पोखरामा ७६औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइयो

-


     केन्द्रीय आवाज    
     मंसिर २५ गते २०८१ मा प्रकाशित


मंसिर २५पोखरा
पोखरामा ७६औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । मानव अधिकार महाभेला गण्डकी प्रदेश पोखरा, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखरा सम्मिलित मूल समारोह समितिले प्रभातफेरी आयोजना गरेको थियोे ।
मंगलवार बिहान पोखराको चिप्लेढुंगा स्थित मानव अधिकारचोकबाट शुरु भएको प्रभातफेरी ¥याली पोखरा सभागृहमा पुगेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरि समापन भएको थियो । प प्रभातफेरीमा कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको समेत सहभागीता रहेको थियो ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेर डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ ।
गण्डकीमा ‘सामाजिक, आर्थिक र वातावरणीय न्यायको आधारः सिमान्तकृत समुदायको मानव अधिकार’ भन्ने मूल नाराका साथ यस वर्ष अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको हो ।