
२८ पौष,पोखरा
पोखरा फोटोग्राफर सघ पोखराको आयोजनामा दुई दिने भिडियो ईडिटिङ तालिम सम्पन्न भयो ! तालिममा पोखरा, म्याग्दी लगायतका फोटोग्राफरहरु को सहभागिता रहेको थियो !
दुई दिने भिडियो ईडिटिङ तालिमको समापनका क्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका आर्थिक बिकास महाशाखा प्रमुख मनोहर कडरियाले प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै कडरियाले ब्यवसायीहरुले तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्नु पर्ने बताउदै यस किसिमका ब्यवसायीक प्रर्वद्धनका कार्यक्रमहरुमा महानगरले सधै साथ दिने बताए ।
पोखरा फोटोग्राफर सघ ले हरेक बर्ष आफ्ना सदस्यहरुको क्षमता अभिबृद्धीका लागि केहि न केहि वर्कसप ,तालिम तथा अवार्ड को आयोजना गरिदै आएको ,पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेलले बताए ।
समय को माग सगै कहिले प्रयोगात्मक फिल्ड भिजिट सहित को कहिले प्रयोगात्मक फोटोग्राफी तालिम त कहिले सैदान्तिक तवर ले आफ्ना सद्स्यहरुलाई अपग्रेड गराउने र पेसा लाई निखार्न र तिखार्ने लक्ष अनुसार यो तालिम को आयोजना गरिएको तालिमका संयोजक तथा सस्थाका उपाध्यक्ष भक्त तमाङले बताए ।

त्यसै गरि पोखरा फोटोग्राफर सघले सिक्ने र सिकाउने कुरामा सबैलाई समान अवसर दिएको महिला उपसमिति संयोजक तथा तालिममा सहभागि फोटोग्राफर रिता पौडेलले बताईन ।
पोखरा महानगरपालिका ब्यबसाय प्रर्बद्धन केन्द्र को प्रर्बद्धन तथा फोटोग्राफर संघ गन्डकी र कैलास बचत तथा ऋण सहकारी सस्था लि.को सहयोगमा सन्चालित तालिम को सहजिकरण नेपाली चलचित्र क्षेत्रका भिजल आर्टिस्ट तथा नेपाल चलचित्र सघ गन्डकीका अध्यक्ष अमन तमाङ ले गरेका थिए ।
कार्यक्रममा तालिम संयोजक तथा सस्थाका उपाध्यक्ष भक्त तमाङ ले स्वागत सहित तालिमको महत्वका बारेमा प्रस्ट पारेका थिए भने प्रशिक्षार्थीको तर्फबाट रिता पौडेल, प्रशिक्षक अमन तमाङ, सस्थाका पुर्ब अध्यक्षहरु तुलसी राम सुबेदी, जयन्द्रकुमार राजभन्डारी, घनश्याम पौडेल, रबिनाथ दाहाल, नि. अध्यक्ष जनकराज तिवारी , संक्षक गणेश छबि, फोटोग्राफर संघ गन्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेल लगायत ले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रम सस्थाकी कोषाध्यक्ष तथा कार्यवाहक सचिब नन्दकला पौडेलले सन्चालन गरेकी थिईन भने कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष रामचन्द्र पोखरेलले गरेका थिए ! तालिममा २० जना फोटोग्राफरहरु को सहभागिता रहेको थियो !






