गीताञ्जली साहित्य परिवार पोखराको नियमीत रचना वाचन कार्यक्रम सम्पन्न ।

-


     केन्द्रीय आवाज    
     चैत्र १ गते २०८१ मा प्रकाशित


चैत्र २ गते ,पोखरा,
पोखराको अग्रणी साहित्यीक संस्था गीताञ्जली साहित्य परिवार पोखराको २६७ औं श्रड.खलाको साधना प्रभात एवम नियमित रचना वाचन कार्यक्रम सम्पन्न भएको ।
पोखरा रामघाट स्थित गितामन्दिर परिसरमा रहेको संस्थाको प्राड.गणमा प्रत्येक महिनाको पहिलो शनिवार नियमित रुपमा रचना वाचन तथा साधना प्रभात कार्यक्रम संचालन हुदै आएको छ ।
पोखरेली अग्रज देखि उदयीमान साहित्यकारहरुको साहित्यीक जमघट हुने थलोका रुपमा गीताञ्जली साहित्य परिवार रहेको र प्रत्येक महिनाको पहिलो सनिवार नियमित रुपमा कार्यक्रम आयोजना गर्ने गरिएको हुंदा कार्यक्रममा बाल, नवोदित साहित्यकार देखि बरिष्ठ साहित्यकारहरुको समेत जमघट हुने गरेको छ ।


कार्यक्रममा साहित्यकारहरुले, मानव जीवन, समाज, देशको बर्तमान राजनैतिक अवस्था लगायतका बिषयमा सकरात्मक साथै ब्यड.गात्मक रचनाहरु पस्केर कार्यक्रममा रौनकता थपेका थिए ।
कार्यक्रममा साहित्यकारहरु, धर्मराज पौडेल “अल्पायु”, शंकर ज्ञवाली, नरेन्द्र रानाभाट, ढुण्डीराज ज्ञवाली,बसन्त प्रसाद चालिसे, चन्द्रावती वाग्ले, तुलसी राम सुवेदी, ऋषिकेश बराल, रुद्र बहादुर थापा ,तेज बहादुर गुरुड.,तेज बहादुर गुरुड., गोविन्द प्रसाद पराजुली,बिष्णु प्रसाद पराजुली, हरिचन्द्र आचार्य, ऋषिराम काफ्ले, शिसिर ज्ञवाली, साथै बालसाहित्यकारहरु प्रमिला सुनार, ईडिवा खतिवडा,अन्वेशा ज्ञवाली, लगायतका साहित्यकारहरुले आआफ्नो रचना बाचन गरे ।


साथै कार्यक्रमका प्रभात नायकका रुपमा निर्वतमान अध्यक्ष शिव प्रसाद गौतमले साहित्यक कार्यक्रकोे सारको टिप्पणी सहित आफ्नो रचना समेत प्रस्तुत गरेका थिए ।
संस्थाका बरिष्ठ उपाध्यक्ष धर्मराज पौडेल “अल्पायु” को अध्यक्षतामा संचालित कार्यक्रमको संचालन सचिव नरेन्द्र रानाभाटले गरेका थिए भने कार्यक्रमा स्वागत उपाध्यक्ष शंकर ज्ञवाली,ले गरेका थिए । कार्यक्रममा कास्कीका २० जना सहित्यकारहरुको जमघट रहेको थियो ।