कृषि

आफ्नै कागज उद्योगमा रमाउँदै पासाङ, पाँच जनालाई रोजगारी

फाल्गुण २६ गते,गोरखा,भोजपुरको सिलिचोङबाट रोजगारीका लागि ३५ वर्षअघि भौतारिएर हिँड्नुभएका पासाङ निमा शेर्पाले ताप्लेजुङको एक नेपाली हाते कागज उद्योगमा काम पाउनुभयो । घरमा चौंरी पाल्न दुःख भएपछि गाउँ छोडेर जागिरको खोजीमा निस्कनुभएका उहाँलाई के काम पाइन्छ र के गर्ने भन्ने टुङ्गो थिएन । हाते कागज उद्योगमा काम छाडेर फेरि कामकै खोजीमा उहाँ बाजुरा पुग्नुभयो । पासाङले बाजुरामा काम त पाउनुभयो तर त्यहाँ पनि हाते कागज उद्योगमै । केही समयमा बाजुरा छोडेर सुर्खेत जानुभएका उहाँ फेरी कागज उद्योगमै पुग्नुभयो । “त्यो… पुरा पढौ

दामनका महिला अल्लोको कपडा बुनेर स्वरोजगार बन्दै

फाल्गुण २० हेटौँडा,हेटौँडा, जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले अल्लोको कपडा बनाउन थालेका छन् । वनमा जताजतै उपलब्ध हुने अल्लोको पाटबाट कपडा बुन्ने यहाँका स्थानीय महिलाले वार्षिक कार्यतालिका बनाएर काम गरिरहेका हुन् ।तरकारीको मौसम सकिएपछि महिला वनमा गएर अल्लो ल्याउने र पाटबाट धागो बनाएर कपडा बुन्न व्यस्त हुने गरेका छन् । अहिले यहाँका महिला अन्य जिल्लामा अल्लोको पाट निकाल्न र धागोसहित कपडा बुन्न सिकाउन पनि जान थालेका छन् ।लामो समयसम्म अल्लोको कपडा बनाउने तालिम लिएर काम गर्दै आएकी… पुरा पढौ

बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिने ,मन्त्रि शाही

माघ १६, पाल्पा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वन ऐन संशोधन गरेर विदेशबाट आउने काठलाई निरुत्साहित गर्ने बताएका छन । नेपाल प्रेस युनियन पाल्पा शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रि शाहीले विदेशबाट काठ आउने तर स्वदेशी काठ जङ्गलमा नै छोडेर जाने अवस्था रहेकाले त्यसलाई वन ऐन संशोधनका माध्यमबाट स्वदेशी काठलाई जतिसक्दो धेरै उत्पादन गर्ने नीति लिएको बताए । साथै मन्त्रि शाहीले विदेशी आयातित काठलाई निरुत्साहित बनाउन आवश्यक कार्ययोजना बनाइरहेको समेत बताए ।वन ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधन, वातावरणीय… पुरा पढौ

लम्जुड.का किसानले अलैँची बिक्री गरेर २२ करोड आम्दानी गरे

७ माघ लमजुङ,लम्जुड.का किसानले अलैँची बिक्री गरेर बार्षिक २२ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित एक सय ५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन् । यस वर्ष जिल्लामा प्रतिकिलो एक हजार पाँचदेखि दुई हजार चार सयसम्ममा अलैँची बिक्री भएको छ ।त्यसैगरी, गत आर्थिक वर्ष २०८०÷८१ मा जिल्लाका किसानले दुई सय ५१ मेट्रिक टन अलैँची बिक्री गरी २४ करोड आम्दानी गरेका थिए… पुरा पढौ

महोत्सव भित्र कृषि मेला प्रर्दशनी, कृषकको पनि बन्यो महोत्सव

लेखनाथ, २४ पुस ।पुस १८ गतेदेखी कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सवमा कृषक र कृषि उत्पादनले राम्रो स्थान पाउन सफल भएको छ । महोत्सवमा कुल ३ सय ३६ स्टलहरुमध्ये कृषि उत्पादनका मात्रै २४ स्टलहरु रहेका छन । त्यतिमात्रै हैन महोत्सवमा बृहत कृषि मेला प्रर्दशनीको पनि व्यबस्था मिलाईएको छ । जहाँ पोखरा महानगरपालिका भित्रका ३३ वटै वडाका ७२ भन्दा वढि किसानहरुले विभिन्न किसिमका कृषि उपजहरु प्रर्दशनीमा राखेका छन ।पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा र आयोजकको समन्वयमा राखिएको… पुरा पढौ

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

मङ्सिर ९ गते सुनसरी भारतमा उत्पादित तरकारी नेपाली बजारमा सस्तोमा बिक्री हुने गरेका कारण स्थानीय किसानले तरकारीको उचित मूल्य पाउन सकेका छैनन् । नेपालमा उत्पादन लागत बढी लाग्ने गरेका कारण तरकारीको मूल्य भारतीय तरकारीभन्दा महँगो पर्छ । भारतमा सस्तोमा बीउ तथा मलखाद पाउने भएकाले उत्पादन लागत कम हुँदा त्यहाँबाट आउने तरकारी सस्तोमा बिक्री हुने गरेको स्थानीय किसान गुलाबचन मेहताले बताए ।“नेपालमा मलखाद, बीउबिजनदेखि सिँचाइसम्म महँगो पर्ने भएकाले भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न सकिएको छैन”, उनले भने ।इनरुवा–४ का रामदेव मेहताले दैनिकरूपमा… पुरा पढौ

भोजपुर चियाखेतीको प्रशस्त सम्भवना आमचोकको पाखापखेरालाई हरियाली बनाउँदै ।

भदौ ६ भोजपुरपर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयको आयस्तर सुधार गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकाले चियाखेती थालेको छ । चियाखेतीको प्रशस्त सम्भवना बोकेका यहाँका खाली पाखापखेरालाई हरियाली बनाउँदै आयस्तर वृद्धिसँगै रोजगारी सृजना गर्न गाउँपालिकाले चियाखेती थालेको हो ।गाउँपालिकाले आफ्नै लगानीमा यहाँको करिब एक हजार चार सय रोपनीमा चियाखेती गरेको छ । खाली जमिनको सदुपयोग गर्दै पर्यटीय क्षेत्रको रुपमा स्थापित गराउने सोचका साथ गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ देखि योजनाबद्ध रुपमा चियाखेती गरिरहेको छ । हालसम्म चियाखेतीका लागि गाउँपालिकाले रु चार करोड ५ं० लाख… पुरा पढौ

अठार वर्षमा महाकाली आयोजनाको काम २२ प्रतिशत !

श्रावण ११ कञ्चनपुरअठार वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति मात्र २२ प्रतिशत भएको छ । राष्ट्रिय गौरवको आयोजना दुई दशक बित्नै लाग्दा पनि सम्पन्न नहुँदा स्थानीय दुःखित छन् ।वि.सं. २०६३ बाट महाकाली सिँचाइ तेस्रो चरणको काम सुरु भए पनि हालसम्म आयोजनाको २८ किलोमिटर मूल नहर मात्र निर्माण भएको छ । ३५ अर्ब लागत अनुमान गरिएको आयोजनामा हालसम्म सात अर्ब ६८ करोड खर्च भएको छ । कैलाली कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य भए पनि… पुरा पढौ

नेपालमा कोदोको उत्पादन घट्दै जाँदा आयात बढ्यो , पूर्वीनाकाबाट ८५ करोडको आयात

श्रावण ८ झापाबसाई सराई का साथै बैदेशिक रोजगारीका कारण गाउंबस्ती खाली हुंदा नेपालमा कोदोको उत्पादनमा कमी हुन थाले पछि कोदोको आयात बढ्न थालेको छ । पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०र८१ मा रु ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार सात सय ९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको जानकारी दिए ।उनका अनुसार आव २०७९÷८० मा रु ५१ करोड ३१ लाख २० हजार… पुरा पढौ

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले एकैसाथ शपथ

३१ असार काठमाड.डौनवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले एकैसाथ शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतलनिवासमा आयोजित समारोहमा प्रधानमन्त्रीलाई शपथ खुवाएपछि राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले मन्त्रीहरूलाई शपथ गराएका हुन् । ओलीले उनले देश र जनताको नाममा शपथ लिएका हुन्।शपथ ग्रहणपछि निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुर्सी हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री ओलीले सपथ लिएपछि राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री र मन्त्रीहरूलाई शपथ गराएका हुन । ओली सरकारमा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह र नेकपा (एमाले) बाट विष्णु पौडेल उपप्रधानमन्त्री छन्।शपथग्रहण समारोहमा… पुरा पढौ