सेतीमोदी सहकारीको पश्चिम नेपाल अवलोकन भ्रमण सम्पन्न ।

-


     केन्द्रीय आवाज    
     चैत्र ३ गते २०८० मा प्रकाशित


३ चैत्र
व्यवसायिक र व्यबहारिक कठिनाइहरुलाइ सामुहिक रुपमा समाधान गर्ने उदेश्यले स्थापित पोखरा २ मिरुवा स्थित सेतीमोदी बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुलाई पश्चिम नेपालका बिभिन्न स्थानहरुको अवलोकन भ्रमण सम्पन्न गर्यो ।
सहकार्य , सहकारि शिक्षा सम्वन्धी अध्ययनका लागि विभिन्न ठाउँहरूमा पुग्नु र सहकारी कर्मीहरुको र सहकारीहरूको कार्य हेर्ने बुझ्ने र त्यो सिकाइलाई सहकारीमा लिएर आउने र कार्यान्वयन गर्ने उद्धेश्यले पश्चिम नेपालको अवलोकन भ्रमण आयोजना गरिएको सेतीमोदी बचत तथा ऋण सहकारी संस्थाका सचिव शिबराज अधिकारीले बताए ।


भ्रमण स्याङ्जा ,पाल्पा ,रुपन्देहि कपिलवस्तु, अर्घाखांची, दाङ , वांके, वर्दिया ,कैलालि, कञ्चनपुर , बनबासा धार्चुला, रुपैडिया लगायतका बिभिन्न स्थानका धार्मिक तथा पर्यटकीय गन्तब्यहरुमा पुगेर सम्पन्न भएको अधिकारीले जनाए ।
४ दिने भ्रमणमा ८० जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।