
पोखरा, वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले जानकारी दिए।
शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाको शनिबार बिहान हृदयघात भएको थियो। त्यसपछि थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएका उनको सोही अस्पतालमा निधन भएको हो । उनी हिजो समेत फिल्मको सुटिङमा थिए।
२७ चैतमा रिलिज हुने ‘नाम नाम सत्य’को सुटिङ सकेर थापा शुक्रबार फर्किएका थिए। तर सोही फिल्मको सुटिङ नसक्दै थापाको निधन भयो। उनी नेपाली फिल्ममा खलनायक दृश्यमा स्थापित कलाकार हुन्। उनी फिल्मी जगतमा राते काइला नामले पनि परिचित छन्।
शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । उनले अभिनय गरेका नेपाली चलचित्रहरु दर्जनौं रहेका छन






