अर्थतन्त्र

कैलास सहकारी संस्थाले तिज गीत प्रतियोगिता सहित तिज मनायोे ।

पोखरा, १५ भाद्र पोखराका फोटोब्यवसायीहरु द्धारा संचालित कैलास बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना महिला शेयर सदस्यहरु बिचमा तिज गीत प्रतियोगिता सहित तीज पर्व मनाएको छ । आफ्ना महिला शेयर सदस्य र महिला कर्मचारीहरु बिच प्रतियोगितात्मक तीज गीत तथा तृत्य प्रतियोगिता सहित तिज पर्व मनाएको हो । कार्यक्रममा सहकारी संस्थाको बारेमा तिज गीत प्रतियोगिता राखिएको थियो । सो प्रतियोगितामा मञ्जरी सुवेदी प्रथम भएकी थिइन । प्रतियोगितामा ६ जना महिला शेयर सदस्यहरु सहभागि भएका थिए । अन्य सहभागीहरुमा नन्दकला पौडेल,गीता… पुरा पढौ

जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि पुनः सञ्चालनमा

फाईल तस्विर
भदौ १३ गते, पोखराजोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि आजदेखि पुनः सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १७ गतेदेखि स्थगित भएको थियो ।जोमसोम विमानस्थलका प्रमुख केशव लम्सालले दुई महिनापछि समिट एयरलायन्सले आज पाँचवटा उडान भरेको जानकारी दिए । “मौसममा सुधार आएको छ । पर्यटकीय याम सुरु हुन लागेकाले पनि पोखरा–जोमसोम हवाई सेवा पुनः सुरु गरिएको हो,” उनले भने, “निजी क्षेत्रको यति एयरलायन्सको भगिनी कम्पनी तारा… पुरा पढौ

पोखरा फोटोग्राफी अवार्डका उत्कृठ ५ घोषणा ।बाग्लुड.का फोटोग्राफर मुकुन्द शाक्यलाई लाईफटाईम फोटोग्राफी अवार्ड प्रदान गरिने ।

भाद्र १२, पोखरा, पोखरा फोटोग्राफर संघ, पोखरा नेपालद्धारा सञ्चालित पोखरा फोटोग्राफीे अवार्डका बिभिन्न ८ बिधाहरुकोे प्रतियोगितामा ५–५ उत्कृष्ठ घोषणा गरिएको छ । गत श्रावण २ गते देखि प्रतियोगिताको लागि आव्हान गरिएको थियो । ७ बिधामा कुल ५७३ फोटोहरु प्रतिस्प्रर्धामा सहभागी भएका थिए । एक बिधाको बिबाह भिडियो प्रतियोगितामा २० भिडियोहरु प्रतिस्पर्धामा थिए ।प्रतियोगि फोटो तथा भिडियोलाई ५ सदस्यीय निर्णायक समितिले छनौट गरि अर्वाड समितिलाई हस्तान्तरण गरेको र बुधबार एक कार्यक्रमका बिच ५ उत्कृष्ठको नाम सार्वजनिक गरिएको हो ।यसै गरि अशोक… पुरा पढौ

दरखाने पैसाले बालआश्रमलाई सहयोग ।

पोखरा, १२ भाद्र पोखरा फोटोग्राफर संघ, महिला उपसमितिले हरितालिका तीज पर्वको अवसरमा दर खाने पैशाले सत्यशाई बालआश्रम रानीपौवाका आश्रीत बालकहरुलाई खाधान्न सामाग्री हस्तान्तरण गर्यो । तडकभडक रहित तिज मनाउनु पर्छ भन्ने उद्धेश्ले हरेक बर्ष यसै गरि सामाजिक सेवामा सहयोग पुर्याउदै आएको जनाउदै प्रत्येक बर्ष तिजको उपलक्ष्यमा सहयोग कार्य निरन्तर रहेको महिला उप समितिका संयोजक रिता पौडेल ले बताईन ।आश्रममा देशभरका बिभिन्न जिल्लाका १० जना अनाथ बालकहरु आश्रीत छन । बुधबार एक कार्यक्रमका बिच बाल आश्रमका बालकहरुलाई सो सामाग्रीहरु ह्स्तान्तरण गरियो… पुरा पढौ

गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व पदाधिकारीसँग सोधपुछ

भदौ ७ काठमाडौँ सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेसँग सोधपुछ गरेको छ ।समितिको आज बसेको बैठकमा समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नका रुपमा आरोपितमध्ये पूर्वउपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग सोधपुछ गरिएको समिति सभापति सूर्य थापाले जानकारी दिएका छन् । समिति सचिव बविता मिश्रका अनुसार आजै गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक छविलाल जोशीसँग पनि सोधपुछ गरिएको थियो ।समितिले… पुरा पढौ

बहुवर्षीय ठेक्का लगाएको योजना नै बजेटविहीन

भदौ ७ गते पोखरागण्डकी प्रदेश सरकारले मुस्ताङमा स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का लगाएको योजना नै वार्षिक कार्यक्रमबाट हटाइएपछि समस्या भएको छ ।भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको सिफारिसमा आर्थिक मामिला मन्त्रालयले स्रोत सुनिश्चितता र स्वीकृति दिएर बहुवर्षीय ठेक्का सम्झौता भएको योजना सम्पन्न नहुँदै चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा समावेश नगरेकाले समस्या भएको हो ।मुस्ताङको पूर्वाधार विकास कार्यालयले ठेक्का लगाएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को समर–घ्याकर–ढुम्बाक कृषि सडक आयोजनालाई गण्डकी प्रदेश सरकारको चालु आवको वार्षिक योजनाबाट हटाएकाले काम सम्पन्न गरेका निर्माण… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लिइएको ऋण अनुदानमा बदल्न आग्रह

भाद्र ६,पोखरासरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले सो पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनलाई हस्तान्तरण गरेका हुन् । पत्र हस्तान्तरण गर्नुअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै… पुरा पढौ

दुई महिनामा मनसुनजन्य विपदका घटनाबाट अहिलेसम्म १९३ जनाले ज्यान गुमाए ।

भदौ ६, काठमाड.डौ नेपालमा मनसुन भित्रिए यता दुई महिनामा मनसुनजन्य विपदका घटनाबाट अहिलेसम्म १९३ जनाले ज्यान गुमाए । बिहीबार बिहान ८ बजेसम्मको विवरणअनुसार अविरल वर्षा, पहिरो, चट्याङ तथा बाढीका कारण १९३ जनाको मृत्यु भएको छ । यो विवरण नेपालमा मनसुन भित्रिएको समय अर्थात् गत जेठ २८ गते यताको हो । बाढीकै कारणले मात्रै ५० जनाले, पहिरोले २२ जनाले, अविरल वर्षाका कारण एक जना र चट्याङले लागेर १५ जनाको मृत्यु भएको हो ।यसरी ज्यान गुमाउनेहरूमा सबैभन्दा धेरै पुरूष रहेका छन् ।… पुरा पढौ

नियमविपरीत नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई १६ लाख जरिवाना

भदौ ६ बागलुङनियमविपरीत उत्खनन गरी नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई जिल्ला समन्वय समितिले स्थानीय तहको सहयोगमा कारबाही थालेको छ । बागलुङ नगरपालिकाले कालाखोला बगर, भाटेखोला बगर, दब्ल्याङ बगर, खनियाघाटलगायत बगरबाट अवैध रूपमा उत्खननन गरी बालुवा तथा ढुङ्गा सङ्कलन गर्नेलाई कारबाही गर्न थालेको छ । नगरपालिकाले जरिवानास्वरुप क्रसर व्यवसायी तथा नदीजन्य पदार्थको अवैध दोहन गर्नेबाट रु १६ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ ।असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था तथा कालीगण्डकी नदीमा नदीजन्य पदार्थको ठेक्का लगाउन नपाइने… पुरा पढौ

अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता

श्रावण २८ ,दकाठमाडौँउपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।अर्थ मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच आर्थिक तथा विकास सहायता, चालू आयोजनाको तीव्रता, दुई देशबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको थियो । भारतीय विदेश सचिव मिस्री दुई दिने भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुगेका थिए । उनले राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार नै शिष्टाचार भेटवार्ता गरेका छन् । पुरा पढौ