भित्तेपात्रो लोर्कापण तथा जेष्ट सदस्य सम्मान ।

-


     केन्द्रीय आवाज    
     वैशाख २२ गते २०८१ मा प्रकाशित


२२ बैशाख कास्की
सुवेदी बन्धुहरुको आत्मीयता र भावनात्मक सम्बन्ध गाढा बनाउने उद्धेश्यले स्थापित स्याड.जा टक्सार सुवेदी समाज नेपालले आफ्ना ज्येष्ठ सदस्यलाई सम्मान गर्दे २०८१ साल को भित्तेपात्रो लोर्कापण गरेको छ ।
पोखरा १७ महतगौडा स्थित संस्थाकी जेष्ट सदस्य ९१ बर्षिया भिम कुमारी सुवेदी च्वाईको निवास मै पुगेर दोसल्ला ओढाएर जेष्ट सदस्य सम्मान गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो ।


संस्थाकी जेष्ट सदस्य भिम कुमारी सुवेदी च्वाईको प्रमुख आतिथ्यतामा संचालन भएको भित्तेपात्रो लोर्कापण कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष तुलसी राम सुवेदीले गरेका थिए । संस्थाका उपाध्यक्ष रामचन्द्र सुवेदीले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका निर्वतमान अध्यक्ष लिलाधर सुवेदीले शुभकामना दिएका थिए ।
संस्थाका महासचिव भीम प्रसाद सुवेदीले कार्यक्रम संचालन गरेका थिए ।