अर्थतन्त्र

ऊर्जालाई समृद्धिको आधारमा बनाउन प्रधानमन्त्रीलाई इप्पानको आग्रह

श्रावण १८,काठमाडौँ,स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले समृद्धिका आधारका रुपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानुन र नीतिमा समावेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ ।प्रधानमन्त्री निवास, बालुवाटारमा इप्पानका अध्यक्ष गणेश कार्की नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री ओलीलाई भेटेर संसद्मा विचाराधीन विद्युत् विधेयक, २०८० लाई निजी क्षेत्रका सवाल समेटेर पारित गराउन माग गरेको हो ।प्रस्तावित विधेयकमा भएको प्रतिस्पर्धाको प्रावधानले निजी क्षेत्रको ढोका बन्द गरी उनीहरुसँग रहेका करिव ३० हजार मेगावाट क्षमताका आयोजना स्वतः खारेज हुने र ती… पुरा पढौ

केवलकारको निर्माणाधीन भवनबाट खसेर मजदुरको मृत्यु

श्रावण १८ नवलपुरनवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको मौलाकाली केवलकारको निर्माणाधीन भवनबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।गैँडाकोट नगरपालिका–१ स्थित मौलाकालिका मन्दिर नजिकै रहेको मौलाकाली केवलकार प्रालिको टप स्टेशनमा रहेको निर्माणाधीन भवनको चौथो तल्लाबाट खसेर मजदुरको ज्यान गएको हो ।जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी निरीक्षक सुदीप भण्डारीका अनुसार बारा जिल्ला जीतपुर सिमरा उपमहानगरपालिका–२० बस्ने वर्ष २५ का गोरख राउत कुर्मीको खसेर मृत्यु भएको हो ।दुर्घटना गए राति भएको भए पनि आज त्यहाँ कार्यरत अन्य कर्मचारीले देखेपछि प्रहरीलाई खबर… पुरा पढौ

आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह

काठमाडौँ, १७ साउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन श्रम मन्त्रालयमा आज विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले गरेको भेटमा उनले आन्तरिक रोजगारीलाई दिगो बनाउने र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने सरकारको योजना रहेको जानकारी गराए ।भेटमा श्रममन्त्री भण्डारीले स्थानीय तहमा रहेका सबै रोजगार सेवा केन्द्रलाई सुदृढीकरण, विकास साझेदारलगायतसँगको सहकार्य तथा प्राविधिक सहयोगमा ‘जब हब’का रुपमा विकास गरिने बताए ।निर्देशक सिस्लेनले… पुरा पढौ

पोखराको तालचोक–बेगनास सडकका समस्या एक साताभित्र समाधान गरिने

श्रावण १७ ,पोखरानिर्माणाधीन तालचोक–बेगनास सडक विस्तारमा देखिएका समस्याका बारेमा स्थानीय सरोकारवालासँग छलफल गरिएको छ ।पोखरा महानगर प्रमुख धनराज आचार्यको सहभागितामा भएको छलफलमा सडक निर्माणका क्रममा देखिएका समस्या र विवाद एक साताभित्र समाधान गर्ने समझदारी भएको छ ।हाल उक्त सडकका चार स्थानमा समस्या देखिएको छ । शिशुवाचोक नजिकै ६० मिटर लम्बाइमा राइट अफ वे, शिशुवा चोकस्थित राइट अफवे भित्र रहेको पुरानो घर विस्थापन गर्नु पर्ने, देउराली खोलामा बन्ने पुलको उचाइ र त्रिकाङचोकदेखि तल सेन्टर लाइन र राइट अफ वेको समस्या रहेको… पुरा पढौ

फोटोग्राफर संघ गण्डकी को फोटो प्रतियोगिता घोषणा

श्रावण १६ ,पोखराफोटोग्राफर संघ गण्डकी को स्थापना दिवस तथा १८५ औं बिश्व फोटोग्राफी दिवसको अवसरमा फोटो प्रतियोगिताको घोषणा गरेको छ ।संघ ले फोटोग्राफरहरुको सम्मान प्रविधिको ज्ञान, व्यवसायिहरुलाई उत्साह र फोटोग्राफरहरुको मनोवल उच्च प्रदान गर्ने उदेश्यले उक्त प्रतियोगिताको घोषणा गरेको संस्थाका सचिव तुलसी राम सुवेदी ले जानाकारी गराए । फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस भाद्र २० गते समापन गरिने प्रतियोगितामा मिराज राष्ट्रिय बैवाहिक फोटो प्र्रतियोगिता अन्र्तगत बिभिन्न ६ ओटा विधा सार्वजनिक गरेको छ ।बेष्ट फोटो अवार्ड, ब्राईड एण्ड ग्रुम हेड… पुरा पढौ

यातायात व्यवासायीको आन्दोलन ः पोखरामा दुई पत्रकारलाई कुटपिट

तुलसी राम सुवेदी ,श्रावण १३ पोखरा राइड एण्ड सेयरिङलाई वैधानिकता दिने गण्डकी प्रदेश सरकारको कदमविरुद्ध आन्दोलमा होमिएका सार्वजनिक यातायात यवसायीले पोखरामा दुई पत्रकारमाथि आक्रमण गरेका छन् । व्यवसायीको आन्दोलनको समाचार संकलनका लागि भिडियो खिचिरहेका पत्रकारद्वय सुरज थापा र विना थापामाथि पोखराको पृथ्वीचोकमा आक्रमण भएको हो । अन्दोलनकारीले ग२०प ३९७३ को स्कुटरसमेत तोडफोड गरेका छन् ।पत्रकार सुरज थापाले पृथ्वीचोकमा व्यवसायी बीच नै झगडा भएको र सो क्रममा आफूहरुले भिडियो खिच्न लाग्दा आक्रमण गर्दै क्यामेरा समेत खोसेको बताए । पत्रकार माथि भएको… पुरा पढौ

अठार वर्षमा महाकाली आयोजनाको काम २२ प्रतिशत !

श्रावण ११ कञ्चनपुरअठार वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति मात्र २२ प्रतिशत भएको छ । राष्ट्रिय गौरवको आयोजना दुई दशक बित्नै लाग्दा पनि सम्पन्न नहुँदा स्थानीय दुःखित छन् ।वि.सं. २०६३ बाट महाकाली सिँचाइ तेस्रो चरणको काम सुरु भए पनि हालसम्म आयोजनाको २८ किलोमिटर मूल नहर मात्र निर्माण भएको छ । ३५ अर्ब लागत अनुमान गरिएको आयोजनामा हालसम्म सात अर्ब ६८ करोड खर्च भएको छ । कैलाली कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य भए पनि… पुरा पढौ

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको संसदीय समितिद्वारा स्थलगत अनुमगन

काठमाडौं, साउन ११देशकै पहिलो आधुनिक सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला’को भौतिक निर्माणबारेमा संघीय संसद्को भौतिक पूर्वाधार विकास समितिले आज स्थलगत अनुमगन गरेको छ ।सडक पूर्वाधारका रूपमा पहिलोपटक निर्माणको बारेमा प्रत्यक्ष जानकारी लिने लक्ष्यका साथ समितिले स्थलगत अनुमगन गरी जानकारी लिएको हो । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आगामी एक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण भइरहेको छ । हाल सो सुरुङमार्गको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ ।स्थलगत अनुमगनमा संलग्न सांसद माधव सापकोटाका अनुसार हालसम्मको निर्माण कार्य सन्तोषजनक छ । निर्माणको अन्तिम चरणमा पुगेको भए पनि… पुरा पढौ

पोखरा फोटोग्राफर संघको ४३ औ वार्षिक उत्सव रक्तदान सहित अवार्ड धोषणा गर्दै सम्पन्न ।

पोखरा, साउन ३पोखरा फोटोग्राफर संघ पोखरा नेपालले संस्थाको स्थापना दिवस रक्तदान सहित अवार्ड धोषणा गर्दै सम्पन्न गरेको छ ।ब्यबसायीक प्रवद्र्धन संगै समाज रुपान्तरणका लागि महत्वपूर्ण भुमिका खेल्दै आएको पोखरा फोटोग्राफर संघ पोखरा नेपालले आफ्नो स्थापना दिवस मनाउने क्रममा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो संस्थाकोे ४३ औ वार्षिक उत्सवको अवसर मा बुधवार बिहान पोखराको मानव अधिकारचोकमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो भने सांझ अवार्डको घोषणा सहित सम्पन्न भयो ।बुधबार बिहान सम्पन्न रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको रक्तदान कार्यक्रमका… पुरा पढौ

गृहमन्त्री लेखकसँग भारती राजदूत श्रीवास्तवको शिष्टाचार भेट

श्रावण २ गते काठमाडौँगृहमन्त्री रमेश लेखकसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्वले शिष्टाचार भेट गएका छन् ।आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरूबीच नेपाल भारत सम्बन्धका विविध आयाम तथा द्विपक्षीय हितका बारेमा छलफल भएको थियो । यसैगरी कोरोना महामारीपछि भारतीय सीमानाकाबाट नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काउन र सीमा व्यवस्थापन तथा सीमा क्षेत्रमा हुने अपराधमा देखिएका चुनौती समाधान गर्न निकायगत समन्वय गर्दै जाने विषयमा उनीहरूबीच सकारात्मक छलफल भएको मन्त्री लेखकको निजी सचिवालयले जनाएको… पुरा पढौ