अर्थतन्त्र

लेउवासंघको स्थापना दिवसमा दौड प्रतियोगिता ।

असार २० पोखरालेखनाथ उद्योग वाणिज्य संघले २८औं स्थापना दिवस तथा २७ औं वार्षिकोत्सव अवसरमा आयोजित दौड प्रतियोगिता सम्पन्न भएको छ । दौड पोखरा–२९ भण्डारढिक खेल मैदानदेखि पोखरा २७ तालचोक महोत्सव स्थलसम्म भएको हो । दौडमा दुई सयभन्दा बढी व्यवसायी सहभागी थिए । जसमा पुरुषतर्फ शरणकुमार प्रधान प्रथम, मदनकुमार थापा दोस्रो, सन्तोष न्यौपाने तेस्रो तथा खेमनाथ शर्मा र होमराज भाण्डारीले सान्तवना स्थान हासिल गरे । यस्तै, महिलातर्फ छाया बसौला प्रथम, ईन्दु जोशी दोस्रो र बन्दना शाह तेस्रो तथा भेट्रान्समा दुर्गाबहादुर थापा… पुरा पढौ

तीस दिनभित्र दोहोरो पद छोडिसक्न सहकारी संस्थाका सञ्चालकलाई निर्देशन

काठमाडौँ, २० असारसहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ ।विभागले कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई निर्देशन दिएको हो ।सहकारी ऐन २०७४ को दफा ४१ (५) मा कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था रहेकोले ऐनको उक्त प्रावधान कार्यान्वयन गर्न निर्देशन जारी गरिएको सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेले जानकारी दिए । सहकारी बैंकको हकमा पनि पनि यस्तै निर्देशन दिइएको… पुरा पढौ

प्रशासनको निर्णय नागरिक मुखि हुने ः प्रजिअ पाण्डे

असार १८ पोखराकास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्रशासनले गर्ने निर्णय नागरिक मुखि हुने बताएका छन् । प्रजिअ पाण्डेले संघीय सरकारको प्रतिनिधिको रुपमा जिल्लामा हुने विभिन्न गतिविधिको नेतृत्व, नियन्त्रण र समन्ययकारी भूमिका निभाउनु नै आफ्नो दायित्व भएको स्पष्ट पारे ।पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत, सम्मान तथा अन्तरक्रियामा पाण्डेले पर्यटकीय नगरिमा हुने रात्रिकालीन व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउने, अतिक्रमणमा परेका सार्वजनिक जग्गा फिर्ता ल्याउने, फेवातालको संरक्षण गर्नेलगायतका विषयमा आफ्नो ध्यान केन्द्रित भएको स्पष्ट पारे ।उनले दर्ता बिना सञ्चालन भएका… पुरा पढौ

मणिपाल राजश्व प्रकरण ः पोखरा महानगरको कार्यालयमा अख्तियारको छापा

असार १८ पोखरामणिपाल शिक्षण अस्पताल प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकामा छापा मारेको छ । आयोगको टोलीले आज दिउसो महानगर कार्यालयमा छापा मारेको हो ।नियम विपरीत मणिपाल शिक्षण अस्पताललाई राजश्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको बताइएको छ । उजुरीमाथि छानबिन गर्न महानगरबाट कागजात नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ । अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजश्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजश्व परामर्श समितिको निर्णय, नक्सापासलगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको बताइएको छ ।महानरको कार्यपालिका बैठकबाट निर्णय गराएर १९ करोड… पुरा पढौ

लुम्बिनी विकास कोषको संरचना परिवर्तन गर्न आवश्यक ।

असार १८ लुम्बिनीप्रतिनिधिसभा सार्वजनिक लेखा समितिको टोलीले बुद्वजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीका बारेमा अध्ययन गर्न आएको टोलीले सोमबार लुम्बिनीको भ्रमण गरेको हो ।पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठिन गरेको सार्वजनिक लेखा उपसमिति टोलीले शान्तिदीप, मायादेवी मन्दिरको अवलोकनका साथै केही विहार क्षेत्रहरूको अवलोकन गरेका हुन् । यसअघि आयोजित छलफलमा लुम्बिनी विकास कोषको अवस्था, सम्पादन भएका कार्यक्रम र लुम्बिनी गुरुयोजनाका विषयमा छलफल गरिएको थियो । सो अवसरमा सदस्य भट्टराईले लुम्बिनी विकास… पुरा पढौ

युवा, विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ ः प्रधानमन्त्री प्रचण्ड

१७ असार,काठमाडौँप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा, विद्यार्थी विदेश जानुपर्ने कारण पत्ता लगाई उनीहरु स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य भएको बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयसभाको ३९औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय विदेशिने युवा, विद्यार्थीको सङ्ख्या बर्सेनि बढ्दै गएकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिए । “युवा, विद्यार्थी विदेश जानुपर्ने कारण पत्ता लगाई उनीहरु स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य छ,” प्रधानमन्त्री दाहालले भने, “अतः २१औँ शताब्दीका युवा, विद्यार्थीका चाहना, आवश्यकता र प्राथमिकता बुझेर सोही अनुसारका… पुरा पढौ

पोखरामा महासंघका पदाधिकारीहरुलाई सम्मान तथा अन्तरक्रिया सम्पन्न ।

१७ असार,पोखरापोखरा फोटोग्राफर संघ पोखरा नेपालले, नेपालका फोटोग्राफरहरुको छाता सस्था नेपाल फोटोग्राफर महासंघले आधिकारीकता प्राप्त गरेको अवसरमा महासंघका पदाधिकारीहरुलाई सम्मान सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न ग¥यो ।ब्यवसायीक एकता र अभिभावकत्वका लागि महासंघ अनिवार्य रहेको हुंदा फोटोग्राफरहरुको छाता संगठनका रुपमा लैजानमा सवै फोटोग्राफर संघ संगठनहरुको सहकार्यमा सफल भईएको महासंघका अध्यक्ष मह््ेन्द्र प्रसाद उपाध्यायले बताए ।२०७५ सालमा बुटवलमा भएको फोटोग्राफरहरुको भेलाले आफुलाई संयोजकका रुपमा अगाडी सारेको र सवैको साथ र सहयोगले महासंघलाई आधिकारीकता प्राप्त गर्न सफल भएकोमा सवैलाई धन्यवाद सहित आभार ब्यक्त गरे… पुरा पढौ

ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन सास्ती

१३ असार पोखराअसार महिनाको उखरमाउलो गर्मी र त्यसपछिको हावाहुरी सहितको झरिलो दिनमा नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन सास्ती खेप्नुपरेको छ । आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिए संगै जिल्ला प्रशासन कार्यालय कास्कीमा परिचयपत्र बनाउनेको भीड लागेको छ । विगत दुई हप्ता बढी समयदेखि सयौँका सङ्ख्यामा ज्येष्ठ नागरिकको प्रशासनमा भीड लागेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा २८ वटा जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । राष्ट्रिय… पुरा पढौ

वित्त नीतिलाई सघाउने मौद्रिक नीति आवश्यक

काठमाडौँ, ११ असारअर्थतन्त्रमा देखिएको समस्या सम्बोधन गर्ने, वित्त नीतिसँग सामञ्जस्यता हुने र आगामी आर्थिक वर्षका लागि सरकारले लिएको छ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यलाई सघाउनेगरी मौद्रिक नीति आउनुपर्नेमा विज्ञ तथा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना भएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सम्बन्धमा आयोजित छलफलमा सहभागीले सरकारको वित्त नीतिलाई सघाउने गरी केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउनुपर्ने आवश्यकता औँल्याएका हुन् । सरकारको पुँजीगत खर्च बढाउने, मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्ने, मौद्रिक नीतिमार्फत् कर्जाको माग बढाउनेगरी… पुरा पढौ

प्रतिनिधि सभाबाट बजेट पारित

काठमाडौं,११ असारप्रतिनिधि सभाको बैठकबाट आगामी आर्थिक वर्ष ०८१–८२ को विनियोजित बजेट पारित भएको छ । आज बसेको प्रतिनिधि सभा बैठकबाट बहुमतले बजेट पारित भएको हो । सभामुख देवराज घिमिरेले मन्त्रीहरुले सांसदले उठाएको विभिन्न प्रश्नको जवाफ दिएपछि निर्णयार्थ पेश गरेका थिए । जसमा बहुमतले सो प्रस्ताव पारित भयो । त्यसअघि विभिन्न मन्त्रालयसँग सम्बन्धित बजेटमा खर्च कटौतीको प्रस्ताव पेश भएकोमा सबै बहुमतले अस्वीकृत भएको थियो । अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते आगामी आर्थिक वर्ष २०८१–८२ को लागि १८ खर्ब ६०… पुरा पढौ