खेलकुद

टाइगर कप भलिबलमा शनिवार दोस्रो क्वालिफायरका खेल हुने

१८ माघ पोखराएनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा भोलि दोस्रो क्वालिफायरका खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी उक्त प्रतियोगिताको आठौं दिन भोलि पुरुष र महिलातर्फ दोस्रो क्वालिफायरका खेल हुने तालिका छ ।पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने पहिलो खेल महिलातर्फको क्वालिफायर हुनेछ । बिहान ११ बजेबाट सुरु हुने उक्त खेलमा आयोजक टाइगर ग्रुप र टिपटप न्यू डायमण्ड स्पोटर््स क्लबबिच हुनेछ । टाइगर ग्रुप पहिलो क्वालिफायरमा सशस्त्र प्रहरी बल एपिएफसँग पराजित हुँदै दोस्रो… पुरा पढौ

लम्बियो टाइगर कपः भोलि महिलातर्फ एलिमिनेटर र पुरुषतर्फ लिग चरणका खेल हुने

१६ माघ पोखराएनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत बिहीबार पुरुषतर्फ दुई र महिलातर्फ एक खेल हुने भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार यसअघि स्थगित भएका पुरुषतर्फ लिग चरणका दुई खेल र महिलातर्फ एलिमिनेटर खेल हुनेछ ।पहिलो खेल महिलातर्फको खेल बिहान ९ बजेबाट सुरु हुनेछ । उक्त खेल नेपाल पुलिस क्लब र टिपटप न्यू डायमण्डबिच हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । उक्त खेलको विजेता एपिएफ र आयोजक टोलीमध्ये पराजित हुने… पुरा पढौ

टाइगर कप भलिबलः पुलिस आर्मीसँग पराजित

माघ १५ पोखराएनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस कलबलाई पराजित गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटले पराजित गरेको हो ।पहिलो सेटमा २५–१३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २१–२५ ले पुलिसलाई सुम्पिएको थियो । तेस्रो सेट र चौथो सेटमा पुनरागमन गर्दै आर्मीले खेल आफ्नो पोल्टामा पा¥यो । आर्मीले तेस्रो सेट २५–१५ र… पुरा पढौ

टाइगर कप भलिबलः पहिलो खेलमा ट्राभल इन्क्वारीमाथि एपिएफको पुनरागमन जित

माघ १२ पोखराएनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपिएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई पराजित गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको पहिलो खेलमा एपिएफले ३–२ सेटले खेल आफ्नो पक्षमा पारेको हो ।पहिला दुई सेट गुमाएको एपिएफले उत्कृष्ट पुनरागमन गर्दै ३–२ सेटको जित निकाल्न सफल भयो । पहिलो सेटमा १२–७ को एपिएफको अग्रतालाई उल्टाउँदै ट्राभल इन्क्वारीले आफ्नो पक्षमा… पुरा पढौ

टाइगर कपको ट्रफि अनावरण, भोलि बिहान १० बजे पहिलो खेल

१ माघ,पोखराएनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको ट्रफि अनावरण गरिएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलिदेखि हुने उक्त प्रतियोगिताको ट्रफि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अनावरण गरेका हुन् ।टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । ट्रफि अनावरण गर्दै मन्त्री थापाले टाइगर ग्रुपले छोटो समयमा भलिबलको क्षेत्रमा उत्कृष्ट काम गरेको बताए । उनले खेलाडी उत्पादन र एक्स्पोजर गर्न यो प्रतियोगिताले महत्वपुर्ण भूमिका खेलेको… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा आस्था बिजयी ।

१० माघ पोखरा, खेलकुद पत्रकार मंच गण्डकीको अध्यक्षमा मानबहादुर मगर ( एमबी आस्था ) निर्वाचित भएका छन् । बिहिबार सम्पन्न तेस्रो अधिवेशन तथा छैटौँ साधारणसभाले एमबी आस्थाको नेतृत्वमा १३ सदस्यीय कार्य समिति चयन गरेको हो ।मञ्चको आज बिहीबार भएको निर्वाचनमा एमबी आस्थाले ३६ मत ल्याई निर्वाचित भएका हुन । उनका प्रतिस्पर्धी सुरज श्रेष्ठले २७ मत ल्याएका थिए । उपाध्यक्षमा राजाराम पौडेल र कोषाध्यक्षमा विमल तिवारी भने निर्विरोध चयन भएका थिए ।यसैगरी समावेशी उपाध्यक्षमा उमा आलेमगर निर्वाचित भइन् । उमाले ३६… पुरा पढौ

पाँचौ टाइगर कप भलिबललाई एनसेल ले सघाउदै

९ माघ पोखरामाघ १२ गतेदेखि हुने पाँचौ टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगितामा एनसेलले सहकार्य गर्ने भएको छ । कम्पनीको ‘हामी तपाईंकै लागि’ थिम र खेलकुदको विकासलाई सहयोग गर्ने उद्देश्यका साथ एनसेल टाइगर कपसंग जोडिएको हो ।देशको जिम्मेवार कर्पोरेट नागरिकका रूपमा एनसेलले खेल र खेलाडीहरूको अभिवृद्धि एवं विकासमा योगदान गर्दै आएको छ । यस्ता सहकार्यले देशमा खेलकुद क्षेत्रको विकास, युवा विकास, सामाजिक एकतालगायतका क्षेत्रमा ठूलो महत्व राख्ने टाइगर कपका संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए… पुरा पढौ

टाइगर कप भलिवल प्रतियोगितामा आयोजक महिला टोली पहिलोपटक सहभागी हुदै

८ माघ पोखराएनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा आयोजकले पहिलोपटक आयोजक टोली सहभागी बनाउँदैछ ।पाँचौं संस्करणमा आइपुग्दा आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले पहिलोपटक आयोजक महिला टोलीले सहभागी बनाउन लागेको हो ।आयोजक टोलीको नेतृत्व राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले गर्ने छिन् । अरुणा नेपाली भबिलककै सर्वाधिक सफल कप्तान हुन् । एक दशकदेखि राष्ट्रिय टोलीमा रहेकी अरुणाले सन् २०१९ देखि राष्ट्रिय टोलीको नेतृत्व गर्दै आएकी छन् । टोलीको प्रशिक्षकको रुपमा अर्जुन घिमिरे रहनेछन्… पुरा पढौ

पोखरा १५ को तेस्रो खेलकुद महोत्सव सम्पन्न

६ माघ पोखरापोखरा वडा नं. १५ वडा कार्यालयले आयोजना गरेको चार दिने बृहत् खेलकुद महोत्सव सम्पन्न भयो ।खेलका विजेताहरूलाई पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङ, पूर्व मेयर तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवं कास्की ईञ्चार्ज कृष्ण थापा, वडा अध्यक्ष तोरणबहादुर बानियाँ, महोत्सव संयोजक आशिष भण्डारीलगायतले पुरस्कार, ट्रफी, शिल्ड, प्रमाणपत्र प्रदान गरे ।पुरूष फुटबल तर्फ नयाँ गाउँ युवा क्लब विजयी भयो भने पुरुष भलिबल तर्फ तल्लो नयाँ गाउँ टोल विकास संस्था च्याम्पियन बनेको छ । बन विज्ञान क्याम्पसको खेल मैदानमा संचालित फुटबल… पुरा पढौ

तेस्रो हिसान गण्डकी प्रदेश स्तरीय फुटसल प्रतियोगिताको कास्की छनौट माघ तेस्रो साता हुने

पोखरा, ४ माघ उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट खेल माघ तेस्रो साता हुने भएको छ । गण्डकी प्रदेश स्तरीय प्रतियोगिताका लागि कास्की छनौट प्रतियोगिता माघ १६ देखी १९ गते सम्म हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कास्कीबाट १२ टिम छनौट हुने छन् । प्रतियोगितामा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीताका लागि हिसानले गण्डकीले अनुरोध गरेको छ । हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२… पुरा पढौ