
५ जेष्ठ,पोखरा
पोखराका फोटो ब्यवसायीहरु द्धारा संचालीत कैलाश बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना शेर सदस्यरुलाई स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।
आन्तरिक पर्यटन पर्वद्र्धनका साथै मानिसमा देखिएका दिर्घकालिन सुगर,ब्लडप्रेसर तथा थाईराईड रोगहरु कसरी लाग्छ र रोकथाप तथा औषधी उपचारका बारेमा के गर्नेर आफु कसरी स्वस्थ्य हुन सकिन्छ भन्ने कुराका बारेमा अन्तरक्रिया सम्पन्न भएको हो ।

कास्की माछापुच्छ्रे्र गाउपालिका ८ स्थित ल्वाङ्ग सामुदायीक होमस्टेमा संचालित कार्यक्रममा पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानका वरिष्ठ मधुमेह,थाईराईड तथा हर्मोन रोग बिशेषज्ञ डा अमृत रिजालले सुगर,ब्लडप्रेसर तथा थाईराईड रोग कसरी लाग्छ र रोग नियन्त्रण तथा उपचार कसरी गर्न सकिन्छ भन्ने बारेमा संचालित स्वास्थ्य सचेतना कार्यक्रमको सहजिकरण गरेका थिए ।
मानव समुदायमा बिशेष गरि खानपानका कारण बिभिन्न किसिमका रोगहरुले आक्रमण गर्ने बताउदै डा रिजालले सन्तुलित आहारबिहार र ब्यायामले नै मानिसको स्वास्थ सन्तुलित राख्न सकिने बताए ।

कुल ७८ जना महिला पुरुष शेयर सदस्यहरुका बिच अन्तरक्रिया सम्पन्न भएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष षडानन्द अधिकारीले गरेका थिए ।
सहकारीकी महिला उपसमिति संयोजक पुर्ण कुमारी थापाले सहकारीका सात सिद्धान्त वाचन सहित कार्यक्रमको सुरुवात गरिएको थियो ।
कार्यक्रमका संयोजक घनश्याम पौडेलले स्वागत सहित कार्यक्रमको औचित्यका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा स्वास्थ्य सचेतना कार्यक्रमका स्थानिय सहजकर्ता तोयानाथ देवकोटा, शिवहरी अधिकारी,रामचन्द्र पोखरेल ,जिवन ढुंगाना, दुर्गा प्रसाद पौडेल,रविनाथ दाहाल ईन्दिरा शर्मा,लगायतले शुभकामना मन्तब्य राखेका थिए भने संस्थाका सचिव बिष्णुहरी अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रम पश्चात स्थानिय कृषकहरुले सामुहिक रुपमा लगाएको चिया बगैचाको अवलोकन समेत गरिएको थियो ।






