पोखराको पृथ्वीनारायण क्याम्पसमा विद्यार्थी महोत्सव हुने ।

-


     केन्द्रीय आवाज    
     मंसिर २५ गते २०८१ मा प्रकाशित


मंसिर २५ गते पोखरा
पोखराको पृथ्वीनारायण क्याम्पस अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कास्कीको आयोजनामा हुने विद्यार्थी महोत्सवको तयारी पूरा भएको छ । पृथ्वीनारायण क्याम्पस पोखरामा यहि मंसिर २६ र २७ गते हुने महोत्सवको तयारी पूरा भएको मंगलबार आयोजित पत्रकार सम्मेनल मार्फत् जानकारी दिइएको हो ।

अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोख्रेलले विद्यार्थीहरुलाई एकताको सूत्रमा बाँध्ने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको जनाए । पृथ्वीनारायण क्याम्पस प्राड.गणमा २ दिन चल्ने महोत्सवमा विविध सांगीतिक कार्यक्रम सहित शैक्षिककार्यक्रम समावेश गरिने अध्यक्ष पोख्रेलले जनाए ।

महोत्सवको पहिलो दिन उद्घाटनसमारोहसँगै अनुसन्धान र विकासमा विश्व विद्यालय विषयमा अन्तरसंवादको आयोजना सहित चित्रकला प्रतियोगिता, नृत्य प्रतियोगिता, कविता प्रतियोगिता र लाइभ कन्सर्ट रहने जनाईएको छ भने दोस्रो दिन पर्यटन र पोखरा विषयक अन्तरसंवाद हुने जनाईएको छ । लाइभ कन्सर्टतर्फ डिमर्चा ब्याण्ड, देउराली ब्याण्डको प्रस्तुति रहने जनाईएको छ भने, रचना रिमाल र टुकीको पनि प्रस्तुति रहनेछ । महोत्सव पृथ्वीनारायण क्याम्पसको साइन्स बिल्डिङ परिसरमा आयोजना हुने अनेरास्ववियु कास्कीले जनाएको छ ।