छलफल गर्दै संशोधनसहित सम्पन्न भएको छ । संस्थाले बुटवलमा गरेको प्रारम्भिक भेलाबाट सुरु भएको संस्थागत यात्रालाई “फोटोग्राफी क्षेत्रको विकास र प्रवद्र्धनका लागि महासंघको आवश्यकता” भन्ने मूल नारासहित देशव्यापी अभियान मार्फत अघि बढाउँदै आएको थियो । यसै अभियानको अन्तिम चरणमा धनगढीमा सम्पन्न बैठकले आगामी पौष महिनामा पहिलो महाधिवेशन गर्ने निर्णय समेत गरेको महासचिव डिगम्बर राजवंशीले जानकारी दिनुभयो । बैठकलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष महेन्द्र… पुरा पढौ

पोखरामा १८६औं विश्व फोटोग्राफी दिवस विविध कार्यक्रमसहित सम्पन्न

३ भाद्र, पोखरा। पोखरा फोटोग्राफर संघ नेपालले १८६औं विश्व फोटोग्राफी दिवस पोखरामा विविध कार्यक्रमसहित भव्यरुपमा सम्पन्न गरेको छ । दिवसको सुरुवात कुंडहर आधारभूत विद्यालयमा अध्ययनरत दृष्टिबिहीन बालबालिकालाई सहयोग हस्तान्तरण गर्दै गरिएको थियो । विशेषगरी हरितालिका तीज पर्वको समेत अवसर पारेर संघको महिला उपसमितिले यो वर्षको कार्यक्रम दृष्टिबिहीन बालबालिकाको हितमा समर्पित गरेको महिला उपसमित संयोजक मिरु लम्सालले केन्द्रिय आवाजलाई बताउनु भयो । सहयोग हस्तान्तरणपछि मानवअधिकार चोकबाट सुरु भएको प्रभातफेरी चिप्लेढुंगा हुँदै संघको कार्यालयमा पुगेर शुभकामना आदानप्रदानसहित सम्पन्न भएको थियो । कार्यक्रमका… पुरा पढौ

पोखरा फोटोग्राफर संघद्वारा स्थापना दिवस भव्यतापूर्वक सम्पन्न, राष्ट्रिय फोटोग्राफी पुरस्कार घोषणा ( काठमाडौंका फोटोग्राफर मञ्जु कुमार श्रेष्ठलाई सम्मान गरिने )

२ साउन, पोखरा । पोखरा फोटोग्राफर संघले आफ्नो ४४औं स्थापना दिवस भव्यतापूर्वक विविध कार्यक्रमसहित मनाएको छ । सो अवसरमा संघले “रामलाल–श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार २०८२” को घोषणा गर्दै काठमाडौंका वरिष्ठ फोटोग्राफर मञ्जु कुमार श्रेष्ठलाई सम्मानित गर्ने निर्णय गरेको हो । पोखरा फोटोग्राफर संघको स्थापना दिवसको अबसरमा रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार हरेक २ बर्षमा प्रदान गरिदै आएको संस्थाका अध्यक्ष भक्त बहादुर तमाङले केन्द्रिय आवाजलाई जानाकारी दिएका हुन । उनले यो पुरस्कार यस भन्दा अगाडी गण्डकी प्रदेश स्तरिय रहेको मा यस… पुरा पढौ

चौथो नेपालगन्ज फोटो फेस्टिबल शुरु , आर्यान धिमालको तस्बिर बन्यो उत्कृट बर्ष तस्बीर ।

२०८२ असार ४ गते ,नेपालगन्ज नेपालगन्जमा चौथो नेपालगन्ज फोटो फेस्टिभल आज देखि सुरु भएको छ । अन्तरालको आयोजनामा भएको यस फोटो फेस्टिभलमा नेपाली काँग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र ३ का सङ्घीय सांसद किशोर राठौरले चौथौँ नेस्सनल फोटो कन्टेष्ट, नेपाल २०८१ को वर्ष फोटो घोषणा गरि उद्घाटन गरेका हुन् । राठौरले फोटो फेस्टिभल नेपालगन्जमा आयोजना गरिनु खुसीको कुरा भएको बताउँदै नेपालगंज सगै समग्र देशको फोटोहरूको प्रदर्शनीले देशको पर्यटनलाई टेवा पुराउने हुँदा यसको विशेष महत्व रहेको बताए । साथै उनले यस प्रकारको… पुरा पढौ

विश्व रक्तदाता दिवस पोखरामा भव्य रूपमा सम्पन्न

पोखरा, जेष्ठ ३१ “रगत दिऔं, आशा जगाऔं, सबै मिलेर जीवन जोगाऔं“ भन्ने नारासहित २२औं विश्व रक्तदाता दिवस पोखरामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको शुरुवात चिप्लेढुंगा स्थित मानवअधिकार चोकबाट भएको ¥यालीले महेन्द्रपुल हुँदै पुनः चिप्लेढुंगामै पुगेर समापन गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश प्रमुख सूर्य प्रसाद ढकाल, रोटरी क्लब अफ पोखरा भ्यालीका नोमिनी प्रेसिडेन्ट नविन बराल, नेपाल रेडक्रस… पुरा पढौ

पोखराको रामघाटमा गीता आश्रम निर्माण हुने, डिपिआर तयार

पोखरा,१९ जेठ पोखरा–११ रामघाटस्थित गीता मन्दिर परिसरमा गीता आश्रम निर्माण कार्य अघि बढाइएको छ । निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको निर्माण समितिले जनाएको छ। डिपिआर अनुसार आश्रम निर्माणमा करिब ३ करोड ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । गीता आश्रम निर्माण समिति सम्योजक बजीरमान श्रेष्ठका अनुसार निर्माणको प्रारम्भिक तयारी पूरा भइसकेको छ र रकम जुटाउने पहल तीव्र पारिएको छ। गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले आश्रम निर्माण समाज र संस्कृतिका… पुरा पढौ

प्रतिगमनको कुचेष्टा सह्य नहुने ः प्रधानमन्त्री ओली

९ जेष्ठ ,पोखरा , प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक, अधिकार र मुलुकको स्वाधीनता जोगाउँदै सबै खाले प्रतिगमन रोक्न एमाले सधैं अग्रपंक्तिमा रहने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दे उनले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै सम्भावना नभएको बताए । साथै उनले राजा र राजावादीहरुलाई यस्ता दिवा सपना नदेख्न आग्रह गरे । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर राजतन्त्र फर्कने हल्ला फैलाएको… पुरा पढौ