
२०८१ फागुन ३ पोखरा
पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा पोखरा भ्रमण बर्ष कार्यक्रमको डिजिटल इनागुरेसन गर्ने क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुनहरू आगलागी भई पड्किंदा भएको दुर्घटनामा परि घाइते भएका नेपाल सरकारका उपप्रधानमन्त्री एबम अर्थमन्त्री बिष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यको उच्च निगरानीमा उपचार गर्नुपर्ने भएको छ ।

बेलुन उडाउने क्रममा नजिकै उत्सव मनाउन गरिएको कोल फायरको आगोको झिल्का मेयर आचार्य र अर्थमन्त्री पौडेलले समातेको बेलुनमा सल्किएको हो । आगोले उनीहरुको हात र गालामा जलेको छ । उनीहरुलाई पोखरामा प्राथमिक उपचार पश्चात सिम्रिक एयरको हेलिकप्टर मार्फत थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।
घाइते पौडेलको गण्डकी मेडिकल कलेज र आचार्यको फिस्टेल अस्पतालमा प्राथमिक उपचार गरेर काठमाडौं लगिएको हो ।
काठमाडौँको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइरहेका पौडेल र आचार्यको अनुहारमा जलन भएको कारण श्वास नली र फोक्सोमा असर पर्न सक्ने भएकोले उनीहरुको उपचार उच्च निगरानीमा गर्नुपर्ने अस्पतालले बिज्ञप्ति मार्फत जनाएको हो ।
अस्पतालका अनुसार प्रारम्भिक मुल्यांकन अनुसार उनीहरुको शरीरमा ५÷६ प्रतिशतमात्र जलन भएको भएपनि अनुहारमा जलन भएकोले उच्च निगरानी आबश्यक भएको हो।
पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा महानगरले पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्न लागेको हो ।






