नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पदस्थापन सम्पन्न ।

-


     तुलसी राम सुवेदी    
     पौष १४ गते २०८१ मा प्रकाशित


१४ पौष पोखरा ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पदस्थापन सम्पन्न भयो ।
कार्यक्रमको उद्ध्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे ।
उद्ध्घाटन पश्चात कार्यक्रमलाई सम्वोधन गर्दै उनले गण्डकी प्रदेशमा आमसञ्चार विधेयक पारित भई प्रेस रजिस्ट्रार कार्यालय समेत स्थापित भएको र पत्रकारको हकहितका लागि यो कार्यालय लागि पर्ने बताए । साथै मुख्यमन्त्री पाण्डेले पत्रकारको बिमाको रकम समेत बढाउँदै लैजाने प्रतिवद्धता समेत ब्यक्त गरे ।
पत्रकार महासंघ केन्द्रीय सचिव सोनी शर्माले सबैले संघीयताको मर्म अनुसार काम गर्नुपर्ने बताइन् । उनले विरोधका लागि मात्र विरोध नगरौं, सकारात्मक ढंगले कलम चलाउन आग्रह गर्दै महासंघ गण्डकीमा आफूहरुले उठाएका कूरा अब केन्द्रमा रहेर कार्यान्वयनमा जान पहल गर्ने प्रतिवद्धता जनाइन् ।


गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार बिमला भण्डारीले रजिस्ट्रार कार्यालयले आफ्नो कार्यविधि निर्माण अन्त्यतिर ल्याएको जानकारी गराईन । महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्माले पत्रकार महासंघको विधान अनुसार काम गर्नुपर्ने सुझाव दिए ।
त्यसै गरि पत्रकार महासंघ गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष रमेश पौडेलले मूलधारका मिडिया बचाएर राख्नुपर्नेमा जोड दिँदै पत्रकारितालाई दिगो रूपमा बचाउन नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने धारणा राखे ।
सो अबसरमा महासंघको केन्द्रीय सचिवमा निर्वाचित सोनी सहित प्रदेशबाट केन्द्रीय समितिमा निर्वाचित सदस्यहरु र प्रदेश रजिष्ट्रारमा नियुक्त विमला भण्डारीलाई सम्मान गरिएको थियो। महासंघका निवर्तमान उपाध्यक्ष दीपक भट्टराईले स्वागत गरेको कार्यक्रमको संचालन सचिव सुशीलबाबु श्रेष्ठ (कैलास) ले गरेका थिए ।


निर्वाचन समितिका संयोजक एवं प्रेस स्वतन्त्रता सेनानी कोमलनाथ बरालले नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । गत २८ मंसिरमा भएको निर्वाचनबाट रमेश पौडेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको थियो । निर्वाचन समिति सदस्यमा अधिवक्ता बिबि विष्ट र मनोज घर्तीमगर रहेका थिए ।