अर्थतन्त्र

२० औं लेखनाथ महोत्सव सुरु

लेखनाथ, १८ पुस‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ गत बर्ष झै यस बर्ष पनि २० औं संस्करणको लेखनाथ महोत्सव आज देखि सुरु भएको छ ।लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएकोे महोत्सवको आज एक समारोहका विच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घघाटन गरे । उद्धघाटन पश्चात शुभकामना मन्तब्य राख्दै मुख्यमन्त्री पाण्डेल पोखरा र आसपासका क्षेत्रमा भईरहेका यस किसिमका महोत्सवहरुले आन्तरिक मात्र नभई बह्य पर्यटकहरु समेत पोखरामा भित्रयाउन सहयोग… पुरा पढौ

२० औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

लेखनाथ, १५ पुस ।लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गरेको २० औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको ९५ प्रतिशत तयारी पुरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत… पुरा पढौ

पोखराको फेवातालमा ‘दोस्रो ड्रागन बोट रेस फेष्टिभल’ शुरु

पौष १४ पोखरापोखराको फेवातालमा ‘दोस्रो ड्रागन बोट रेस फेष्टिभल’ शुरु भएको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सो फेष्टिभल शुरु भएको हो ।सो फेस्टिभलमा नेपालसहित चीन र सिङ्गापुरका २० टोली सहभागी रहेका छन् । प्रतियोगितामा सहभागिताका लागि चीनको छेन्दुबाट विमान चार्टर गरी एक सय २९ जना खेलाडी यही पुस ११ गते पोखरा आइसकेका छन् । प्रतियोगितामा चीनको आठ, सिङ्गापुरको एक र बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी हुने जनाइएको… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय बेलनु महोत्सव सुरु ।

९ पौष कास्की अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर पोखरामा आज देखि अन्तर्राष्ट्रिय बेलनु महोत्सव सुरु भएको छ । पोखरालाई साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रबर्द्धन गर्ने उद्वेश्य सहित पोखरा पर्यटन परिषद् र बेलुन नेपाल प्रा.लि.को संयुक्त आयोजनामा यो महोत्सवको आयोजना गरिएको हो ।कार्यक्रमको उद्धघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ले गरेका थिए । उद्धघाटन पश्चात कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस किसिमका महोत्सवले आन्तरिक मात्र नभई वाह्य पर्यटकलाई समेत आकर्षित गर्ने बताए । साथै उनले महोत्सवले पोखरा मात्र नभई समग्र नेपालको… पुरा पढौ

वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारी आयातमा कमी

पौष ९ वीरगञ्जवीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको पाँच महिनामा रु ९२ करोड तीन लाख ३६ हजार मूल्य पर्ने चार सय ८२ जीप, कार र भ्यान आयात भएको जनाईएको छ ।गत आवको पाँच महिनाका तुलनामा चालु आवको सोही अवधिमा सख्याको आधारमा ३८ दशमलव १३ प्रतिशत र राजस्वको आधारमा १६ दशमलव ४३ प्रतिशतले सवारीसाधनको आयात घटेको हो ।जबकि गत आवको सोही अवधिमा भने रु एक अर्ब… पुरा पढौ

कैलाश सहकारी संस्थाको अधिवेशन सम्पन्न अध्यक्षमा पुनःअधिकारी निर्बिरोध निर्वाचित ।

पोखरा,७ पुषपोखराका फोटोब्यवसायीहरु द्धारा संचालित कैलाश बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन सम्पन्न भयो । सञ्चालक समिति अध्यक्षमा खडानन्द अधिकारी पुनः दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन ।सनिवार सम्पन्न संस्थाको १३ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले अधिकारीको नेतृत्वमा ३ वर्षको लागि नयाँ सञ्चालक समिति सर्व सम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा विनोदराज ढकाल, सचिवमा विष्णुहरी अधिकारी, कोषाध्यक्षमा नविन ढुंगाना रहेका छन भने सदस्यहरुमा घनश्याम पौडेल, ज्ञानेन्द्र पौडेल,प्रदिप नापित,पूर्ण कुमारी थापा,कपिल सापकोटा… पुरा पढौ

लेखनाथ महोत्सवका ७५ प्रतिशत स्टल बुकिङ

लेखनाथ, ३ पुसलेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गरेको २०औं संस्करणको लेखनाथ महोत्सवका लागी हालसम्म ७५ प्रतिशत स्टल बुकिङ भएका छन ।महोत्सवमा रहने तिन सय ३६ वटा स्टल मध्ये दुई सय ५५ वटा स्टल बुकिङ भएको स्टल निर्माण तथा व्यवस्थापन समितिका संयोजक भरत थापाले जानकारी दिए ।पहिलो चरणमा संघका सदस्यहरुका लागि लक्षित गरि मंसिर १७ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको थियो भने अन्य व्यवसायीहरुका लागि समेत स्टल बुकिङ खुल्ला गरिएको थिए ।यस… पुरा पढौ

पछाडि परेका समुदायलाई शिक्षा र रोजगारी दिएर अगाडि ल्याइनेछ ः प्रधानमन्त्री ओली

मङ्सिर २४ गतेप्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताएका छन् । झापाको गौरादहमा आज आयोजित ताजपुरिया समाज कल्याण परिषद्को २९औँ स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि पारिएको जनता लक्षित साना–साना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्दै उद्यमी बनाउने बाटोमा सरकारले काम गर्ने बताए ।प्रधानमन्त्री ओलीले आफ्नो समाजको कला, संस्कृति र परम्परालाई समसामयिक एवं आधुनिक सोचका साथ निरन्तरता दिन आग्रह गर्दै ताजपुरिया समुदायको मागलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त… पुरा पढौ

वडा प्रहरी कार्यालय बैदामको नयाँ भवन शुभारम्भ

मंसिर २१,पोखरावडा प्रहरी कार्यालय बैदाम कास्कीको नवनिर्मित भवनको बिहीबार उद्घाटन सम्पन्न गरिएको छ । प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुवँरले एक कार्यक्रममा सो भवन उद्घटन गरेका थिए । उक्त अवसरमा आईजीपी कुँवरले जनलाई अहोरात्र सुरक्षाको प्रत्याभूति दिलाउनेमा कुनै दुईमत नभएको बताए । समाजमा रहेका अराजकता, अवान्छित तथा आपराधिक गतिविधि नियन्त्रणमा कुनै कुसर बाँकी नराख्न उनले निर्देशन समेत दिए । कार्यक्रममा भवन निर्माण कार्यमा सहयोग गर्ने र जग्गा प्रदान गर्न सहयोग गर्नेलाई सम्मान गरिएको थियो । १० करोड ६० लाख… पुरा पढौ

बीसौँ लेखनाथ महोत्सव पुस १८ देखि

मंसिर १७,पोखराबीसौँ लेखनाथ महोत्सव आगामी पुस १८ देखि माघ १ गतेसम्म सञ्चालन हुने भएको छ । महोत्सव पोखरा–२७ तालचोकमा हुनेछ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवको तयारी शुरु भएको छ । महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष विनोद श्रेष्ठ अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । समग्र गण्डकी प्रदेशको आर्थिक, समाजिक, कृषि र पर्यटनको विकासमा टेवा पुर्याउने लक्ष्यसहित महोत्सव आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए । स्थानीय व्यवसायीको पुनरुत्थानमा महोत्सवले महत्वपूर्ण र सकारात्मक भूमिका खेल्ने अध्यक्ष आत्रेयले विश्वास व्यक्त गरे… पुरा पढौ