अर्थतन्त्र

१२ औं आलु महोत्सवको तयारी तीब्र

File Images
१२ चैत‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ बिष्णु पादुका क्लब पोखरा २५ हेमजाको आयोजनामा हुन लागेको १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तिव्र पारिएको छ ।यही चैतको २५ गतेदेखि बैशाख ५ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तिव्र पारिएको मुल आयोजक समितिले जनाइएको छ ।महोत्सवको तयारी स्वरुप आमा समूह तथा केही संघ संस्थासँग प्रारम्भिक चरणको छलफल सकिएको बताईएको छ ।महोत्सवलाई कृषि, पर्यटन तथा व्यापार मेलाको रुपमा विकास गर्ने उद्देश्यका साथ… पुरा पढौ

प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उपाधि वाटर स्पोर्ट्स नेपाललाई ।

१२ चैत्र पोखरा ।यहि चैत्र ११ र १२ गते लेखनाथको बेगनासतालमा सञ्चालित प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उपाधी वाटर स्पोर्ट्स नेपालले हात पारेको छ । ५ सय मिटर तर्फको प्रतिष्प्रर्धामा १ मिनेट ५७ सेकेण्डमा निर्धारित दुरी पार गर्दै वाटर स्पोर्ट्स नेपालले प्रथम स्थान हासिल गर्न सफल भएको हो । प्रतियोगितामा नेपाल र्याफ्टिङ एजेन्सी एसोसिएसन (नारा) द्वित्तीय, विभागीय टिम नेपाली सेना तृतीय र बेगनासताल डुंगा व्यवसायी समितिको समूह सान्त्वना भएको छ । त्यसैगरि २ सय मिटरतर्फको ड्रागन बोट रेसको उपाधी नेपाल… पुरा पढौ

पोखरा अल्ट्रालाइटको १५ प्रतिशतसम्म छुट

चैत्र १२ पोखरा ।पर्यटनको राजधानी पोखरा अवस्थित पोखरा अल्ट्रालाइट कम्पनी प्रालिले आफ्नो अल्ट्रालाइट उडान सेवा लिने पर्यटकका लागि अधिकतम् १५ प्रतिशतसम्म छुटको योजना सार्वजनिक गरेको छ । कम्पनीले सार्वजानिक गरेको फागुपूर्णिमा लक्षित योजना मंगलबारसम्म लागू हुने जनाइएको छ ।योजनाअनुसार कम्पनीले ३०, ६० र ९० मिनेटको उडान सेवामा लागू हुँदै आएको शुल्कमा क्रमशः १०, १३ र १५ प्रतिशत छुट दिने भएको हो ।अल्ट्रालाइटअन्तर्गत सामान्यतया नेपाली पर्यटकका लागि १५, ३०, ६० र ९० मिनेटको प्याकेज दर क्रमशः १७ हजार छ सय, २५ हजार छ सय,… पुरा पढौ

पर्वतका फोटोग्राफरहरु होलीको रमाईलो छोडी सहयोग तिर ।

१२ पर्वतचैत्र ११ गते फागुपुर्णिमा को दिन होली मनाउन छाडी पर्वतका फोटोग्राफरहरु पर्वत स्थित कुस्मा नगरपालिका वडानं ३ दुर्लुड. का पुर्ण प्रसाद शर्माको घरमा सहयोग लिएर पुगे । शर्माको घरमा गत चैत्र आठ गते राती अचालक आगजनी भएको थियो भने आगजनीबाट शर्माको घर र गोठ पुर्ण रुपमा क्षती भएको थियो । साथै शर्माका छिमेकी धनीलाल बि.कको गोठ समेत उक्त आगलागिले क्षती भएको जनाईएको छ । अग्नि पिडीत शर्माको घर गोठ गरि करिव ३० लाख बराबरको क्षती भएको पुर्ण प्रसाद शर्माले… पुरा पढौ

बेगनासतालमा राष्ट्रिय ड्रागन बोट रेस शुरु ।

लेखनाथ , ११ चैत्र ।बेगनासतालमा आज देखि राष्ट्रिय ड्रागन बोट रेस शुरु भएको छ ।पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्डको आयोजना र होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथ र ड्रागन बोर्ड एशोसियसन गण्डकी प्रदेशको सह आयोजनामा बाट सुरु भएको प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उद्घाटन युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि श्रेष्ठले खेललाई सांस्कृति, प्राकृतिकको महत्व दिएर झाँकी रयाली सहितको उपस्थितिमा हुने खेलले बेगनासताललाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने विश्वास व्यक्त गरे । साथै मन्त्री श्रेष्ठले खेलकुदको… पुरा पढौ

लुम्बिनीबाट समृद्धि र शान्तिको लागि योगदान गर्न आह्वान ।

लुम्बिनी चैत १० गते विश्वका १९ मुलुकका राजदूत र नेपालका लागि ४५ देशका अवैतनिक वाणिज्यदूतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धि र शान्तिको लागि योगदान गर्न आह्वान गरेका छन् ।परराष्ट्र मन्त्रालय र अवैतनिक वाणिज्यदूतहरुको संस्था अनररी कन्सुलर कप्र्स नेपाल (एचसिसीएन)द्वारा संयुक्त रुपमा यहाँ आयोजित सम्मेलनमा शान्ति बिना समृद्धि सम्भव नहुने भन्दै विश्वका सबैलाई समाजमा शान्ति कायम गर्नेतर्फ केन्द्रित हुन राजदूत र अवैतनिक वाणिज्यदूतले आह्वान गरेका हुन् । ‘समृद्धिका लागि विश्व शान्ति’ नाम दिइएको सो सम्मेलनका सहभागीले मायादेवी मन्दिर परिसरमा विश्व शान्तिका लागि… पुरा पढौ

पोखराको पूरानो विमानस्थल भित्र मानवीय सहायतास्थल बनाउने तयारी ।

८ चैत्र पोखरा ।पोखराको पूरानो विमानस्थल भित्र भूकम्प, बाढी÷पहिरोलगायत प्राकृतिक विपद्का बेलामा खोज, उद्धार, आपत्कालीन राहत तथा पुनःस्थापना सहज बनाउन पोखरामा मानवीय सहायतास्थल निर्माण गरिने भएको छ ।पोखरा विमानस्थलभित्रको एक हजार पाँच सय वर्गमिटर क्षेत्रभित्र उक्त सहायतास्थल निर्माण अघि बढाइएको हो ।आपत्कालीन राहत र उद्धारका साथै विपद्को समयमा द्रुत तथा समन्वयात्मक प्रतिकार्यलाई यसले सहयोग पुर्याउने कार्यक्रमका परियोजना प्रमुख मोती थापाले बताए ।उनका अनुसार विश्व खाद्य कार्यक्रमले युरोपेली युनियनसँगको साझेदारीमा रू २ करोड लगानीमा निर्माण सुरु गरेको र सहायतास्थल आगामी चार… पुरा पढौ

पोखरा–मुग्लिन सडक विस्तार तिब्र, सडक छेउका दर्जनौ मठमन्दिर प्रभावित बन्दै ।

चैत्र ७ तनहुँपोखरा–मुग्लिन सडक विस्तार तिब्र रुपमा बढिरहेको छ भने सडक किनारका दर्जनौ मठमन्दिर सडक निमार्णले प्रभावित पार्ने जनाईएको छ । आयोजना अन्तर्गत तनहुँको पश्चिम खण्डमा मापदण्डभित्र निर्माण गरिएका मठमन्दिर करिब ७० वटा मठमन्दिर भत्किन सक्ने आयोजनाले जनाएको छ ।प्रमुख जिल्ला अधिकारीको संयोकत्वमा गठित मुआब्जा निर्धारण समितिको हालै बसेको बैठकले मन्दिरको क्षतिपूर्तिका लागि मुआब्जा निर्धारण गरिसकेको छ । तनहुँ खण्डका लागि मात्रै रु ३४ लाख मुआब्जा वितरण गर्नुपर्ने देखिएको छ भने कोत्रे देखि कास्कीको सेती पुलसम्मको लगत लिने काम भैरहेको… पुरा पढौ

टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक डेटा चलाउन सकिने

काठमाडौँ, चैत्र ०६,नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक रूपमा मोबाइल डेटा प्रयोग गर्न सकिने भएको छ ।नेपाल टेलिकमले उपलब्ध गराइरहेको एफटिटिएच (फाइबर टु द होम) प्रविधिमा आधारित एनटी फाइबरका विभिन्न प्याकेज लिँदा त्यसै अनुसारको मोबाइल डेटा उपलब्ध हुन्छ ।टेलिकमले उपलब्ध गराइरहेको विभिन्न प्याकेजमध्ये वार्षिक एफटिटिएच कम्बो प्याकेज र एफटिटिएच डेटा प्याकेज प्रयोग गर्ने प्रयोगकर्ताहरूले यो सुविधा उपयोग गर्न सक्नेछन् ।वार्षिक एफटिटिएच कम्बो प्याकेजअन्तर्गत ५० एमबिपिएस र १०० एमबिपिएस डेटाका साथै १ एनटिटिभी र १ टेलिफोन प्रयोग गर्ने सेवाग्राहीले… पुरा पढौ

अर्थमन्त्री वर्षमान पुन र चिनियाँ राजदूत छन् सोङबीच शिष्टाचार भेटवार्ता ।

काठमाडौँ, ६ चैतअर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच शिष्टाचार भेटवार्ता भएको छ । आज अर्थमन्त्रालयमा भएको भेटघाटमा द्विपक्षीय आपसी हित र सहकार्यका विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । भेटमा अर्थमन्त्री पुनले चिनियाँ सहयोग तथा लगानीमा निर्माणाधीन विकास आयोजनाका कामलाई तीव्रता दिन आग्रह गरे । त्यस्तै, लगानी प्रक्रियामा रहेका आयोजना शीघ्र अघि बढ्ने विश्वास पनि उनले व्यक्त गरे । पछिल्ला दशकमा चीनले आर्थिक विकास र गरिबी निवारणका क्षेत्रमा गरेको काम विश्वकै लागि उदाहरणीय रहेको… पुरा पढौ