पाथीभरा मन्दिरमा दुई लाख बढी तीर्थयात्री पुगे ।

-


     केन्द्रीय आवाज    
     श्रावण ४ गते २०८१ मा प्रकाशित


फाईल तस्बिर

श्रावण ४ ताप्लेजुङ
पुर्वी नेपालकोे प्रख्यात धार्मिक तीर्थ स्थल पाथीभरा देवीको मन्दीर ताप्लेजुड.मा एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका बताईएको छ ।
आव २०८०÷८१ को असार महिनामा मात्र २ हजार ७ सय ५६ जनाले देवीको दर्शन गरेको पाथीभरा क्षेत्रविकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङले जानाकारी गराएका छन ।

फाईल तस्बिर

फाईल तस्बिर
गत अर्थिक बर्षको पहिलो महिना अर्थात् गत साउनामा १ हजार १ सय २२ तीर्थयात्रीले पूजापाठ गरेका थिए भने यसैगरी भदौमा ५ हजार, असोजमा १० हजार ३ सय ४३ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुको समयमा भक्तजनको चाप बढ्ने गरेको देखिन्छ । बडादसैँ पछि चैतेदसैँ (रामनवमी)का समयमा धेरै तीर्थयात्री यहाँ आउने गर्दछन् । यो समयमा
पाथीभरा देवीको दर्शनका लागि नेपालका प्राय सवै जिल्ला लगायत, भारत र अन्य देशबाट समेत भक्तजन आउने गरेको पाईन्छ । कात्तिक अर्थात् दसैँको समयमा ४९ हजार १ सय ६३ भक्तजनहरुले पाथीभरा देवीको दर्शन तथा पूजापाठ गरेको समितिले जनाएको छ ।

फाईल तस्बिर


समितिका अनुसार मङ्सिरमा २० हजार ४ सय १६, पुसमा पाँच हजार छ सय ५५ र माघमा छ हजार चार सय एकजनाले पूजापाठ गरेका छन् । त्यस्तै फागुनमा १७ हजार नौ सय १२ र चैतमा ५२ हजार चार सय ५५ भक्तजनले पूजापाठ गरेका छन् । जेठमा आठ हजार छ सय २९ र असारमा दुई हजार सात सय ५६ जना भक्तजनले पाथीभरा देवीको दर्शन गरेका समितिले जनाएको छ ।


बिशेष गरि उच्च पहाडी क्षेत्र भएको र फाल्गुण चैत्र महिनामा लालिगुरांस फुल्ने भएको कारण यस बेला बढी भक्तजनहरुको घुईचो हुने गर्दछ । हुनत असोज कार्तीकको बेला बिशेष गरि चाडपर्वको बेला संगसंगै हिउं संगको प्रत्यक्षीकरण गर्न पाईने भएका कारण पनि असोज कार्तीक महिनामा बढि मात्रामा युवायसवतीहरु पाथीभरा पुगेको पाईन्छ भने फाल्गुण चैत्र अर्थात रामनवमीको बेला प्रौढ तथा भारत लगायत अन्य देशबाट आउने तिर्थालु भक्तजनहरु पाथीभरा देवीको दर्शन गर्न आउने गरेको पाईन्छ ।
तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको बिर्तामोडबाट मेची राजमार्ग हुँदै पुग्न सकिन्छ भने मेची राजमार्ग अन्तर्गतको बाटो सुकेटार सम्म पक्की सडक रहेको छ र त्यसभन्दा माथि तल्लोफेदी काफ्लेपाटीसम्म कच्ची बाटो छ ।
वर्षाको समयमा कच्ची बाटोमा झरीका कारण समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ । काफ्लेपाटीसम्म स्थानीय यातायातका साधन सञ्चालनमा छन् । त्यहाँबाट पाँच किलोमिटर उकालो हिँडेपछि पाथीभरा मन्दिर पुगिन्छ ।

फाईल तस्बिर


तल्लो फेदीबाट करिब एक घण्टाको पैदल यात्रा पछि उपल्लो फेदी सम्म पुग्न सकिन्छ र तल्लो फेदी देखि उपल्लो फेदी बिचमा बास बस्नका लागि होटेल तथा रेष्टुरेन्टहरु सहजै पाईन्छ भने उपल्लो फेदी भन्दा माथि बास बस्ने सुबिधा छैन । पाथीभरा देवीको मन्दिर आसपासमा भने पौवा तथा आश्रमहरु रहेका भएता पनि मानिसहरु मन्दिर आसपासमा हाई अल्टच्यूट तथा चटयाड.गको जोखिम हुने भन्दै बस्ने गरेको पाईदैन ।

पाथिभरा मन्दिर मा बर्षमा २ लाख दर्शनार्थीले दर्शन गरे