अध्ययन र खोजमूलक पर्यटनको आकर्षक गन्तव्य बन्दै बारपाक

-


     तुलसी राम सुवेदी    
     असार ३० गते २०८२ मा प्रकाशित


तुलसी राम सुवेदी
३० असार, गोरखा

२०७२ सालको विनाशकारी भूकम्पको केन्द्रबिन्दु बनेको गोरखाको बारपाक आज पुनः जीवन खोज्दै अध्ययन र अनुसन्धानमा रुचि राख्ने पर्यटकहरूको लागि गन्तव्य बन्न थालेको छ । दस वर्षअघि गाउँ सखाप बनाउने गरी गएको भूकम्पले बारपाकलाई थला पार्यो, तर अहिले यही गाउँ विकास, सम्भावना र पुनर्निर्माणको नयाँ अध्यायसँग फेरि उठ्दैछ ।
बुद्ध हिमालको काखमा, २,३०० मिटर उचाइमा अवस्थित बारपाक गुरुङ, घले र दलित समुदायको बस्ती हो । भूकम्पले ७२ जनाको ज्यान लिएको बारपाकमा १,४०० घरहरू पूर्ण रूपमा ध्वस्त भएका थिए । अहिले यहाँ आधारभूत पूर्वाधारहरू विस्तार भइरहेका छन् ।
बिकासको क्रम संगै बारपाकसम्म कालोपत्रे सडक पुगेको छ । घरघरै खानेपानीको पहुँच पुगेको छ । गाउँले मुहार फेरेको छ भुकम्पले बनाएको घाउ बिस्तारै सेलाउदै गएको छ । कालोपत्रे सडक, घरघरमा खानेपानी, कंक्रिटका संरचनाले बारपाक बिस्तारै आधुनिक बारपाक बन्न थालेको छ ।
बिनास पछि बिस्तारै बिकासको क्रम बढीरहेको बारपाकमा विकासको यो यात्राले मौलिकता भने गुमाउँदै गएको यहां पुग्ने पर्यटकहरुको गुनासो बढ्दै गएको पाईन्छ ।
ढुंगा र काठले छाएका यहाँका घर भुकम्पले पूर्ण रुपमा क्षति बनाएपछि सरकारले ३ लाखका दरले दिएको अनुदान रकम लिएर बारपाकका स्थानियहरुले आरसिसि वर्णका घर बनाएका छन । अचेल बारपाक कुनै कंक्रिट शहर भन्दा कम देखिदैन ।
२०४८ सालदेखि नै स्थानीय स्तरमा उत्पादित विजुलीले झिलिमिली बनिरहेको होे यो गाउं ।
भूकम्पअघि ढुंगा र काठले बनेका घरहरू अब आरसिसी र कंक्रिटले बनेका छन् । सरकारी पुनर्निर्माण अनुदानले गाउँमा नयाँ संरचना त बने, तर पुरानो शैली, परम्परा र सांस्कृतिक चिनारी हराउँदै गएको छ ।
यहां आगन्तुक पाहुनाहरुको लागि होटल तथा होमस्टेहरु संचालनमा रहेका छन । सिजनका बेला यहां पुग्ने पर्यटकहरुलाई बास पाउन समेत धौधौ हुने गर्दछ ।
सुन्दर गाउं र त्यस ठाउंबाट देखिने प्राकृतीक शौन्दर्यताले यहा आउने जो कोही पनी आनन्दीत नबनीरहन सक्दैनन ।
अध्ययन र खोजमूलक पर्यटनको हिसाबले बारपाक अझै पनि महत्वपूर्ण छ । भूकम्पको केन्द्रबिन्दुका रूपमा यहाँको भूगर्भिक, सामाजिक र वातावरणीय अध्ययनका लागि देश–विदेशका विज्ञ, अनुसन्धानकर्ता तथा विद्यार्थीहरू आउने क्रम बढ्दो रहेको छ । हिमाली सौन्दर्य, ऐतिहासिक पीडा र पुनर्निर्माणको गाथा बोकेको बारपाक अब केवल स्मृतिको गाउँ होइन, सम्भावनाको मैदान बन्ने दिशामा समेत उन्मुख छ ।
बारपाकको नयाँ पहिचान अब भूकम्प मात्र होइन, भविष्य निर्माणको अभियान पनि हो ।