
१३ चैत्र २०८२ पोखरा
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी कास्कीमा गनेस (खडगराज) पौडेललाई दिइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाहको नेतृत्वमा गठन भएकोे मन्त्रि परिषधमा पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका हुन ्।
पौडेल कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्, पर्यटनको राजधानी घोषणा गरिएको कास्कीको पोखरा पर्यटकहरूको प्रमुख गन्तव्यका रूपमा परिचित छ । बालेनले आज नै गठन गरेकोे मन्त्रिपरिषदमा कास्कीबाट पौडेल मन्त्री बने ।
मन्त्रीमण्डलमा कोको छन ः
१. बालेन शाह — प्रधानमन्त्री
२. स्वर्णिम वाग्ले — अर्थमन्त्री
३. शिशिर खनाल — परराष्ट्रमन्त्री
४. सुदन गुरुङ — गृहमन्त्री
५. प्रतिभा रावल — सामान्य प्रशासन मन्त्री
६. गणेश पौडेल — पर्यटन मन्त्री
७. अमरेश सिंह — उद्योग मन्त्री
८. सुनिल लम्साल — भौतिक पूर्वाधार मन्त्री
९. गिता चौधरी – कृषिमन्त्री
१०. सस्मित पोखरेल– शिक्षा मन्त्री
११. निशा मेहता – स्वास्थ्य मन्त्री
१२. महिला बालबालिका– सीता वादी
१३. सोबिता गौतम– कानुन मन्त्री
१४. ऊर्जा मन्त्री– विराजभक्त श्रेष्ठ
१५. विक्रम तिमिल्सिना – सञ्चार मन्त्री





