अर्थतन्त्र

ऊर्जामन्त्री खड्कासँग नेपालका लागि बङ्गलादेशका राजदूत चौधरीको भेट

भदौ ३० काठमाडौँऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले आज शिष्टाचार भेट गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नेपाल र बङ्गलादेशबीचका ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको मन्त्री खड्कको सचिवालयले जनाएको छ । भेटमा ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको र बङ्गलादेशमा बढ्दो ऊर्जा आवश्यकता रहकोले दुई देशबीचको ऊर्जा सहकार्यलाई अझ गहिरो बनाउन यस भेटले सहयोग पुगेको बताए ।उनले आगामी दिनमा हुन लागेको दुई देशका सचिव तथा सहसचिवस्तरीय बैठकमा… पुरा पढौ

पोखरा फोटोग्राफर संघको अध्यक्षमा तामाड.पोखरा फोटोग्राफी अवार्ड बितरण ।

भाद्र ३०, पोखरा, पोखराको पुरानो ब्यवसायीक संस्था पोखरा फोटोग्राफर संघको ४३ औ साधारण सभा तथा अधिवेशन सम्पन्न भयो । उक्त अबिधेसनबाट भक्त तामाड. अध्यक्षमा सर्वसम्मत निर्वाचित भए । पोखरा फोटोग्राफर संघ, पोखरा नेपालद्धारा सञ्चालित पोखरा फोटोग्राफीे अवार्ड को पुरस्कार बितरण गरियो । पोखरा फोटोग्राफीे अवार्ड अन्र्तगतको लाईफटाईम फोटोग्राफी अवार्ड बाग्लुड.का फोटोग्राफर मुकुन्द शाक्यलाई प्रदान गरियो ।गण्डकी प्रदेशका प्रदेश प्रमुख माननिय डिल्लीराज भट्टले सम्मानित ब्यक्ति मुकुन्द शाक्यलाई दोसल्ला सम्मानपत्र र नगद प्रदान गरि सम्मान गर्नुभएको थियो ।सम्मानित ब्यक्तिलाई सम्मान पश्चात शुभकामना… पुरा पढौ

कैलाश मानसरोवरको सहज यात्राका लागि महाकाली करिडोर बन्दै ।

भाद्र २३ गते ,दोधारा चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेशको समृद्धिको आधार मानिएको महाकाली करिडोर कञ्चनपुरको ब्रह्मदेवदेखि बैतडीको झुलाघाट हुँदै दार्चुलाको टिङ्करसम्म पुग्छ । कुल ४२५ किलोमिटर लम्बाइको यो सडकले कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्छ ।यो सडक निर्माणपछि उक्त क्षेत्रमा बसोबास गर्ने करिब आठ लाख जनता प्रत्यक्ष लाभान्वित हुनेछन् । करिडोर निर्माणपछि चीनमा रहेको कैलाश मानसरोवर यात्रा सहज हुने अपेक्षा गरिइएको छ । महकाली करिडोरको ‘जिरो प्वाइन्ट’ मानिएको कञ्चनपुरको ब्रह्मदेवस्थित सिद्धवैजनाथ हुँदै कैलाश मानसरोवरसम्म पुग्नका लागि यो सबैभन्दा छोटो… पुरा पढौ

चाडपर्व लक्षित सडक दुर्घटना न्यूनीकरणमा जोड

भाद्र २३ काठमाडौँ, दसैँ, तिहारजस्ता चाडपर्वमा हुनसक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोड दिएको छ । चाडपर्वका समयमा काठमाडौँबाट बाहिरिने यात्रुको घुइँचो अत्यधिक हुने र उक्त समयमा दुर्घटनाको जोखिम पनि उच्च हुने भएकाले त्यसको नियन्त्रण गर्न मन्त्रालयले अग्रसरता लिएको हो ।आज मन्त्रालयमा आयोजित सरोकार भएका निकायबीचको छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चाडपर्व सुरु हुनुअघि सडकका खाल्डाखुल्टी तत्काल पुरिसक्न निर्देशन दिए । जोखिम रहेका स्थानमा सडक सुरक्षाका पूर्वाधार निर्माण र मर्मत गर्न निर्देशन… पुरा पढौ

आज ऋषिपञ्चमी पर्व मनाइँदै

भाद्र २३ गते ,पोखराऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग… पुरा पढौ

फोटोग्राफर संघ गण्डकीले जिल्ला जिल्लामा कल्याणकारीकोष घोषणा सहित आफ्नो स्थापना दिवस मनायो ।

२१ भाद्र, पोखरागण्डकी प्रदेश भरीका फोटोग्राफरहरुको अविभावक संस्था को रुपमा रहेको फोटोग्राफर संघ गण्डकीले भाद्र २० गते आफ्नो छैटौ स्थापना दिवस गण्डकी प्रदेशका बिभिन्न जिल्लाहरुमा बिभिन्न कार्यक्रम सहित सम्पन्न गरेको छ । कार्यक्रम बिभिन्न जिल्ला संघहरुले आआफ्नो जिल्लामा फोटोग्राफी कल्याणकारी कोष घोषणा गदै आफ्नो स्थापना दिवस मनायो ।पोखरामा पोखरा फोटोग्राफर संघ पोखराको सहआयोजनामा पोखराको मानवअधिकार चोकमा द्धिप प्रज्वलन सहित कल्याणकारी कोषका लागि रकम घोषणा सहित स्थापना दिवश मनाएका थिए । कार्यक्रमको सुरुवात मै फोटोग्राफर संघ गण्डकीको संक्षिप्त अग्रेजी नाम जि.पि.ए.… पुरा पढौ

पर्यटन क्षेत्रका समस्याबारे पर्यटन मन्त्रीको ध्यानाकर्षण

भाद्र २० ,पोखरापोखरा पर्यटन परिषद्ले पर्यटन क्षेत्रका समसामयिक समस्याका सम्बन्धमा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रीलाई ध्यानाकर्षण गराएको छ । प्रदेशका नवनियुक्त मन्त्री मित्रलाल बस्याललाई परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको टोलीले बिहीबार मन्त्रालयमा एक समारोहकाबीच बधाई तथा शुभकामना व्यक्त गर्दै विद्यमान समसामयिक समस्याबारे ध्यानाकर्षण गराएको हो । मुलुकको अर्थतन्त्रले अपेक्षित सकारात्मक गति लिन नसक्दा त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको परिषद्ले जनाएको छ ।बढ्दो महँगी, दक्षजनशक्ति पलायन, करको वृद्धि, बैंकको अस्थिर ब्याजदर, झन्झटिलो दर्ता नवीकरण प्रक्रियालगायत कारण व्यवसायी विस्थापित हुनुपर्ने… पुरा पढौ

आठ महिनामा भित्रिए सात लाखभन्दा बढी पर्यटक

फाईल तस्विर
भदौ २० गते पोखरासन २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्त महिनासम्म सात लाख २० हजार तीन सय ३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । बोर्डकानुसार अगस्तमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । सो महिनामा मात्र ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् ।सन् २०२३ को अगस्तको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ बढी पर्यटक नेपाल भित्रिएका… पुरा पढौ

जीवी राई खोज्न मलेसिया पुगेको प्रहरी टोली फर्कियो

भदौ २० गते काठमाडौं, सहकारी ठगी प्रकरणमा फरार रहेका गीतेन्द्रबाबु उर्फ जीबी राई खोज्न मलेसिया पुगेको नेपाल प्रहरीको टोली खाली हात फर्किएको छ । नेपाल प्रहरीका एसपी र सईले एक सातासम्म मलेसियामा जीबीलाई खोजे पनि फेला नगरेपछि खाली हात फर्किएको बताइएको छ । पटक–पटक प्रयास गर्दा पनि मलेसिया सरकारले जीबीलाई नेपाल फिर्ता गर्न नमानेपछि प्रहरी टोली मलेसिया गएको हो ।‘जीबी मलेसियामा रहेको जानकारी पाएपछि परराष्ट्र मन्त्रालयको समन्वयमा प्रहरीको टोली पठाइएको थियो । जिबीबारे केही पत्तो नलागेन । उहाँहरु हिजो (बुधबार)… पुरा पढौ

शिक्षामा सुधार ल्याउन तिनै तहको सरकार एक हुनुपर्छ ः मन्त्री थापा

भाद्र १८ पोखरागण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तिनै तहको सरकार एक हुनुपर्ने बताएका छन् ।मन्त्रालयले मंगलबार तनहुँ आँबुखैरेनीमा आयोजना गरेको वार्षिक विकास अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले प्रदेश सरकार संस्कार सिकाउने शिक्षामा समेत केन्द्रित रहेको जानकारी दिए ।उनले प्रदेशमा भएका विभिन्न जातजातिको भाषालाई संरक्षण गर्न मातृभाषा शिक्षालाई समेत प्राथामिकता राखेको उल्लेख गरे ।“हामी नैतिक शिक्षालाई आत्मसात् गर्दै अघि बढिरहेका छौँ, शिक्षामा आमूल परिवर्तन ल्याउनका लागि तिनै तहको सरकार एक भएर लाग्नुपर्ने… पुरा पढौ