खेलकुद

पोखरामा छैटौ केन्पो काई राष्ट्रिय प्रतियोगिता सम्पन्न

१६ असार,पोखरा पोखरामा शनिबार छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ६ प्रदेशका २ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रह्यो । महिला र पुरुष विधामा विभिन्न उमेर समूहबीच प्रतिष्पर्धा भएको थियो । पुरुष विधामा खुल्ला तौल समूहतर्फ अनमोल मल्ल प्रथम भए । मनिष पुलामी मगर दोस्रो, रोशन परियार र आर्यन पाण्डे तेस्रो भए । ६० केजी तौल समूहमा सुसिम रानामगर च्याम्पियन बने । मिसन लिम्बु दोस्रो, अप्सन परियार र अरुण लिम्बु तेस्रो बने । ५५ केजी तौलमा सञ्जिव… पुरा पढौ

बिजय नेपाललाई चलचित्र पत्रकारिता पुरस्कार ।

जेष्ठ २० पोखरापत्रकार विजय नेपाल ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार(२०८०’ बाट पुरस्कृत भएका छन् । उद्योगपति तथा समाजसेवी जितप्रसाद द्वा परिवारले स्थापना गरेको उक्त पुरस्कार चलचित्र पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको छ । संघको शनिबार छैटौं साधारणसभा अवसरमा पोखराका मेयर धनराज आचार्यले नगद ३५ हजार रुपैयाँ र सम्मानपत्रसहित पत्रकार नेपाललाई पुरस्कृत गरे । पाल्पा रिब्दीकोट ७, मैनादीका नेपाल २० वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । संघका पूर्वसहसचिव उनी राजधानी र आदर्श समाज दैनिकमा समेत कार्यरत छन् । उनले अंग्रेजी साहित्यमा… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्ड ः अर्जुन र सुस्मिता उत्कृष्ट खेलाडी

बैशाख २९,पोखरा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्टस् अवार्डमा पुरुषतर्फ अर्जुन र महिलातर्फ सुस्मिता वर्ष खेलाडी घोषित भए । उनीहरुले जनही एक÷एक थान स्कुटर, ट्रफी र मेडल पुरस्कार प्राप्त गरे । वर्ष उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा अर्जुनसहित भलिबलका हिमाल सुनारी र टेनिसका प्रदीप खड्का परेका थिए । यसैगरी महिलामा सुस्मितासहित आर्चरीकी अनुस्का शेरचन र भलिबलकी अरुणा शाही मनोनयनमा थिए । उत्कृष्ट प्रशिक्षकको अवार्ड भलिबलका रमेश केसीले प्राप्त गरे । उनीसँगै मनोनयनमा परेका टेनिसका नीरज… पुरा पढौ

आठौँ पोखरा स्पोर्ट्स अवार्डको, तयारी पुरा ।

पोखरा २७ वैशाख ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार अवार्ड समारोह भोलि (शुक्रबार) दिउँसो २ः४५ बजेदेखि पोखरा सभागृह हलमा सुरु हुनेछ । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार गरेर ७ विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष तथा मुल… पुरा पढौ

कैलाली भजनीका पच्चीस परिवारका लागि सुरक्षित आवास निर्माण गरिँदै ।

बैशाख २०,कैलाली बाढी र डुबानको जोखिममा रहेको कैलालीको भजनी नगरपालिका–३ को पकरियापुरमा सुरक्षित आवास निर्माण सुरु भएको छ । भजनी नगरपालिका, राष्ट्रिय दलित नेटवर्क ९सुरक्षित आवास परियोजना० र स्थानीयको श्रमदानमा सुरक्षित आवास निर्माण हुन लागेको हो । वर्षौँदेखि बाढी र डुबानको पीडामा रहेका पकरियापुरका २५ परिवारलाई सुरक्षित राख्नका लागि घर निर्माण थालिएको नगरपालिकाका प्रमुख केवल चौधरीले बताए । उनले नगरपालिकाका अधिकांश क्षेत्र बर्सेनि बाढी र डुबानको चपेटामा पर्दै आएको बताउँदै बढी जोखिम भएको बस्तीलाई सुरक्षित बनाउन उच्च घर निर्माण कार्यक्रमलाई… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डको चार विधामा मनोनयन सार्वजनिक ।

बैशाख १७,पोखरानेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वर्षेनी गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको आठौँ संस्करण यही वैशाख २८ गते पोखरा सभागृहमा हुने भएको छ ।मञ्चले खेलकुदको क्षेत्रमा क्रियाशील खेलाडी तथा व्यक्तिहरुलाई प्रोत्साहित गर्नका लागि अवार्ड वितरण गर्दै आएको छ । सो समारोहको तयारीका कामअघि बढाइएको मञ्चले जनाएको छ ।मञ्चले आज पत्रकार सम्मेलन गरी स्पोर्टस् अवार्डअन्तर्गत चार विधामा मनोनयन सार्वजनिक गरेको छ । विगत एक वर्षमा खेलकुदमा गरेको प्रदर्शनका आधारमा खेलाडी हरेक विधामा तीन जनाका दरले मनोनयन सार्वजनिक गरिएको हो । यसवर्ष… पुरा पढौ

मैत्रिपूर्ण फुटवल खेलमा बङ्गलादेशको नारायणगंज क्लब विजयी ।

पोखरा १६, वैशाखफोटो पत्रकारिता दिवसको अवसरमा पोखरामा आयोजित मैत्रिपूर्ण फुटवल खेलमा बङ्गलादेशको नारायणगंज क्लब बिजयी बनेको छ । शनिबार पोखरामा भएको मैत्रिपूर्ण फुटवल फुटवल खेलमा नेपाल फोटो पत्रकार संघ कास्की संग पोखरा रंगशालामा भएको मैत्रिपुर्ण फुटवल खेलमा ५–१ को अन्तर नारायणगंज क्लब बिजयी बनेको हो ।नारायणगंज क्लबको जितमा मेदी हसन ९तोपु० ले ४ गोल र जाकीर हुसेनले १ गोल गरेका थिए भने आयोजक नेपाल फोटो पत्रकार संघ कास्कीको तर्फबाट शिवजंग क्षत्रीले शान्त्वना गोल गरेका थिए । पहिलो हापमा दुबै तर्फ… पुरा पढौ

सेमिफाइनलमा पुग्यो नेपाल

बैशाख ५ पोखरा ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको छ । प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । आठ ओभरमा घटाइएको खेलमा साउदीले प्रस्तुत गरेको ७४ रन लक्ष्य नेपालले सात दशमलव दुई ओभरमा चार विकेटको क्षतिमा पछ्यायो । नेपाली टोली लिग चरणमा आफ्नो सबै खेल जित्दै आठ अङ्कसहित समूह ‘ए’ को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । नेपालसँग पराजित भएपछि साउदी अरेबिया भने समूहगत चरणबाटै… पुरा पढौ

नेपाल आर्मीका सञ्जय श्रेष्ठ ले जिते लेखनाथ हाफ म्याराथनको उपाधि ।

१ बैशाख,पोखरादोस्रो लेखनाथ हाफ म्याराथनको उपाधि नेपाल आर्मीका सञ्जय श्रेष्ठले जितेका छन् । हाफ म्याराथन २१ किमि दूरी एक घण्टा चार मिनेट ४७ सेकेण्डमा पूरा गर्दै उनले उपाधि जितेका हुन् । उनले नगद ६० हजार रुपैयाँ नगदसंगै पदक तथा प्रमाणपत्र प्राप्त गरे ।यस्तै, एपीएफका किरण बोगटी एक घन्टा छ मिनेट ३३ सेकेण्डमा दूरी दौड पूरा गरी उपविजेता बने । एक घन्टा ९ मिनेट २९ सेकेण्डमा दूरी पार गरेका नेपाल आर्मीकै रामजी बस्नेत तेस्रो भए । उपविजेता किरणले ३० हजार र… पुरा पढौ

काठमाडौं उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै ।

चैत २६ गते ,काठमाडौं काठमाडौं उपत्यकामा आज सोमबार परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । चान्द्रमाको तिथिअनुसार चैत्र कृष्ण औँसीमा यो पर्व मनाइन्छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडितले विभिन्न उपायले त्यसलाई संहार गरेको जनविश्वास रहेको छ । तर उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो ।संस्कृतिविद्का अनुसार यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै… पुरा पढौ