
भाद्र ८ पर्वत
पर्वत फोटोग्राफर संघले संघको कार्यालय स्थापना एवम तिज विशेष शुभकामना आदानप्रदा कार्यक्रम सम्पन्न गरयो ।
कार्यक्रम फलेवास नगरपालिकाका उप प्रमुख शोभा कुमारी क्षेत्रीको प्रमुख आतिथ्यतामा संचालन भएको थियो ।
कार्यक्रममा पर्वत फोटोग्राफर संघका सहसचिव रामचन्द्र पौडेल (आरसी) ले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रलममा महिला उपसमिति संयोजक जीवन कुमारी शर्मा, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, , प्रथम संरक्षक दिनेश अधिकारी, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल , निर्वतमान. अध्यक्ष नारायण बहादुर के सी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रमुख अतिथि शोभा कुमारी क्षेत्रीले यो कार्यक्रमले आफु निकै प्रभावित भएको बताउदै फलेवास र कुश्मा नगरपालिकाको सम्बन्ध नड.र मासुको जस्तै भएको बताईन । आफुलाई चेलिको रुपमा पर्वत फोटोग्राफर संघले दिएको माया र सम्मानको उच्च कदर गर्ने बताईन ।
सो अवसरमा १० जना नयाँ सदस्यलाई सदस्यताको प्रमाण पत्र समेत वितरण गरिएको थियो, साथै आर्थिक सहयोग गर्ने सहयोगी महानुभावलाई स सम्मान खादा र सम्मान पत्रवाट सम्मान गरिएको थियो भने नेपाल फोटोग्राफर महासंघको संस्थापक सदस्य नारायण बहादुर के सी मनोनित केन्द्रीय सदस्य विजय शर्मा जैसीलाई सम्मान पत्रबाट सम्मान गरिएको थियो ।
त्यसै गरि संस्थाको कार्यालय स्थापनाको लागि गठित संस्थाका सहसचिव रामचन्द्र पौडेल आर सि, कोषाध्क्ष सुरेशराज रेग्मी र उपाध्यक्ष रमेश श्रेष्ठलाई सम्मान गरिएको थियो भने संस्थाका गतिविधिलाई सञ्चार माध्यम वाट सान्दर्भिक बनाई प्रस्तुत गरेकोमा कुशल सञ्चारकर्मी, कलाकार अर्जुन थापा मगरलाई सम्मान गरिएको थियो ।
साथै सोहि कार्यक्रममा ७० हजार रुपैया बराबरको फेलापरेकोे सुनको गहना समेत संस्थाका कोषाध्यक्ष सुरेशराज रेग्मीवाट गहनाका धनी मिलन पौडेललाई हस्तान्तरण समेत गरिएकोे थियो ।

संस्थाका अध्यक्ष विजय शर्मा जैसी को अध्यक्षतामा संचालित कार्यक्रम संस्थाका सचिव नारायण पौडेलले संचालन गरेका थिए । साथै संस्थाको कार्यालयमा उद्धघाटन पश्चात पर्वत फोटोग्राफर संघ महिलाउपसमितिका दिदी बहिनीहरु बिच तीजको शुभकामना आदान प्रदान सहित दरखाई आपसमा रमाईलो गरि सम्पन्न गरिएको थियो ।






