
भाद्र ७ पोखरा
तनहुँको आँबुखैरेनी गाउँपलिका(२ ऐनापहरामा शुक्रबार भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्यस्याङ्दी नदीमा खस्दा १६ जना घाइते भएका छन् । घाइतेमध्ये १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएएको छ । उनीहरुको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार थिए ।

तस्विर ससस्त्र प्रहरी
दुर्घटनामा १५ महिला र ११ पुरुष गरी २६ जनाको आँबुखैरेनी अस्पतालमा र एक बालकको चितवनस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । सो बस भदौ ४ गते बेलहिया नाकाबाट आठ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको बताइएको छ ।
पर्यटकलाई भैरहवाबाट पोखरा घुमाएर काठमाडौँ लैजाँदै गर्दा बस दुर्घटनामा परेको हो । बसमा रहेका सबै यात्रु भारतीय नागरिक रहेको पाइएको छ ।






