प्रदेश सरकारबाट प्राप्त गरेको सबै तलब भत्ता सामाजिक कार्यमा — विन्दुकुमार थापा

-


     केन्द्रीय आवाज    
     माघ २७ गते २०८० मा प्रकाशित


२७ माघ, पोखरा ।
गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले प्रदेश सरकारबाट प्राप्त गरेको सबै तलब भत्ता सामाजिक कार्यमा खर्च गरेको बताएका छन् ।
शनिबार पोखरामा पत्रकार सम्मेलनमार्फत आफ्नो एक वर्षे आम्दानी सार्वजनिक गर्दै सबै तलब सामाजिक कार्यमा खर्च गरेको बताएका हुन् ।
सांसद थापाले आफुले एक वर्षमा ८ लाख ९६ हजार रुपैयाँ पारिश्रमिक पाएको र विभिन्न शीर्षकमा गरी ११ लाख १२ हजार रुपैयाँ सामाजिक काममा खर्चिएको बताए ।
उनले आफ्नोअघिल्लो कार्यकालमा पनि सबै पारिश्रमिक सामाजिक कार्यमा खर्च गरेको बताए ।
गण्डकी प्रदेश सरकारको पूर्वकानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री थापाले २०७९ पुस २५ गतेदेखि दोस्रो पटक सांसदको कार्यकाल सम्होलका थिए । उनी नेपाली कांग्रेसबाट कास्की २ ‘२’ मा दोस्रो पटक निर्वाचित भएका हुन् ।