स्याड.जा टक्सार सुवेदी समाज नेपालको साधारण सभा ज्येष्ठ सदस्यलाई सम्मान गर्दै सम्पन्न ।

-


     केन्द्रीय आवाज    
     माघ २७ गते २०८० मा प्रकाशित


२७ माघ, कास्की
पुतलीबजार ६ टक्सार स्याड.जा जन्मस्थान तथा पुरख्यौली घर हुने नेपालभर छरिएर रहेका सुवेदीहरुको संस्था स्याड.जा टक्सार सुवेदी समाज नेपालले आफ्ना ज्येष्ठ सदस्यलाई सम्मान गर्दे संस्थाको छैटौें साधारण सभा सम्पन्न गरयो ।


कार्यक्रममा प्रमुख अतिथि सुवेदी कल्याण प्रतिष्ठान(सुकल्प) नेपालका कुलाधीपती देवी प्रसाद सुवेदीले सुवेदी बन्धुहरुको आत्मीयता र भावनात्मक सम्बन्ध गाढा बनाउन संस्थाको उद्धेश्य अनुरुप समाजका ज्येष्ठ सदस्यहरुको सम्मान सहित उच्च शिक्षा हासिल गर्ने संस्थाका सदस्यहरुको कदर गर्दै गरिएको सम्मान कार्यक्रमले आफु निकै प्रवावित रहेको बताए ।
कार्यक्रममा ७० बर्ष माथिका ज्येष्ठ नागरिकहरु र उच्च शिक्षा ( एमए ) उत्रिर्ण संस्थाका सदस्य तथा परिवारका सदस्यहरु र उच्च पदमा आसिन संस्थाका सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।


कार्यक्रममा संस्थाका सल्लाहाकार तथा स्याड.जा जिल्ला समन्वय समितिका उपप्रमुख खडकराज सुवेदी , सस्थाका सदस्य तथा पृथ्वीनारायण क्याम्पसका उप–प्राध्यापक खिम राज सुवेदी , तारा प्रसाद सुवेदी , लेखनाथ सुवेदी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।


कार्यक्रममा महासचिवको प्रगती प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत सहित अनुमोदन गरिएको थियो ।
संस्थाका अध्यक्ष तुलसी राम सुवेदीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रामचन्द्र सुवेदीले गरेका थिए भने संस्थाका महासचिव भीम प्रसाद सुवेदीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रमा सस्थाका १६ जना आजीवन सदस्यहरुलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।