पोखराको ढुडे.ंगासाघुमा भक्तजनहरुको भिड ।

-


     केन्द्रीय आवाज    
     माघ १ गते २०८० मा प्रकाशित


१ माघ, कास्की
आज मकर सङ्क्रान्तीको दिन । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ती भन्ने गरिन्छ ।
कास्कीको पोखरा १७ महतगौडा स्थित ढुंगेसाघुमा आज माघे सक्रान्तीका दिन ठूलै मेला लाग्यो । एका बिहानै देखि भत्तजनहरु मकर स्नानका लागि नजिकै रहेको सिता घाटमा स्नान गर्नका लागि भक्तजनहरुको भिड नै लागेको थियो ।
स्नान पछि तरुल सक्करखण्ड लगायतका फलार खाने र हाटबाट घरमा आवश्यक पर्ने हसिया , कोदालो, नाड.ला जस्ता बस्तुहरु खरिद गर्ने चलन समेत रहेको पाईन्छ ।
यो स्थानमा स्नान गर्नका लागि पोखरा आसपास लगायत स्याड.जा , तनहु , पर्वत , बाग्लुड.बाट समेत भत्तजनहरुको उपस्थिती हुने गर्दछ ।
धार्मिक हिसावमा यो स्थानको निकै महत्वको रहेको पाईन्छ ।
प्राकृतीक दुर्लभ ढुंगासाघु पुल रहेको हुंदा यो स्थानलाई ढुंगेसाघुं भन्ने गरिएको हो ।
पोखराको गहनाकै रुपमा रहेको सेती नदी प्राचिकाल देखि पोखरा १ बगर बाट लुकि रामघाटमा पुन देखिए पछि फेरी जमिन मै लुकेर सिता घाटबाट देखिएको दृष्य धार्मिक तथा पर्यटकीय हिसाव बाट पनि महत्वको रहेको हुंदा यो ढुंगासाघुको झनै महत्व रहेको छ ।