दीपक मनाङे पदमुक्त, मनाङमा कात्तिक १७ गते उपनिर्वाचन हुने

-


     केन्द्रीय आवाज    
     भाद्र ९ गते २०८२ मा प्रकाशित


२०८२ भदौ ९ गते ,पोखरा
सर्वोच्च अदालतले दीपक मनाङे (राजीव गुरुङ) लाई पदमुक्त गर्ने फैसलाको पूर्णपाठ सार्वजनिक गरेसँगै निर्वाचन आयोगले मनाङ प्रदेश सभा २ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने भएको छ ।
सर्वोच्चको फैसलाको पूर्णपाठ नआउँदा अन्योलमा रहेको आयोगले सोमबार फैसला सार्वजनिक भएलगत्तै उपनिर्वाचनको मिति टुङ्गो लगाएको हो । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले रुपन्देही–३ सँगै मनाङमा पनि सोही मितिमा निर्वाचन गराउन दल दर्ता लगायतका प्रक्रिया छोट्याइने जानकारी दिए ।
‘सर्वोच्च अदालतको फैसलाले अब आयोगलाई प्रक्रिया अघि बढाउन सहज भएको छ,’ भण्डारीले भने, ‘दल दर्ता लगायतका प्रक्रिया छोट्याएर भएपनि कात्तिक १७ गते नै उपनिर्वाचन हुन्छ ।’