अर्थतन्त्र

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १९ कात्तिक । प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन । “मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको उडान प्रभावित भएको छ । सुगम क्षेत्रका विमानस्थलको उडान नियमित रूपमा सञ्चालन भइरहेको छ”, उनले भने ।काठमाडौँ विमानस्थलमा आन्तरिकतर्फ इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्र भइरहेको… पुरा पढौ

दुर्गा भण्डारी राष्ट्रिय सूचना आयोगको सदस्यमा सिफारिस

कार्तिक १९ पोखराराष्ट्रिय सूचना आयोगको सदस्यमा पोखराकी दुर्गा भण्डारीको नाम सिफारिस भएको छ । लामो समय पत्रकारितामा सक्रिय भण्डारी यसअघि प्रेस काउन्सिल नेपालको सदस्य रहेर काम गरेकी थिइन् । उनी कानूनी व्यवसायमा पनि सक्रिय छन् । सूचना आयोग पदाधिकारी नियुक्ति सिफारिस समितिको सोमबारको बैठकले प्रमुखसहित र सदस्यको नाम सिफारिस गरेको हो । भण्डारीसँगै सदस्यमा सचिव गगन विष्टको नाम पनि सिफारिस भएको छ । उनी नेकपा एमालेको प्रचार विभागका सचिव हुन् । प्रमुख सूचना आयुक्तमा भने नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा.… पुरा पढौ

रवि, छवि र लिलालाई अदालत लगिँदै,

कार्तिक १९ ,पोखरासहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार अदालतमा लगिँदै छ ।जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई कास्की जिल्ला अदालतमा मंगलबार लगिने भएको हो । उनको हिरासतमा बस्ने म्याद गत १४ गते बुधबार नै सकिएको छ । तिहारको सार्वजनिक बिदाका कारण उनको म्याद थप हुन सकेको छैन ।उनको थप सात दिन म्याद थप हुनसक्ने सम्भावना छ । उनलाई अदालत लैजाने समय एकीन नभएको अनुसन्धान… पुरा पढौ

पोखराको भाइटीका महोत्सवमा, १२ देशका ५६ पर्यटकले लगाए भाइटीका

कार्तिक १८पोखरातिहारका अवसरमा होटल संघ पोखरा नेपालले आइतबार पोखराको लेकसाइडमा आयोजना गरेको १७ औँ भाइटीका महोत्सवमा १२ देशका ५६ पर्यटकले सहभागिता जनाएका छन् ।पर्यटकको उल्लेख्य उपस्थितिका कारण तीन चरण गरेर उनीहरुलाई टीका लगाइएको थियो । नेपाली संस्कृति संरक्षण गर्दै पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । होटल ल्याण्डमार्कमा भएको महोत्सवका सहभागी पर्यटकलाई रेन्वो चिल्ड्रन होम नेपालका विद्यार्थीले टीका लगाइदिएका थिए ।सप्तरंगी टीका ग्रहण गरेका पर्यटकलाई विद्यार्थीले ढाका टोपी लगाइदिए… पुरा पढौ

करार कर्मचारीले पोखरा महानगरमा तनाव, एमालेको गम्भीर आरोपमा मेयर आचार्यको खण्डन

२०८१ कार्तिक १६ पोखरापोखरा महानगरपालिकाको कार्यपालिका बैठकले करारका २८ जना कर्मचारी बिदाई गर्ने निर्णय विवादमा परेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले तिहार लगत्तै करारका २८ कर्मचारीलाई कात्तिक महिनाकै पारिश्रमिक दिएर बिदाई गर्ने निर्णय गरेको थियो ।यो निर्णयप्रति एमालेबाट निर्वाचित उपप्रमुख मञ्जुदेवी गुरुङसहित वडाध्यक्ष र कार्यपालिका सदस्यले आपत्ति जनाएका छन । उनीहरुले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रमुख आचार्यमाथि गम्भीर आरोप लगाएका थिए । उनीहरुले महानगर प्रमुखले कानूनी प्रावधान विपरीत निश्चित स्वार्थ समूहको इसारामा उक्त निर्णय गरेको आरोप लगाएका छन ।… पुरा पढौ

यमपञ्चकको तेस्रो दिन– आज लक्ष्मी पूजा र कुकुर तिहार

कार्तिक १५, पोखरा यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व सम्पन्न गरिएको छ । लिपपोत गरिएको सफा घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता अनुसार आज बिहानै घर गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी सफा सुग्घर र दीपावली गरेर लक्ष्मीको आराधना गरि आमन्त्रण गर्ने गरिन्छ ।आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङलगायतका स्थानमा सरसफाइ गरी सांझ दीपावली गरिन्छ ।त्यसैगरी नेपालीको दोस्रो ठूलो चाड… पुरा पढौ

अन्नपूर्ण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक

कार्तिक १५ , पोखराम्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन् । दसैँ तिहारको बिदाको समयलाई सदुपयोग गर्दै आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल आधार शिविरमा पुगेका हुन् । यहाँ पुग्ने पदमार्गको पहिचान भएको १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएको पदमार्गका अभियन्ता तेज गुरुङले जनाए ।उनका अनुसार दसैँपछि अहिलेसम्म करिब तीन हजार पर्यटकले अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका छन् । यो सिजनमा आन्तरिक सँगसँगै विदेशी पर्यटकसमेत उल्लेख्य मात्रामा आधार शिविरमा पुगेको गुरुङले जानकारी… पुरा पढौ

डिजेलको मूल्य घट्यो ।

कार्तिक १५ पोखरानेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशनले बिहीबार पेट्रोलमा २५ पैसा र डिजेलमा १ रुपैयाँ ४ पैसा घटेर तथा मट्टितेलमा २ रुपैयाँ २४ पैसा, हवाई इन्धनमा ३ रुपैयाँ २३ पैसा र एलपीजी ग्याँसमा प्रति सिलिन्डर ५५ रुपैयाँ ७० पैसा बढेर आएको जनाएको छ । सो अनुसार समायोजन गर्दा बिहीबार राति १२ बजेर १ मिनेटदेखि डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाइएको जनाएको छ । आम उपभोक्ताको हितलाई ध्यानमा राखेर… पुरा पढौ

पोखरामा सहायक स्टुडियो फोटोग्राफी तालिम सुरु ।

१४ कार्तिक २०८१ पोखरापोखरा महानगर पालिका आर्थिक बिकास ब्याबसाय प्रबर्धन महाशाखाको आयोजना र पोखरा फोटोग्राफर संघको प्राबिधिक सहयोगमा निशुल्क फोटोग्राफर सहायक स्टुडियो फोटोग्राफी तालिम सुरु भएकोछ । पोखरा महानगरपालिका भित्रका सहायक फोटोग्राफरहरु लाई लक्षित गरेर आधारभुत फोटोग्राफी तालिम सुरु भएको हो । तालिमको आज पहिलो दिन को सुरुवात गरिएपनि तालिम कार्तिक २६ गते देखि निरन्तर सुरु गरिने सहजकर्ता तथा पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाड.ले बताए । तालिममा २० जना सहायक फोटोग्राफरहरुलाई निशुल्क ३ सय ९० घण्टाको तालिम दिईने पोखरा… पुरा पढौ

सहकारी ठगी, अपचलन र हिनामिनामा संलग्न कसैलाई नछाड्ने ः गृहमन्त्री लेखक

कार्तिक १४,पोखरागृहमन्त्री रमेश लेखकले सहकारी ठगी, अपचलन र हिनामिनामा संलग्न कसैलाई नछाड्ने बताएका छन । तथ्य र प्रमाणका आधारमा सरकारले अनुसन्धान र कारबाही अघि बढाएको बताउदै उनले सरकारले कसैको मुख हेरेर नभई तथ्य र प्रमाण का आधारमा अनुसन्धान तथा कारबाही गर्ने बताए । सहकारी ठगीमा प्रमाण भेटिए कांग्रेस उपसभापति धनराज गुरुङमाथि समेत कारबाही हुने उनले बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले गुरुङमाथि अनुसन्धान हुने र प्रमाण भेटिए कारबाही हुने बताए ।… पुरा पढौ