अर्थतन्त्र

पेट्रोलको मुल्य बढ्यो

२०८१ मंसिर १५,पोखरानेपाल आयल निगमले पेट्रोलको मुल्य बढाएको छ । इन्डियन आयल कर्पोरेशनबाट आएको नयाँ दरअनुसार निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलोलिटर १५ अमेरिकी डलर बढाएको छ । पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।साथै एलपीजी ग्यास प्रतिसिलिन्डर १४ रुपैयाँ ४९ पैसाले बढेर आए पनि उपभोक्ताको हितका लागि भन्दै पुरानै दर राखिएको छ ।त्यस्तै मट्टितेलको भाउ पनि १ रुपैयाँ ७४ पैसा बढेर… पुरा पढौ

गण्डकीका प्रेस रजिष्ट्रार भण्डारीलाई ‘नेशनल सोसल चेञ्जमेकर अवार्ड’

२०८१ मंसिर १५ पोखरागण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले ‘नेशनल सोसल चेञ्जमेकर अवार्ड’ प्राप्त गरेकी थिइन् । नेपाल युवा परिषद्ले भण्डारीलाई अवार्ड प्रदान गरेको हो । गण्डकी प्रदेशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिका रुपमा भण्डारीलाई सम्मान गरिएको बताइएको छ । भण्डारीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अवार्ड प्रदान गरेका हुन् ।सो अवसरमा मुख्यमन्त्रीले समाज परिवर्तनका लागि क्षमतावान युवा सिस्टमबाट आएमा आफूले सहयोग गर्ने बताए । उनले यस्ता सम्मानले युवालाई प्रोत्साहन थप्ने बताए । महिला अधिकार, मानव… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार प्रयासरत ः उपप्रधानमन्त्री सिंह

२०८१ मंसिर १५ पोखराउपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार प्रयासरत रहेको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटमा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । अर्काे प्रसंगमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत अनुदान नै उपयुक्त हुने विचार व्यक्त गरे । बिआरआई परियोजनाअन्तर्गत सडक, सुरुङलगायत भौतिक पूर्वाधारका क्षेत्र छनोट गरिनुपर्नेमा जोड दिए । वर्तमान आर्थिक अवस्थाका कारण ऋणका लागि ऋण लिनु उपयुक्त नहुने देखिएको भन्दै उनले परियोजना सम्पन्न… पुरा पढौ

पोखरा खानेपानी सुधार आयोजना हस्तान्तरण

मंसिर १५ पोखराजापान सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको पोखरा खानेपानी सुधार आयोजना नेपाल–जापानले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) की प्रतिनिधि तानाको तोमोले नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवलाई आयोजना हस्तान्तरण गरेका हुन् ।परियोजनाका लागि जाइकाले चार अर्ब ८१ करोड ३० लाख रुपैयाँ जापानी येन अनुदान सहायता प्रदान गरेको थियो ।कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायत २५ जना व्यक्ति तथा संस्थालाई आयोजना निर्माणका क्रममा पु¥याएको योगदानको कदर गर्दै सम्मान समेत गरिएको छ ।जापान अन्तर्राष्ट्रिय… पुरा पढौ

दिल्लीबाट पोखरा विमानस्थलमा पहिलो चार्टर्ड उडान हुँदै

१३ मंसिर पोखरासञ्चालन भएको करिब २ वर्षमा छिमेकी देश भारतबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक आज चार्टर्ड उडान हुँदैछ । पोखरा विमानस्थलका सूचना अधिकारी जशोदा सुवेदीका अनुसार दिल्लीबाट आज जेल एयरको बिमान पोखरा आउन लागेको हो ।पाइभेट सिंगल इन्जिन जेट बिमान आज साँझ ६ बजे पोखरा विमनस्थलमा अवतरणको तालिका छ । चार यात्रु लिएर आउने बिमान भोलि बिहान पोखराबाट बंगालादेशका लागि उडाउने सुवेदीले बताइन्। दुई वर्षको अवधिमा आजसहित ९ वटा अन्तर्राष्ट्रिय उडान हुने भएका छन् । आगामी डिसेम्बर २६ मा… पुरा पढौ

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

मङ्सिर ९ गते सुनसरी भारतमा उत्पादित तरकारी नेपाली बजारमा सस्तोमा बिक्री हुने गरेका कारण स्थानीय किसानले तरकारीको उचित मूल्य पाउन सकेका छैनन् । नेपालमा उत्पादन लागत बढी लाग्ने गरेका कारण तरकारीको मूल्य भारतीय तरकारीभन्दा महँगो पर्छ । भारतमा सस्तोमा बीउ तथा मलखाद पाउने भएकाले उत्पादन लागत कम हुँदा त्यहाँबाट आउने तरकारी सस्तोमा बिक्री हुने गरेको स्थानीय किसान गुलाबचन मेहताले बताए ।“नेपालमा मलखाद, बीउबिजनदेखि सिँचाइसम्म महँगो पर्ने भएकाले भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न सकिएको छैन”, उनले भने ।इनरुवा–४ का रामदेव मेहताले दैनिकरूपमा… पुरा पढौ

फोटोग्राफर संघ गण्डकीको फोटोग्राफी प्रतियोगिता सम्पन्न , पोखराका फोटोग्राफर प्रदिप श्रेष्ठको तस्बिर बन्यो यस बर्षको सर्वोकृष्ठ तस्बिर ।

गण्डकी प्रदेशका फोटोग्राफर संघको अविभावक संस्था को रुपमा रहेको फोटोग्राफर संघ गण्डकीले आफ्नो चौथोे साधारण सभा तथा अधिवेशनलाई फोटोग्राफी प्रतियोगिता २०८१ को पुरस्कार बितरण गर्दै सम्पन्न गरेको छ । ११ सय तस्विरलाई उछिन्दै पोखराका युवा फोटोग्राफर प्रदिप श्रेष्ठको तस्बिर सर्वोकृष्ठ तस्बिर बन्यो ।मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगिता र नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगिता गरि २ बिधामा २ सय जना फोटोग्राफरहरुका १ हजार १ सय तस्बिरहरु सहभागि थिए । सर्वोत्कृष्ट फोटोग्राफरलाई रु १५ हजार ५ सय ५५ नगद सहित ट्रफी र प्रमाणपत्र… पुरा पढौ

‘लेक टु लेक साइकल ट्र्याक’ को गुरुयोजनाका लागि छलफल

कार्तिक २९ पोखरापोखरा महानगरपालिकाभित्रका तालहरुलाई जोड्ने गरी निर्माण गर्न लागिएको ‘लेक टु लेक साइकल ट्र्याक’को गुरुयोजनाका लागि छलफल गरिएको छ । विकास साझेदार एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्र्याकको रुटका विषयमा सरोकारवालासँग छलफल गरिएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ८५ किमी लम्बाइको लेक टु लेक जोड्ने साइकल ट्र्याक पोखराका लागि महत्त्वपूर्ण पर्यटकीय पूर्वाधार बन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यसले संसार भरीका साइकल प्रेमीलाई पोखरामा आकर्षण गर्नेछ, पर्यटकलाई हिमाल हेर्दै तालको किनारमा गरिने साइक्लिङको… पुरा पढौ

नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो

कार्तिक २९ पोखराप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताएका छन् ।प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सांसद, जनप्रतिनिधिलगायतसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र काम सुरु नभएमा बाध्यतावश ठेक्का तोड्नुको विकल्प नहुने बताए ।विश्वसनीयरुपमा काम गर्छ भने जिम्मेवारी लिएको निर्माण कम्पनीलाई काम लगाउन उचित हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले काम गर्ने जिम्मा… पुरा पढौ

साढे पाँच किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनजना पक्राउ

२०८१ कार्तिक २१ गते काठमाडौंपाँच किलो सुन सहित तीनजना विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट पक्राउ परेका छन् । हिजो साँझ उनीहरु एयर अरेबियाको उडानबाट काठमाडौं आएका थिए ।उनीहरु एयर अरेबियाको उडान नं. जी ९५३० मा शारजाहबाट काठमाडौं आएका थिए । उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक( पुनः जाँच ) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पिकरमा लुकाइराखेको अवस्थामा सुनसहित पक्राउ परेका हुन् ।पक्राउ पर्नेहरुमा चिनियाँ र म्यानमारका नागरिक हुन् । शारजाहबाट उनीहरुले स्पिकरमा सुन लुकाएर ल्याएको पाइएको छ ।उनीहरुलाई… पुरा पढौ