अर्थतन्त्र

फोटोयात्रामा पोखराका महिला फोटोग्राफरहरु ।

श्रावण २७ पोखरा चुलो ,चौका र घर भित्रको काम मात्र महिलाले गर्नुपर्छ भन्ने कुरालाई चुनौती दिदै पोखराका महिला फोटोग्राफरहरुले फोटोप्रतियोगितामा सहभागिता जनाउनैका लागि फोटो यात्रा सम्पन्न गरेका छन् । पोखरा फोटोग्राफर संघ महिला उपसमितिको आयोजनामा तथा पोखरा फोटोग्राफर संघ पोखराको ब्यवस्थापनमा यहि श्रावण २६ गते शनिबारका दिन पोखरा देखि पुम्दिभुम्दी कालाबाङ घडेरी होमस्टेबाट पैदल पुम्दिकोट, शान्ति स्तुपा हुँदै पोखरा सम्मको फोटो यात्रा आयोजना गरिएको थियो ।फोटो यात्रा पोखरा फोटोग्राफरसंघ द्धारा संचालन गरिएको चौथो पोखरा फोटोग्राफी अवार्ड लाई लक्षीत गरिएको र… पुरा पढौ

ब्राजिलमा विमान दुर्घटना, ६२ जनाको मृत्यु

साउन २६ पोखराब्राजिलमा विमान दुर्घटना हुँदा चालक दलका चार सदस्यसहित ६२ जनाको मृत्यु भएको छ । ब्राजिलको साओपाउलोमा ५८ यात्रु र चालक दलका चार सदस्य बोकेको विमान दुर्घटना भएको बीबीसीले जनाएको छ । विन्हेडो सहर नजिकै रहेको वैलिनहोसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको बताएका छन् । वोएपास एयसलाइन्सका अनुसार दुई इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओपाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको थियो ।दुर्घटनामा कोही पनि बाँच्न नसकेको स्थानीय अधिकारीहरूले बताएका छन् । विमान खसेको आवासीय… पुरा पढौ

टान गण्डकीको टोलीद्वारा भुटान भ्रमण, पर्यटन प्रवर्द्धन र हवाई उडानबारे छलफल

श्रावण २५ पोखराट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) गण्डकीको ‘भुटान फाम टूर’ सम्पन्न भएको छ । अमीन भुटान टुर्स एण्ड ट्रेकले टान गण्डकीमा आबद्ध भुटानमा टूर विक्री गर्ने कम्पनीका प्रतिनिधिलाई भुटान फाम टूरमा सहभागी गराएको थियो ।पोखरा महानगरपालिकाको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा टानका १५ जना प्रतिनिधिले अगस्ट ३ देखि ७ सम्म भुटानको भ्रमण गरेका हुन् ।भ्रमण सम्पन्न गरेर टोली पोखरा फर्किएको कार्यक्रम संयोजक एवं टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । भुटान भ्रमणका क्रममा विभिन्न कार्यक्रम… पुरा पढौ

आज राष्ट्रिय भूसंरक्षण दिवस मनाइँदै

श्रावण २४ पोखराआज राष्ट्रिय भूसंरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा आज देशका विभिन्न स्थानमा अन्तरक्रिया गर्नुका साथै वृक्षरोपण गरेर दिवस मनाइँदै छ ।बाढी, पहिरो, भूक्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन एवं भूक्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि दिवस मनाउन थालिएको हो । विभागको स्थापनासँगै जिल्लास्तरमा भू–संरक्षण कार्यालय स्थापना गरी सेवा प्रवाह सुरु गरिएको थियो ।विसं २०३१ देखि ‘भूसंरक्षण दिवस’ का रूपमा… पुरा पढौ

भन्सार छलेर ल्याइएका १२ लाख ५० हजारका कपडा बरामद

श्रावण २३ ,झापाभन्सार छलेर ल्याइएका रु १२ लाख ५० हजार मूल्य बराबरका कपडा बरामद गरिएको छ । सशस्त्र प्रहरी बलको टोलीले बुद्धशान्ति गाउँपालिका–७ सुनमाई चियाबगान र मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट ती कपडा बरामद गरेको हो ।बुद्धशान्ति–७ सुनमाई चियाबगानबाट परिचालन भएको सशस्त्रको टोलीले रु १० लाख बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गणका सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिए ।यसैगरी अर्को टोलीले मेचीनगर–६ बसपार्क इलाकाबाट भन्सार छलेर ल्याइएको रु दुई लाख ५० हजार बराबरको कपडा बरामद गरेको… पुरा पढौ

नेपाल फोटोग्राफर महासंघको पहिलो बैठक मै अक्षयकोष घोषणा ।

साउन २३ सुर्खेत नेपाल फोटोग्राफर महासंघको पहिलो बैठक सुर्खेतको बिरेन्द्रनगरमा सम्पन्न भयो । महासंघको पहिलो बैठक मै १ लाख रुपैया बराबर अक्षयकोषको घोषणा सहित बैठक सम्पन्न भयोे ।फोटोग्राफरहरुको हक हित तथा बृतबिकासका लागि स्थापना गरिएका अक्ष्यकोषहरु मध्येमा महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायबाट आफ्ना स्वर्गीय पिताको स्मृतीमा रु ५० हजार, दाड. उद्योग बाणिज्य संघका अध्यक्ष तथा महासंघका उपाध्यक्ष बसन्त जोशीबाट आफ्ना स्वर्गीय पिताको स्मृतीमा रु २५ हजार साथै महासंघका केन्द्रिय सदस्य कालिका प्रसाद रिमालबाट आफ्ना स्वर्गीय पिताको स्मृतीमा रु २५ हजार… पुरा पढौ

अन्तरआवद्धतालाई प्रभावकारी बनाउन एउटै ‘नेटवर्क कनेक्टिभिटी’मा जोड्दै चन्द्रागिरि नगरपालिका ।

श्रावण २२ गते काठमाडौँचन्द्रागिरि नगरपालिकाले आफ्ना मातहतका सेवा प्रदायक निकायलाई एउटै ‘नेटवर्क कनेक्टिभिटी’मा जोड्ने भएको छ । वडा कार्यालय, स्वास्थ्यचौकी, सहरी स्वास्थ्य केन्द्र, नगर अस्पताल र सामुदायिक विद्यालयका गतिविधि सूचना प्रविधिका माध्यमबाट जोडिन लागेका हुन् । यसका लागि नगरपालिकाले नेपाल टेलिकमसँग अन्तरसरकारी निकाय सम्झौता (जिटुजी) अवधारणाअन्तर्गत द्विपक्षीय सम्झौता गरेको छ । सोमबार आयोजित कार्यक्रममा नगरप्रमुख घनश्याम गिरी र टेलिकम बागमती प्रदेश निर्देशक रीना डङ्गोलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।सम्झौताअनुसार नगरपालिका कार्यालय र नगरपालिकाअन्तर्गतका १५ वडा कार्यालय, १५ स्वास्थ्यचौकी तथा सहरी स्वास्थ्य… पुरा पढौ

पोखरा चेम्बर अफ कमर्सकास्कीको अध्यक्षमा बास्तोला

श्रावण २०,पोखरापोखरा चेम्बर अफ कमर्स कास्कीको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनबाटउमराज बास्तोलाको अध्यक्षतामा ३७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको छ ।त्यसैगरि वरिष्ठ उपाध्यक्षमा प्रेम सुवेदी, उद्योग उपाध्यक्षमा नवराज आचार्य, बस्तुगत उपाध्यक्षमा नबीन बराल, वाणिज्य उपाध्यक्षमा श्यामकुमार मल्ल चयन भएका छन् ।यस्तै, महासचिवमा गोकर्ण अधिकारी, कोषाध्यक्षमा जीवन ढुंगाना, सचिवमा सरिता सुवेदी, सचिवमा सीमा कोईराला, सह–कोषाध्यक्षमा बोधराज सुवेदीसहित ३७ सदस्यीय कर्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । ४१ सदस्यीय समितिमा ४ जना पहिलो बैठकबाट मनोनित गरिने नवनिर्वाचित कोषाध्यक्ष जीवन ढुंगानाले जानाकारी दिए ।… पुरा पढौ

ऊर्जालाई समृद्धिको आधारमा बनाउन प्रधानमन्त्रीलाई इप्पानको आग्रह

श्रावण १८,काठमाडौँ,स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले समृद्धिका आधारका रुपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानुन र नीतिमा समावेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ ।प्रधानमन्त्री निवास, बालुवाटारमा इप्पानका अध्यक्ष गणेश कार्की नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री ओलीलाई भेटेर संसद्मा विचाराधीन विद्युत् विधेयक, २०८० लाई निजी क्षेत्रका सवाल समेटेर पारित गराउन माग गरेको हो ।प्रस्तावित विधेयकमा भएको प्रतिस्पर्धाको प्रावधानले निजी क्षेत्रको ढोका बन्द गरी उनीहरुसँग रहेका करिव ३० हजार मेगावाट क्षमताका आयोजना स्वतः खारेज हुने र ती… पुरा पढौ

केवलकारको निर्माणाधीन भवनबाट खसेर मजदुरको मृत्यु

श्रावण १८ नवलपुरनवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको मौलाकाली केवलकारको निर्माणाधीन भवनबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।गैँडाकोट नगरपालिका–१ स्थित मौलाकालिका मन्दिर नजिकै रहेको मौलाकाली केवलकार प्रालिको टप स्टेशनमा रहेको निर्माणाधीन भवनको चौथो तल्लाबाट खसेर मजदुरको ज्यान गएको हो ।जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी निरीक्षक सुदीप भण्डारीका अनुसार बारा जिल्ला जीतपुर सिमरा उपमहानगरपालिका–२० बस्ने वर्ष २५ का गोरख राउत कुर्मीको खसेर मृत्यु भएको हो ।दुर्घटना गए राति भएको भए पनि आज त्यहाँ कार्यरत अन्य कर्मचारीले देखेपछि प्रहरीलाई खबर… पुरा पढौ