
मंसिर २३ ,पोखरा
फोटोग्राफर संघ गण्डकी प्रदेशको गत मंसिर १ गते सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिबेशन वाट निर्वाचित कार्यसमितिले शनिवार पदभार ग्रहण गरेका छन ।
फोटोग्राफर संघ गण्डकी प्रदेशको निर्वाचन समितिले कार्यक्रम संचालन गर्दै पदस्थापना सम्पन्न गरेको हो । संस्थाका सल्लाहाकार तथा निर्वाचन समितिका संयोजक गणेश छविले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरि पदस्थापना गराएका थिए ।



निर्वाचन समितिमा रेडियो सराङकोटका समाचार प्रमुख कमल प्रसाद पौडेल अथक र नेपाल फोटोग्राफर महासंघका बरिष्ठ उपाध्यक्ष श्रीराम कंडेल रहेका थिए ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष दुर्गा प्रसाद पौडेलले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।
साथै उनले फोटोग्राफर संघ गण्डकी फोटोग्राफरहरुको पहिलो प्रदेश संघ रहेको बताउदै संस्था स्थापनामा योगदान पुर्याउने पोखरा फोटोग्राफर संघ लगायत संस्थापक सदस्य तथा जिल्ला संघहरुलाई धन्यवाद ब्यक्त गरे ।

कार्यक्रममा पूर्व सचिव तुलसीराम सुवेदी ले महासचिव प्रेम प्रसाद पराजुलीलाई माइन्यूट हस्तान्तरण गरे साथै पूर्व कोषाध्यक्ष जिवन ढुंगानाले वर्तमान कोषाध्यक्ष रामचन्द्र पोख्रेल लाई कोषका हिसाव किताव हरुतान्तरण गरे ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नारायण बहादुर के.सी.ले आफ्ना भावि योजना प्रस्तुत गरका थिए ।
निर्वाचन समितिका संयोजक गणेश छविको सभापतित्वमा आयोजित कार्यक्रम निर्वाचन समिति सदस्य कमल प्रसाद पौडेल अथक ले संचालन गरेका थिए ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुमा अध्यक्ष नारायण बहादुर के.सी (पर्वत)वरिष्ठ उपाध्यक्ष तुलसीराम सुवेदी(कास्की)प्रथम उपाध्यक्ष बलभद्र श्रेष्ठ(तनहुं)द्धितिय उपाध्यक्ष जिवन ढुंगाना(कास्की)तृतिय उपाध्यक्ष घनश्याम पौडेल(कास्की)महासचिव प्रेम प्रसाद पराजुली(स्याङजा)सचिव नारायण गौतम (बाग्लुङ)कोषाध्यक्ष रामचन्द्र पोख्रेल(कास्की)सहकोषाध्यक्ष सुरेश रेग्मी(पर्वत)सदस्यहरुमा राममणि पौडेल(कास्की),प्रदीप पाठक (स्याङजा) गणेश गैह्रे(नवलपुर)आत्माराम पौडेल(बाग्लुङ) बिकास खाँड(स्याङजा)राजन अधिकारी(नवलपुर) रहेका छन्।





