अर्थतन्त्र

सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसको प्रतिबद्धता

चैत २८ गते काठमाडौँसंयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०का महासचिव गोलाम सरवारले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेससँग राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा शिष्टाचार भेट गरेका छन् । सार्कका महसचिवलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै महासचिव गुटेरेसले विश्व जनसङ्ख्याको ठूलो हिस्सा ओगटेको सार्क क्षेत्रसँग संयुक्त राष्ट्रसङ्घले सहकार्य गर्न चाहेको बताए । उनले सार्कसँग साझेदारी गर्न आफू तयार रहेको बताउँदै निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । सार्क सचिवालयका अनुसार महासचिव सरवारले राष्ट्रसङ्घबाट सार्कलाई निरन्तर सहयोग एवं समर्थनप्रति प्राप्त… पुरा पढौ

मुलुकको विकास र सुशासनका लागि सबैको एउटै मूलमन्त्र हुनुपर्छ ः राष्ट्रपति पौडेल

धरान (सुनसरी), २७ चैतराष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि मुलुकको विकास र सुशासन प्रवद्र्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्नेमा जोड दिए । आजदेखि यहाँ सुरु भएको १२ वर्षे कुम्भमेलाको उद्घाटन तथा उनको सम्मानमा गरिएको नागरिक अभिनन्दन ग्रहण गर्दै राष्ट्रपति पौडेलले निमुखा जनताको निर्बाध स्वतन्त्रता उपयोग गर्न पाउनुपर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको दर्शनलाई सबैले आत्मसात् गर्न आग्रह पनि गरे । “जनता आफैँले बनाएको संविधानमा व्यवस्था भएका सबै अधिकारले निमुखा जनतालाई निर्बाध स्वतन्त्रता उपयोग गर्ने विषयलाई नै सङ्घीय… पुरा पढौ

नेपाललाई लगानी गन्तव्यका रूपमा स्थापित गर्न सहयोग गर्नुहोस ः प्रधानमन्त्री प्रचण्ड ।

काठमाडौँ, २७ चैतप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुन लागेको लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदार समक्ष आग्रह गरेका छन् । सिंहदरबारमा आज आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न विकास साझेदारहरू र नेपालमा रहेका सबै देशका कूटनीतिक नियोगहरूको महत्वपूर्ण भूमिका रहने बताए ।“लगानी सम्मेलनमा सक्रिय रूपमा संलग्न हुन र अधिकतम क्षमता बढाउन विकास साझेदारहरू, द्विपक्षीय र बहुपक्षीय विकास साझेदार संस्थाहरू र नेपालमा रहेका कूटनीतिक… पुरा पढौ

नगरपालिकाले बुझायो बक्यौता, सडक बत्ती अझै नजोडिने ।

२२ चैत्र पर्वतलामो समयदेखि कुश्माबजार क्षेत्रको बिधुत महसुल नबुझाएकाले सडक बत्तीको लाइन काटिएपछि कुश्मा नगरपालिकाले बक्यौता रकम भुक्तानी गरेको छ । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले लामो समयदेखि सडक बत्तीको रकम भुक्तानी नभएको भन्दै यही चैत ४ गतेदेखि कुश्माबजार क्षेत्रको लाइन काटेको थियो । नगरपालिकाले बक्यौतामध्ये रु ५० लाख भुक्तानी गरेको केन्द्रका लेखाप्रमुख गोविन्दप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार पटकपटक ताकेता गर्दा पनि नगरपालिकाले बक्यौता रकम भुक्तानी नगरेपछि बाध्य भएर विद्युतको लाइन काटिएको हो । हालसम्मको रु २४… पुरा पढौ

पेट्रोलियम पदार्थ उत्खनन गर्ने उपकरणसहितका सामान दैलेख पुगे ।

दैलेख, १९ चैत दैलेखको पेट्रोलियम पदार्थ उत्खननको अन्तिम अन्वेषणको कार्यका लागि पहिलो चरणमा उत्खननमा प्रयोग हुने उपकरणसहितका सामान यहाँ पु¥याइएको छ । चीनदेखि कोलकत्ता हुँदै रुपैडिया नाकाबाट सामानसहतका पाँच वटा साना ट्रक पहिलो चरणमा दैलेख पुगेका छन् ।पेट्रोलियम पदार्थ उत्खननका लागि चीनबाट कोलकत्ता हुँदै ल्याइएका उपकरण दैलेख पुग्नासाथ चौबिसै घण्टा काम अगाडि बढाइने बताइएको छ । ठूला ट्रकहरुका लागि भने कर्णाली राजमार्गको केही खण्ड र मध्यपहाडी सडकसम्म जोड्ने खण्डमा मोड नपुगेका कारण कर्णाली राजमार्गमै रोकिएका छन् । रोकिएका ट्रक पास… पुरा पढौ

सरसफाई गरि सहकारी दिवस मानाईयो ।

१९ चैत्र ,पोखरा“ सहकारीमा सुशासन, प्रबिधी र एकिकरण “ भन्ने मुल नाराका साथ मनाउन गैरहेको ६७औं राष्टिय सहकारी दिवसको उपलब्क्षमा सेतिमदि बचत तथा ऋण सहकारी सस्था पोखरा २ मिरुवाले हरिचोक, मिरुवा, बिन्ध्वासिनि मन्दिर वरपर, कार्यालय वरपर सरसफाई कार्यक्रम गरी मनायो ।सस्थाका अध्यक्ष जयलाल अधिकारीको अध्यक्षतामा संचालन भएको कार्यक्रम पोखरा महानगर पालिका वडा न–२ का अध्यक्ष दिवसमान प्रधानङ्ग को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन भएको थियो । आज भएको उक्त कार्यत्रमको संयोजन शिक्षा तथा वातारण उपसमितिका संयोजक प्रेम बहादुर गुरुड.को सयोजकत्वमा सम्पन्न… पुरा पढौ

चीन भ्रमणले दुई मुलुकबीचको आपसी विश्वास थप सुदृढ : उपप्रधानमन्त्री श्रेष्ठ

१९ चैत,उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणले दुई मुलुकबीचको आपसी सद्भाव, सम्मान र विश्वासलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरेका छन् । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भ्रमणबाट दुई देशको विद्यमान ऐतिहासिक मित्रवत् सम्बन्धलाई अझ उचाइमा पु¥याएको उल्लेख गरे । चिनियाँ कम्युनिष्ट पार्टीका राजनीतिक ब्यूरोका केन्द्रीय कमिटी सदस्य तथा चीनका परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा यही चैत ११ देखि १९ गतेसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व… पुरा पढौ

हेम्जामा चैत्र २५ गते देखि आलु महोत्सव हुने ।

१७ चैत्रयहि चैत २५ गतेदेखि बैशाख ५ गतेसम्म हुने १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।आयोजक विष्णुपादुका क्लवले शनिवार आज पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।क्लव अध्यक्ष समेत रहेका मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठले महोत्सव किसानको चाड भएको उल्लेख गर्दै सबै मिली महोत्सव सफल बनाउनुपर्ने बताए ।उनले महोत्सवलाई कृषि, पयर्टन तथा व्यापार मेलाका रुपमा विकास गर्न खोजिएको स्पष्ट पारे ।क्लव सचिव समेत रहेका मूल आयोजक समितिका महासचिव… पुरा पढौ

जापानमा फस्टाउँदै नेपाली भान्छाघर ।

टोकियो (जापान), १७ चैतजापानमा नेपाली मौलिक खानाको परिकार सहित सञ्चालनमा आएका नेपाली भान्छाघर रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको छ । राजधानी टोकियो ,ओसाका लगायतका स्थानका अधिकांश रेल स्टेशन संगै सञ्चालित नेपाली भन्छाघरहरुमा दाल, भात, गुन्द्रुकको अचारसहितको खानाको स्वाद लिन पाइन्छ । जापानमा हाल करिब आठ हजारको हाराहारीमा नेपाली रेष्टुरेन्टहरु सञ्चालनमा रहेको जनाईएको छ । वैदेशिक रोजगारीका सिलसिलामा सुरुवाती दिनमा भारतीय द्वारा सञ्चालित रेष्टुरेन्टमा कुकका रुपमा पुगेका नेपालीहरु पछिल्लो समय आफैँ व्यवसाय सञ्चालन गर्दैआएका छन् ।नेपालीले जापानका विभिन्न ठाउँमा कम्पनीका रुपमा समेत… पुरा पढौ

योजना आयोगलाई रोजगारीका कार्यक्रम गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ को निर्देशन ।

काठमाडौँ, १३ चैतप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवद्र्धन हुने गरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोगका नवनियुक्त सदस्यहरूलाई बोलाएर प्रधानमन्त्री दाहालले विद्यमान समस्या समाधान गर्ने गरी योजना तयार गर्नुपर्नेमा जोड दिए । उत्पादन र रोजगारी न्यून हुनु देशको प्रमुख समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रको हरेक क्षेत्रमा समस्या देखा पर्ने तथा एक क्षेत्रको समस्या समाधान गर्न खोज्दा अर्को क्षेत्रमा समस्या झन बल्झिने अवस्थालाई सम्बोधन गर्न जरूरी… पुरा पढौ