अर्थतन्त्र

सडक विस्तारले दमौलीमा गति लिँदैछ

२०८१ कार्तिक १२ गते तनहुँ,निर्माणाधीन मुग्लिन पोखरा सडक योजना अन्तर्गतको सडक विस्तारले तनहुँ सदरमुकाम दमौलीमा गति लिएको छ । अन्य ठाउँमा कामले गति लिइसक्दा पनि दमौली बजारमा काम हुन सकिरहेको थिएन ।दमौली बजारमा डिजाइन सेन्टरबाट २३र२३ मिटरलाई आधार मानेर सडक विस्तार सुरु भएको मुग्लिन पोखरा सडक योजना ९पूर्वी खण्ड० का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार दमौली बजार खण्डमा नाला निर्माण भइरहेको छ । पाण्डेले भने, “केही समय पहिला बिजुलीको नयाँ पोलहरु गाडीएको छ । बिजुलीको पोललाई आधार… पुरा पढौ

लामिछाने अझै सात दिन कास्की प्रहरी हिरासतमा रहने ।

कार्तिक ८ पोखरासहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई दोस्रो पटक सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।बिहीबार जिल्ला अदालत कास्कीले लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । गत शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई गत आइतबार अदालतले छ दिनसम्म हिरासतमा राख्न अनुमति दिएको थियो । उक्त म्याद आज गुज्रिँदै थियो… पुरा पढौ

सहकारी ठगि प्रकरणमा ६०० बढीलाई कारबाही, झन्डै ६०० जेलमा, लामिछानेको म्याद थप्ने तयारी

फाईल तस्बिर ,केपी शर्मा ओली
कार्तिक ७ काठमाडौँसहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा हालसम्म ६ सय भन्दा बढीलाई कारबाही गरिएको र ५ सय ७५ भन्दा बढी जेलमा रहेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जानकारी अनुसार सहकारी ठगीमा हालसम्म ६ सय जनाभन्दा बढीलाई कानुनी कारबाही गरिसकिएको छ भने पाँच सय ७५ जनाभन्दा बढी अहिले पनि जेलमै रहेका छन । सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरु माथि सरकारले कानुनी कारवाही सुरु गरेको प्रम ओलीको भनाई रहेको छ ।ओली नेतृत्वको सरकार गठन भएको… पुरा पढौ

रास्वपाका नेताहरुले सहकारी पीडित बचतकर्तालाई भड्काएको सहकारी पिडित संघर्ष समितिको आरोप ।

कार्तिक ७ पोखरासूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा सहकारी बचत पीडित संघ कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू घरघरमा पुगेर सहकारी पीडितलाई भड्काउने काम गरेको भन्दै आपत्ति जनाएको छ । बुधबार विज्ञप्ति प्रकाशित गरी सहकारी पिडित संघर्ष समितिले यस्तो आपत्ति जनाएको हो । समितिले बचत फिर्ताको माग गर्दै बिहीबार बिहान ११ बजे पोखराको मुस्ताङचोकमा बृहत प्रदर्शन गर्ने जनाएको छ । समितिद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बचाउ… पुरा पढौ

उच्च अदालतले रोकिदियो शहीदचोकमा पेट्रलपम्प निर्माण

कार्तिक ६, पोखरा उच्च अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मेरिना श्रेष्ठको संयुक्त इजलासले शहीदचोकमा निमार्णाधीन पेट्रलपम्पको निर्माणको काम रोक्न अन्तरिम आदेश दिएको हो ।अदालतको आदेशमा भनिएको छ, ‘सुविधा र सन्तुलनको दृष्टिकोणबाट प्रस्तुत मुद्दाको अन्तिम टुंगा नलाग्दासम्म निवेदनमा उल्लेखित पेट्रोलपम्प निर्माणको कार्य यथास्थितिमा राखी उक्त निर्माण कार्य तत्काल अगाडि नबढाउनू, अगाडि बढ्न नलगाउनू ।’पोखरा सहिदचोकमा नेपाल प्रहरीले निर्माण थालेको पेट्रोलपम्प निर्माणको काम अदालतले रोकेको छ । मंगलबार निर्माण रोक्न अन्तरिम आदेश दिएको हो ।नागरिक समाज पोखराका पूर्वसंयोजक रामबहादुर… पुरा पढौ

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

कार्तिक ४ पोखरापूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । सहकारी ठगी प्रकरणमा शुक्रबार साँझ पक्राउ परेका लामिछानेलाई आज अदालतमा उपस्थित गराइएकामा अदालतले ६ म्याद थपिदिएको हो ।कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा बहस भएर म्याथ थप भएको हो ।उनलाई आज दिउँसो १ः३० बजे अदालत पुर्याइएको थियो । अदालत जाने सिधा बाटोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सहकारी पीडितले प्रदर्शन गरेपछि उनलाई घुमाउरो बाटो लेकसाइड घुमाएर अदालत पुर्याइएको थियो… पुरा पढौ

केपी ओली मात्तियो, गगन थापा तिमी पनि नाङ्गियौ ः प्रवक्ता झा

कार्तिक ३ पोखराराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एबं पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा पोखरामा बृहद प्रदर्शन भएको छ ।लामिछाने पक्राउको बिरोधमा संवोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले आफूहरु देश परिवर्तन गर्न आएको भन्दै चुप लागेर नबस्ने बताएका छन् । देश परिवर्तनका लागि केही नेता गोलीदेखि डराएनन् भने आफूहरु केही चम्चाको गाली देखि नडराउने बताए । सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा भएको प्रदर्शनलाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् ।पोखरा र काठमाडौँमा केपी ओली… पुरा पढौ

रवि लामिछानेलाई स्थलमार्गबाटै पोखरा ल्याइने

कार्तिक २ पोखरासहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई स्थलमार्गबाटै कास्कीको पोखरा ल्याइने भएको छ ।उनलाई गाडीबाटै पोखरा ल्याउन लागिएको प्रहरी स्रोतले जनाएको छ । लामिछानेकै इच्छा अनुसार प्रहरीले लामिछानेलाई स्थलमार्गबाट कास्की ल्याउन लागेको जानाकारी गराईएको छ ।गत असोज ६ गते पक्राउ परेका पूर्व डीआइजी छविलाल जोशीलाई भने प्रहरीले जहाजमार्फत पोखरा ल्याएको थियो । जोशीलाई तेस्रोपटक आज २० दिन म्याद थप भएको छ । अब जोशी र लामिछाने माथि सँगसँगै अनुसन्धान अघि बढाउने कास्की प्रहरीको तयारी… पुरा पढौ

बुद्ध एयरको ‘माउन्टेन फ्लाईट’ मा प्राविधिक समस्या देखिएपछि सुरक्षित अवतरण

काठमाडौ १ कात्तिकबुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाईट) मा गएको ‘नाईन एन एजेएस’ कलसाईन विमानमा प्राविधिक समस्या देखिएको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार विमानमा प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर सुरक्षित अवतरण गरिएको छ ।अहिले उक्त विमानको प्राविधिक टोलीले जाँच गरिरहेको छ । “माउन्टेन फ्लाइटमा गएको विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई सुरक्षित अवतरण गरेर अहिले प्राविधिक मर्मत भइरहेको छ”, उनले भने, “आज मौसम बिग्रिएर हिमाल नदेखिएकाले कुनै पनि माउन्टेन फ्लाइट भएनन् ।”‘आज विहान माउन्टेन फ्लाईट,… पुरा पढौ

सञ्चारिका पत्रकारिता पुरस्कार दुर्गा र बर्षालाई प्रदान गरिने

आश्विन २९ पोखरासञ्चारिका समूह गण्डकी प्रदेशले प्रदान गर्दै आएको सञ्चारिका पत्रकारिता पुरस्कार संस्थाका संस्थापक अध्यक्ष दुर्गा भण्डारी र पूर्व अध्यक्ष जमुना वर्षा शर्मालाई प्रदान गरिने भएको छ ।सञ्चारिका पत्रकारिता पुरस्कार–२०७९ बाट भण्डारी र २०८१ बाट शर्मालाई पुरस्कृत गरिने भएको हो ।नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्की संयोजक, वरिष्ठ सञ्चारकर्मी शान्ति गुरुङ र सञ्चारिकाका पूर्व अध्यक्ष सुष्मा पौडेल सदस्य रहेको छनोट समितिले भण्डारी र शर्मालाई पुरस्कृत गर्न सिफारिस गरेको हो । विसं २०५३ देखि जनआस्था साप्ताहिकबाट पत्रकारिता सुरु गरेकी… पुरा पढौ