शिक्षा

युवा, विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ ः प्रधानमन्त्री प्रचण्ड

१७ असार,काठमाडौँप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा, विद्यार्थी विदेश जानुपर्ने कारण पत्ता लगाई उनीहरु स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य भएको बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयसभाको ३९औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय विदेशिने युवा, विद्यार्थीको सङ्ख्या बर्सेनि बढ्दै गएकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिए । “युवा, विद्यार्थी विदेश जानुपर्ने कारण पत्ता लगाई उनीहरु स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य छ,” प्रधानमन्त्री दाहालले भने, “अतः २१औँ शताब्दीका युवा, विद्यार्थीका चाहना, आवश्यकता र प्राथमिकता बुझेर सोही अनुसारका… पुरा पढौ

पोखराको अमरसिंह माबिको विद्यालय भवन निर्माणका लागि भारतीय दूतावासले रु २० करोड सहयोग गर्ने

असार १३ पोखरानेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तले नेपाल–भारतबीचको प्राचीन सम्बन्धलाई कायमै राख्नुपर्नेमा जोड दिएका छन् । पोखरा–१२ रामघाटस्थित अमरसिंह माविको अवलोकन गर्दै राजदूत श्रीवास्तवले विद्यालय भवन निर्माणका लागि दूतावासले रु २० करोड सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । भारतको रक्षाका लागि गोर्खा सैनिकहरुको योगदान रहेको स्मरण गर्दै उनले नेपालमा भारतीय भूपु नेपाली सेना मार्फत विभिन्न खानेपानी, शिक्षा, स्वास्थ्य र सडकलगायत क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । नेपाल र भारतबीचको मैत्री… पुरा पढौ

एसइई नतिजा ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण, गणितमा बढी अनुत्तीर्ण

भक्तपुर, १३ असारराष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजामा ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले नतिजा सार्वजनिक गर्दै चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थीले परीक्षा दिएको जानकारी दिँदै उतीर्ण भएकामध्ये एक सय ८६ जनाले ४ जीपीए ल्याएको बताए। परीक्षामा सहभागी भएकामध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन् । एक लाख १४ हजार ४८ छात्र… पुरा पढौ

३८ औँ एसओएस दिवस बिबिध कार्यक्रम सहित ।

९ असार,पोखरापोखराको रामबजारस्थित एसओएस हरमन माइनर स्कुल गण्डकीमा बिबिध कार्यक्रम सहित ३८ औँ अन्तर्राष्ट्रिय एसओएस दिवस मनाइएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा सम्पन्न उक्त कार्यक्रमअन्तर्गत पहिलो दिन अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, दोस्रो दिन स्थलगत चित्रकला प्रतियोगिता तथा तेस्रो दिन विविध सांस्कृतिक कार्यक्रमसहित पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।वक्तृत्वकला प्रतियोगितामा पोखरा महानगरभित्रका १७ विद्यालयको सहभागिता रहेको थियो । ‘कृत्रिम बौद्धिकता ः अभिशाप कि वरदान’ विषयक प्रतियोगितामा उपप्राध्यापकत्रय डा. पीताम्बर पौडेल, शिव त्रिपाठी र नारायणप्रसाद सापकोटाले निर्णायकको भूमिका निर्वाह… पुरा पढौ

स्वास्थ्य सचेतना सगै पर्यटन प्रवद्र्धन गर्दै ल्वाड.घलेलमा कैलास ।

५ जेष्ठ,पोखरापोखराका फोटो ब्यवसायीहरु द्धारा संचालीत कैलाश बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना शेर सदस्यरुलाई स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।आन्तरिक पर्यटन पर्वद्र्धनका साथै मानिसमा देखिएका दिर्घकालिन सुगर,ब्लडप्रेसर तथा थाईराईड रोगहरु कसरी लाग्छ र रोकथाप तथा औषधी उपचारका बारेमा के गर्नेर आफु कसरी स्वस्थ्य हुन सकिन्छ भन्ने कुराका बारेमा अन्तरक्रिया सम्पन्न भएको हो । कास्की माछापुच्छ्रे्र गाउपालिका ८ स्थित ल्वाङ्ग सामुदायीक होमस्टेमा संचालित कार्यक्रममा पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानका वरिष्ठ मधुमेह,थाईराईड तथा हर्मोन रोग बिशेषज्ञ डा अमृत… पुरा पढौ

बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने

काठमाडौँ, २ जेठसरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रममा बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने उल्लेख गरेको छ । बैंक तथा वित्तीय संस्थाका समस्या समाधानका लागि कानुनी तथा नीतिगत प्रबन्ध र केही नयाँ व्यवस्थासमेत कार्यन्वयन गर्ने नीति सरकारले लिन लागेको हो… पुरा पढौ

पोखरामा नेपाल–चीन संयुक्त फार्मास्युटिकल कन्फेरेन्सको विस्तारित कार्यक्रम पोखरामा ।

बैशाख २८ पोखरा वैशाख २५ देखि २९ गतेसम्म काठमाडौँमा सञ्चालन भैरहेको नेपाल–चीन संयुक्त फार्मास्युटिकल कन्फेरेन्सको विस्तारित कार्यक्रम पोखरामा सम्पन्न भयो । पोखरा विश्वविद्यालयअन्तर्गत स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेजको संयोजनमा भएको कार्यक्रममा नेपाल र चीनका फार्मास्युटिकल साइन्स सम्बन्धित प्राज्ञिक तथा विज्ञ सहभागी थिए । नेपालका प्रा.बालमुकुन्द रेग्मी तथा चीनका प्रा. झीवेन चाङको संयुक्त अध्यक्षतामा सञ्चालित कार्यक्रममा पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेजकी निर्देशक विमला भट्टले यस प्रकारका कार्यक्रमले दुई देशका फार्मास्युटिकल साइन्सेज विषयका विज्ञ तथा अनुसन्धाताबीचका सहकार्यका थप… पुरा पढौ

त्रिविमा सङ्घीयताअनुरूप पुनःसंरचनाको गृहकार्य हुदै ।

२७ बैशाख काठमाडौँत्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा केशरजङ्ग बरालको सोचपत्रबमोजिम पुनःसंरचनाको गृहकार्य थालिएको हो । विश्वविद्यालयले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई थप जिम्मेवार बनाई परीक्षा प्रणालीमा विकेन्द्रीकरणको प्रक्रियालाई अझ सरलीकरण गर्ने निर्णय गरिसकेको छ । त्रिविका रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालले विश्वविद्यालयलाई प्रतिस्पर्धी, स्तरीय र विश्वकै महत्वपूर्ण शैक्षिक गन्तव्यको रुपमा विकसित गर्न तत्काल विश्वविद्यालयले भोगिरहेका शैक्षिक, प्रशासनिक, आर्थिक एवं व्यवस्थापकीय समस्याको दिगो र भरपर्दो समाधानका लागि पहल थालिएको बताए ।… पुरा पढौ

दृष्टिविहीनको साहारा बन्दै ‘गुगल’

५ बैशाख कास्की दृष्टिविहीनहरुका लागि गुगल सहारा बन्दैछ । दृष्टिविहीनहरु पनि अबका दिनमा अरुको सहाराबिना हिँडडुल गर्नेमा विश्वस्त छिन् । पोखरा महानगरपालिकाको सहयोगमा तथा नेत्रहीन सङ्घ कास्कीको आयोजनामा दृष्टिविहीनहरुका लागि प्रविधिमा पहुँचयुक्त गमनशीलता तालिम संचालन भयो ।सो तालिममा सहभागि भएकी दृष्टिविहीन रोजिना घिमिरेले तालिम निकै फलदायी भएको बताइन् । “हामीलाई आवश्यकताले सञ्जाल चिनाएको छ । सञ्जालले सञ्चार चिनाएको छ र सञ्चारले संसार चिनाएको छ”, रोजिनाले भनिन्, “प्रविधिले अपाङ्गता व्यक्तिलाई सहज बनाएको छ हामीलाई भने असम्भवलाई सम्भव बनाएको छ । दृष्टिविहीनलाई… पुरा पढौ

नेपाल परोपकार महासंघका संस्थापक अध्यक्ष गौतम पुरस्कृत ।

चैत्र ९ पोखरा ।राष्ट्रिय परोपकार महासंघ नेपालका संस्थापक अध्यक्ष भागवत् भाष्कर पं. कमलनयन गौतम पुरस्कृत भएका छन् । उनी एक लाख एक हजार रुपैयाँ राशिको शिक्षा पुरस्कारबाट पुरस्कृत भएका हुन् ।पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङस्थित हेरम्वप्रसाद–पार्वती कोइराला शिक्षा प्रतिष्ठान गौतमले पुरस्कृत गरेको हो ।सो अवसरमा बाराही मावि, धर्मस्थली आधारभूत विद्यालय र पोखरा चिसाखोला विद्धाश्रमका उत्कृष्ट ६ जना विद्यार्थीलाई जनही पाँच हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ ।कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा प्रेमनारायण अर्यालले संस्कृत शिक्षाको महत्व बढ्दै गइरहेको… पुरा पढौ